सरकारको विकल्प खोजिए संविधान नबन्नेः संचारमन्त्री

(3 Votes)
मोहन बुढाऐर

धनगढी, फाल्गुन २८ - सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेलल वर्तमान सरकारले शान्ति प्रकृया र संबिधान निमार्ण गर्ने जिम्मेवारी पूरा गरेर छाड्ने दृढता व्यक्त गरेका छन् । उनले भने- 'सरकारको बिकल्प खोज्दा संबिधान बन्दैन् र शान्ति प्रकृया पनि टुंगोमा पुग्दैन ।'

ऐतिहासिक हलचलका बेला शान्ति सुरक्षामा केही कमजोरी देखिने गरेको भन्दै उनले त्यसलाई स्वभाविक मान्नुपर्ने बताए । 'मुलक एकात्मक ढाँचाबाट संघियमा, राजतन्त्रबाट गणतन्त्रमा र द्धन्दबाट शान्ति प्रकृयाका जानु ऐतिहासिक हलचल हो,' उनले भने- 'यसबेला  सुरक्षा ब्यवस्था  भएन भनेर कराउनु बेकार हो ।  जे जती भएको छ संन्तोष जनक नै मान्नु पर्छ ।' कृष्ण सेटौला  ,बामदेव गौतम सवै गृह मन्त्री भीम रावलको जस्तै आलोचनात्मक रहेको उनको कथन थियो ।

उनले सरकारले लडाकुको बिवरण  लिएर छाडने बताए ।  लडाकु विवरण दिन नचाहनुले माओवादीको शान्ति प्रक्रियाप्रति प्रतिवद्धता नदेखिएको उनको आरोप थियो । प्रेस चौतारी द्धारा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले पुनःस्थापना र समायोजनका लागि विवरण अत्यावश्यक भएको बताए । उनले विवरण माग्ने र दिने बिषयमा अनमिनको भूमिका समेत ठीक नभएको उल्लेख गरे ।

उनले भने- 'अनमिनले  लडाकुको बिवरण  दिनु नै पर्छ ।' विवरण नदिए भरणपोषण रकम पनि  रोक्न सक्ने सरकारका प्रवक्ता समेत रहेका पोखरेलले बताए ।

उनले वास्तबिक लडाकुले  भरणपोषण रकम नपाई दुरपयोग भएको र   भनेजतीको लडाकु शिबिरमा पनि नभएको दावी गरे ।

सूदुरपश्चिममाञ्चल हुलाक  ब्यवस्थापन क्षेत्रीय गोष्टमा सहभागी हुन आएका मन्त्री पोखरेलले हुलकको सेवालाई  कसरी सुधार्न सकिन्छ  भन्ने उद्देश्यले  काम  भईरहेको बताए ।  

 

प्रकाशित मिति: २०६६ फाल्गुन २८ १०:०२

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।