मूल्यवृद्धि चर्कियो
सहयोगी लिङ्कहरू
काठमाडौ, फाल्गुन २८ - राजनीतिक अस्थिरतासँगै मूल्य वृद्धि चर्कंदै जाँदा सर्वसाधारणको जीवनयापन कठिन बन्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार लगातार तीन महिना दोहोरो अंक कायम हुँदै माघमा १२ प्रतिशत पुगेको छ ।
गत वर्ष माघमा यो १३ दशमलव ७ प्रतिशत रहे पनि त्यसैका आधारमा मूल्य थपिएकाले सर्वसाधारणलाई बोझ बढेको हो । गत माघ महिनामा गत वर्षभन्दा खाद्य तथा पेय पदार्थको मूल्य १७ दशमलव ८ प्रतिशतले बढेको छ । आपूर्ति सहज सरकारी प्रयासका बाबजुद चिनी तथा चिनीजन्य पदार्थको मूल्य गत वर्षभन्दा ७७ दशमलव ६ प्रतिशतको उच्च विन्दुले बढेको छ । मरमसला, दलहन, माछामासु तथा फूल र तरकारी तथा फलफूलको मूल्य सूचकांक क्रमशः ३६.७ प्रतिशत, ३६.४ प्रतिशत, २२.७ प्रतिशत र १८.८ प्रतिशतले बढेको छ ।
गत वर्ष यी वस्तुको मूल्य वृद्धि क्रमशः ९.४, २६.५, २२.९ र १९.४ प्रतिशत थियो । गत वर्षको यसै अवधिमा १४.७ प्रतिशतले वृद्धि भएको खाद्यान्न उपसमूहको मूल्य १३.० प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा गैरखाद्य तथा सेवा समूहको मूल्य सूचकांक ५.३ प्रतिशतले मात्र वृद्धि भएको कारण समग्र उपभोक्ता मुद्रास्फीति दर अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा कम रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा यी समूहहरूको मूल्य सूचकांकको वृद्धि क्रमशः १८.१ प्रतिशत र ९.१ प्ा्रतिशत रहेको थियो । मूल्यवृद्धि पहाडमा १३, तराईमा १२.३ र काठमाडौंमा १०.८ प्रतिशत रहेको छ ।
अघिल्ल्ाो वर्ष यसै अवधिमा यस्तो वृद्धिदर क्रमशः १३.२, १३.८ र १३.९ प्रतिशत थियो । थोक मूल्य वृद्धि भने गत वर्षको १५ प्रतिशतबाट केही घटेर १४ प्रतिशत कायम भएको बैंकले जनाएको छ । यस अन्तर्गत कृषिजन्य वस्तु र स्वदेशी उत्पादित वस्तुको मूल्य क्रमशः २५.० प्रतिशत र ११.२ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा यी वस्तुहरूको मूल्यमा क्रमशः १८.८ प्रतिशत र ११.२ प्रतिशतलेे वृद्धि भएको थियो ।
यसैगरी गत वर्षको यसै अवधिमा ११.८ प्रतिशतले वृद्धि भएको आयातीत वस्तुहरूको मूल्य सूचकांकमा भने समीक्षा अवधिमा ०.५ प्रतिशतले ह्रास आएको छ । वाषिर्क विन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकांक १६.७ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको यसै अवधिमा उक्त सूचकांक १६.५ प्रतिशतले बढेको थियो ।
प्रकाशित मिति: २०६६ फाल्गुन २८ ०९:५०
















तपाईंको प्रतिकृया