आजबाट दैनिक १२ घण्टा लोडसेडिङ
सहयोगी लिङ्कहरू
काठमाडौ, फाल्गुन २८ - उर्जा अभावको मार झेलिरहेको आम उपभोक्ताले थप लोडसेडिङको सामना गर्नुपर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले शुक्रबारबाट लागु हुनेगरी दैनिक १२ घण्टा लोडसेडिङ गरेको छ । अब उपभोक्ताले दैनिक आधा दिन बिजुलीको उपयोग गर्न पाउने छैनन् ।
नदी तथा जलाशयहरुमा पानीको मात्रा घट्न गई विद्युत उत्पादनमा कमी आएका कारण लोडसेडिङको समय बढाइएको प्राधिकरणले जनाएको छ । उर्जामन्त्री प्रकाशशरण महतले यसवर्ष दैनिक १२ घण्टा भन्दा बढी लोडसेडिङ हुन नदिने बताउँदै आएका छन् । यसअघि दैनिक ११ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।
प्रकाशित मिति: २०६६ फाल्गुन २८ ०८:४४
















तपाईंको प्रतिकृया