मेक्सिकोका कार्लोस् विश्वकै धनी/चीनमा मात्रै ६४ अर्बपति

(1 Vote)

काठमाडौं, फाल्गुन २७ - माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई दोश्रो नम्वरमा धकेल्दै मेक्सिकोका कार्लोस् स्लिम हेलू बर्षकै धनी व्यक्ति भएका छन् । मेक्सिकोको दूरसंचार कम्पनी टेलमेक्सका मालिक उनको सम्पती ५३.५ अर्ब डलर छ ।

फोर्ब्स म्यागेजिनले बुधबार घोषणा गरेको अर्बपतिको सूचिमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स ५३ अर्ब डलरका साथ दोस्रो स्थानमा छन् । उनी यसअघि विश्वकै सर्वार्धिक धनी थिए ।

फोर्ब्स म्यागेजिनका अनुसार तेस्रो धनीमा अमेरिकाका वारेन बफेट, चौथो र पाँचौमा क्रमशः भारतका मुकेश अम्बानी र लक्ष्मी मित्तल घोषित भएका छन् । छैठौंमा अमेरिकाका लरेन्स एलिसन, सातौंमा फ्रान्सका बर्नार्ड अर्नाल्ट, आठौंमा ब्राजिलका आइक बाटिस्टा, नवौंमा स्पेनका आमानसियो ओर्टेगा र दशौं विश्व धनीमा जर्मनीका कार्ल अल्बेच्ट घोषित भएका छन् ।

अर्बपतिको सूचिमा यसपटक एसीयाली मुलुकको बर्चस्व छ । अर्बपतिमा चीनका ६४ जना छन् भने छिमेकी भारतका ४९, हङकङका २५, जापान २२, दक्षिण कोरिया १२, अष्ट्रेलिया १२, मलेसिया ९, इन्डोनेसिया ७, सिंगापुर ४, न्युजिल्याण्ड र थाइल्याण्ड ३-३, फिलिपिन्स २ र पाकिस्तानी एक जना अर्बपति कहलिएका छन् ।

 

 

प्रकाशित मिति: २०६६ फाल्गुन २७ ०६:१५

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।