अनमिनलाई दोष नलगाउ, म्याद नथप्न सक्छः पास्को
काठमाडौ, फाल्गुन २७ - संयुक्त राष्ट्र संघका उप-महासचिव बी लिन पास्कोले कसैको अकर्मण्यताको कारण यहाँस्थित राष्ट्रसंघीय मिसन (अनमिन)लाई दोष नदिन नमिल्ने बताएका छन् । साथै उनले अनमिनलाई दोष लगाउनु अर्थहीन र हस्यास्पद रहेको पनि बताए ।
नेपाल नीति अध्ययन प्रतिष्ठानले बिहीबार आयोजना गरेको अन्तरक्रियामा पास्कोले सरकार र माओवादी बीच भएको सम्झौताकै आधारमा विवरणहरु गोप्यता राखिएको उल्लेख गर्दै अनमिनलाई दोष नदिन आग्रह गरेका हुन् ।
उनले अनमिनसंग ज्यादै सिमित जिम्मेवारी मात्र रहेको उल्लेख गर्दै उसबाट धेरै अपेक्षा राखेर विवाद र अलोचना गर्न नहुने बताएका हन् ।
उनले अनमिनसंग प्रहरीको काम गर्ने जिम्मेवारी र क्षमता दुवै नभएकोसमेत उल्लेख गरे । साथै नभएको जिम्मेवारीका सन्दर्भलाई लिएर विवाद गरिरहे सुरक्षा परिषद्ले म्याद नथप्न सक्नेसमेत बताए ।
पास्कोले माओवादी लडाकुबारे अनमिनसँग भएको तथ्यांक गोप्य रहने पिन बताएका छन् । माओवादी लडाकुको पछिल्लो संख्या्बारे जानकारी उपलब्ध गराउने बिषयमा सरकार र राष्ट्रसंघीय नियोग अनमिनबीच तिक्तता उत्पन्न भइरहेको बेला उनको यस्तो धारणा आएको हो ।
उनले शान्ति सम्झौताको बेला दुबै पक्षले तथ्यांक गोप्य राख्ने बिषयलाई स्विकार गरेको उल्लेख गरे । उनले सरकार र माओवादीबीच विगतमा भएको सहमति कार्यान्वयन भए अनमिनले निष्पक्ष काम गर्नसक्ने बताए ।
शान्ति प्रकृयाप्रति इमान्दार र विश्वासिलो हुन सम्बन्धित पक्षले आफ्नो प्रतिबद्धताको सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।
शान्ति प्रकृया सुस्त भएको भन्दै पास्कोले तत्काल ठोस कदम नचालिएसम्म शान्ति बहालि हुनेमा शंका उत्पन्न भएको टिप्पणी गरे । शान्तिका लागि विगतमा गरिएका प्रतिबद्धता अनुसार लडाकु समायोजन, पुर्नस्थापना तथा नेपाली सेनाको लोकतान्त्रिकरण यथासिघ्र सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।












तपाईंको प्रतिकृया