कोइराला सुजाता निवासमा /स्वास्थ्य उस्तै
महाराजगंजस्थित निवासबाट छोरी सुजाताको निवास जाने क्रममा कोइराला । तस्विरः नरेन्द्र श्रेष्ठ
सहयोगी लिङ्कहरू
काठमाडौ, फाल्गुन २८ - कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यस्थिति 'स्थिर' रहेको छ । कोइराला शुक्रबार महाराजगंजस्थित निवासबाट छोरी सुजाताको मण्डिकाटारस्थित निवासमा सरेका छन् । महराजगंजमा 'स्पेस' कम भएकाले उनलाई सारिएको बताइएको छ ।
केही दिनयता समस्या देखिएपछि चौबीसै घन्टा अक्सिजनमा राखिएको छ । 'उनको स्वास्थ्य स्थिति स्थिर छ,' उपचारमा संलग्न चिकित्सक डा। मनबहादुर केसीले बिहीबार कान्तिपुरसँग भने, 'सकेसम्म अक्सिजन नछुटाउने प्रक्रिया अपनाएका छौं ।' अक्सिजनसहित आराममा बस्दा हाल कोइरालाले ठीकै अनुभव गरे पनि हिँड्डुल गर्दा 'स्वाँस्वाँ' हुन्छ ।
प्रकाशित मिति: २०६६ फाल्गुन २८ ०१:२०

















तपाईंको प्रतिकृया