सात कम्पनीलाई डिटिएच अनुमति

(0 Votes)

काठमाडौ, फाल्गुन २७ -  मुलुकभित्रै हब स्टेसनसहित डाइरेक्ट टु होम (डिटिएच) सेवा सुरु गर्न सात कम्पनीले अनुमति पाएका छन् । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार थप तीनवटा कम्पनी अनुमति लिने प्रक्रियामा छन् ।

मेरीगोल्ड इन्टरटेनमेन्टले पछिल्लोपटक अनुमति पाएको हो । प्रक्रियामा रहेका तीन कम्पनीमा क्लिन कम्युनिकेसन, स्काई डिक्स नेपाल र कस्मिक टेलिकम्युनिकेसन सर्भिस रहेका छन् । अनुमति पाइसकेका अन्य कम्पनीमा डिस मिडिया, सिजी टेक्नो डि्रम्स नेपाल, टेली डाइरेक्ट, स्याटेलाइट च्यानल, एम भिजन र टेल्को इन्भेस्टमेन्ट छन् । 'अनुमतिका लागि एउटा कम्पनीको प्रस्ताव मन्त्रीको कक्षमा पुगेको छ,' मन्त्रालयका एक कर्मचारीले भने, 'स्याटेलाइटबाट सहमतिपत्र नलिई आएकालाई त्यो लिएर आउने भनेका छौं ।'

मंसिरमा राजपत्रमा प्रकाशित राष्ट्रिय प्रसारण नियमावलीको चौथो संशोधनमा मुलुकमै हब स्टेसन स्थापना गरी स्याटेलाइटमार्फत कार्यक्रम प्रसार गर्न अनुमति दिने व्यवस्था गरिएपछि यी कम्पनीले अनुमति पाएका हुन् । यिनीहरूले ग्राहकको घरमा छाताजस्तो देखिने डिक्स एन्टेना बाँडेर विदेशी तथा स्वदेशी टेलिभिजन च्यानल प्रसारण गर्नेछन् । जसका लागि उनीहरूले च्यानल डाउनलोड गरेर बेच्नुपर्छ ।

मन्त्रालयका अनुसार ६० वटाभन्दा कम च्यानल सञ्चालनका लागि कुनै पनि कम्पनीले अनुमति पाउने छैन । दुईवटा कम्पनीले ८० वटा च्यानल सञ्चालन अनुमति पाएका छन् । अन्यले त्योभन्दा कम च्यानल सञ्चालन गर्ने अनुमति लिएका हुन् ।

यसमा डिस मिडियो नेटवर्कले ७४ वटा च्यानल सञ्चालन गर्ने सार्वजनिक घोषणा गरिसकेको छ । यी कम्पनीले अनुमति लिँदा प्रतिच्यानल प्रसारण लाइसेन्स शुल्क २५ हजार रुपैयाँ बुझाउनुपर्छ भने अर्थ स्टेसन शुल्कबापत प्रतिच्यानल १ लाख रुपैयाँ बुझाउनुपर्छ । उनीहरूले बर्सेर्र्निलाइसेन्स नवीकरण गर्नुपर्छ ।

 

प्रकाशित मिति: २०६६ फाल्गुन २७ ०९:१९

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।