सैनिकको गोलीबाट एक वालिकासहित तीनको मृत्यु/सेनाद्वारा शिकारी मारिएको दावी
सहयोगी लिङ्कहरू
गुलरिया, फाल्गुन २७ - बर्दिया राष्ट्रिय निकुञ्जको बाँसपानीमा मंगलवार राती निकुञ्ज सुरक्षाका लागि तैनाथ सैनिकले गोली चलाउँदा १२ वर्षिया वालिका सहित तीन जना महिलाको मृत्यु भएको छ । निकुञ्जमा तैनाथ ज्वालादल गणका सेना बाट गोली प्रहार भएको हो ।
मृत्यु हुनेमा सुर्खेत हरीहरपुर-२ बस्ने १२ बर्षिया वालिका चन्द्रकला विक, ३३ बर्षिया अमृता विक र ३५ बर्षिया देवीसरा विक रहेको ईलाका प्रहरी कार्यालय, भुरीगाँउले जनाएको छ ।
बिहीबार बेलुका सैनिक जनसम्पर्क निर्देशनालयले बिज्ञप्ति जारी गरी भीडन्तमा तीन शिकारी मारिएको उल्लेख गरेको छ । साथै चार जनालाई पक्राउ गरिएको उल्लेख गरेको छ । साथै तस्कारहरु केही दिनदेखि उक्त क्षेत्रमा क्याम्प खडा गरिबसेको सूचनाको आधारमा कारवाही गरिएको पनि जनाएको छ । शिकारीहरुसंगको जम्काभेटमा चेतावनी दिंदा आफुहरु माथि फायर गरेकाले गोली चलाउनु परेको पनि बिज्ञप्तिमा उल्लेख छ ।
सेनाले घटनास्थलबाट सोही ठाँउ बस्ने कृष्णबहादुर विकलाई पक्राउ गरेको छ । पक्राउ गरिएकाबाट तीन नाल भरुवा बन्दुक, ४ थान गोली र बारुद बरामद गरेको प्रहरी स्रोतले जनाएको छ ।
सेनाले भने चोरी सिकारी बीच भिडन्त भएको बताएको छ । निकुञ्ज र स्थानीय सैनिक अधिकारीहरुले कुनै जानकारी दिएका छैनन् । निकुञ्जका सबै अधिकारीको फोन र मोबाईल स्विजअफ गरिएको छ ।
घट्नस्थद सदरमुकाम गुलरियाबाट करिब ३० किमी उत्तरमा रहेको छ । मृतकको शव परीक्षका लागि राती गुलरिया ल्याउन थालेको प्रहरीले जनाएको छ ।
यसैबीच सुर्खेतस्थित इकान्तिपुर सहकर्मी मोती पौडेलले जनाए अनुसार हरिहरपुर-२, पाखापानी र गांडापानीबाट बुधबार बेलुका काउलो -जडीवुटीको रुपमा प्रयोग हुने रुखको बोक्र) खोज्न तीन महिला र दुई पुरुष गरी पाँच जंगलतिर गएको स्थानीवासीले बताएका छन ।
स्थानीय शिक्षक भोला खत्रीका अनुसार राति साँढे आठ बजेतिर चार गोली चलेको आवाज आएको थियो भने । जंगलबाट तुलबहादुर विक, अमृता विक, रामकली विक र देवीसरा विक फर्केका छैनन् ।
उक्त गाउँ बर्दिया निकुञ्जको सिमा क्षेत्रमा पर्दछ । बर्दियाको ढाँटपास सैनिक पोष्ट सैनिकहरु गस्तीमा आउने गरेको स्थानीयले बताएका छन् । बर्दियाकै भोरी गाउँ प्रहरी इलाकाबाट प्रहरीहरु सैनिक पोष्टमा पुगिसकेको बताइएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयको बिज्ञप्तिः
नेपाली सेनाको गस्तीसागको मुडभेडमा तीन शिकारीहरुको मृत्यु
हिजो मिति २०६६ फाल्गुन २६ गते राती करिब ८ः३० बजे बर्दिया राष्ट्रिय निकुन्ज भित्र पर्ने बबई उपत्यकाको बाँसपानी ईलाकामा नेपाली सेना र वार्डेन कार्यालयको गेम स्काउटसहितको संयुक्त गस्ती टोली र शिकारी बिच भएको मुडभेडमा तीन शिकारीको मृत्यु भएको छ भने एक जना पक्राउ परेको छ ।
बाँसपानी ईलाकामा शिकारीहरुले क्याम्प खडा गरी बसेको भन्ने सुराकीको खबरको आधारमा खट्टएिको गस्ती टोली उक्त बाासपानी ईलाकामा पुगेपछि शिकारीहरुसँग जम्काभेट भएको र शिकारीहरुलाई गस्ती टोलीले चेतावनी दिँदा समेत उनीहरुले गस्ती टोली माथी फायर गरेपछि आत्मसुरक्षाको लागि प्रतिकारात्मक कारवाही गर्दा तीन जनाको मृत्यु भएको थियो । उक्त घटनामा संलग्न अन्य चार जना भाग्न सफल भएका थिए भने एक जनालाई गस्ती टोलीले आफ्नो नियन्त्रणमा लिएको थियो ।
गस्ती टोलीले घटनास्थलबाट भरुवा बन्दुक तीन नाल, गोली चार राउण्ड, बारुद दुई बट्टा, खुकुरी एक वटा, बञ्चरो दुई वटा, पासो एक वटा, नाम्लो छ वटा, छाला काड्न प्रयोग गरिने बासुलो एक वटा समेत बरामद गरेको छ । निज शिकारीहरु बिगत चार दिनदेखी उक्त ईलाकामा क्याम्प खडा गरी बसेको भन्ने जानकारी पक्राउ परेका व्यक्तिको प्रारम्भिक छानबिनबाट जानकारी प्राप्त भएको छ ।
मृत्यु हुने सबै सुर्खेत जिल्ला हरिहरपुर गा.बि.स., वडा नं. २ का देवीसरा बि.क., अमृता बि.क. र चन्द्रकला बि.क. रहेका छन् । यसै गरी ऐ. निवासी कृष्ण बि.क.लाई पक्राउ गरिएको छ भने ऐ. निवासी रत्न बहादुर बि.क., गिरी उपनाम गरेका व्यक्ति र निजको एक छोरा र एक छोरी रहेका छन् ।
उक्त घटना सम्वन्धी सरजमिन तथा मुचुल्काको लागि प्रहरीले प्रकृया शुरु गरिसकेको र सो घटना सम्वन्धीमा थप खबरहरु प्राप्त हुनासाथ जानकारी गराईने छ ।
यसै गरी, आज मिति २०६६ फाल्गुन २७ गतेको करिब १२ बजे सुर्खेत जिल्ला स्थित नेपाली सेनाको हर्रे सुरक्षा बेशमा चेकजााचको क्रममा सल्यानबाट नेपालगञ्ज जाँदै गरेका भारत, हिमाञ्चल प्रदेश स्थित सिमला-कर्मैया निवासी बदि्र सिंहलाई १० किलो ७०० ग्राम चरेश सहित पक्राउ गरिएको छ । निजलाई बरामद गरिएको चरेश सहित बर्दिया राष्ट्रिय निकुञ्ज, वार्डेन कार्यालयमा बुझाईएको छ ।
प्रकाशित मिति: २०६६ फाल्गुन २७ ०९:३५
















तपाईंको प्रतिकृया