यूथ फोर्सका नेतामाथि गोली प्रहार

(5 Votes)
भीम घिमिरे

१५

बिराटनगर, फाल्गुन २७ - अज्ञात समूहले गरेको गोली प्रहारबाट युथ फोर्सका मोरङ संयोजक परशुराम बस्नेत र उनका सहयोगी परशुराम राई घाइते भएका छन् ।

प्रहरीका अनुसार यहाँस्थित वडा न. १५ जनपथ टोलमा बिहीवार साँझ साँढे छ बजे स्प्लेण्डर मोटरसाइकलमा दुईको संख्यामा रहेको समूहले गोली चलाएको हो ।

बस्नेतको कम्मर र तीघ्रामा र राईको पिँडुलामा गोली लागेको छ । दुवैलाई उपचारार्थ न्यूरो अस्पतालमा भर्ना गरिएको छ । अक्सिजन दिन सुरु गरिएका बस्नेतको सघन र राईको आकस्मिक उपचार कक्षमा उपचार भइरहेको छ ।

दुवैको अवस्था बुझ्न अस्पतालमा भीड लागेको छ । एमाले मोरङ सचिव महेश रेग्मीले आक्रमणकारीलाई पक्राउ गरी कडा कारवाही गर्न सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति: २०६६ फाल्गुन २७ ०८:५१

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।