कान्तिपुरका निर्देशकलाई धम्की

(0 Votes)

काठमाडौ, फाल्गुन २६ - कान्तिपुर पब्लिकेसन्सका निर्देशक रामेश्वर थापालाई ज्यान लिने धम्की दिइएको छ ।

निर्देशक थापालाई बुधबार साँझ ९७२९७७११६८१७३७ टेलिफोन नम्बरबाट दुईपटक एसएमएसमार्फत त्यस्तो धम्की दिइएको हो । एसएमएसमा उनीमाथि आक्रमण गर्ने चेतावनी दिइएको छ ।

कान्तिपुर पब्लिकेसन्सले धम्कीको भत्र्सना गरेको छ । 'जहाँ कहींबाट आइरहेका यस्ता दबाबबाट हामी कदापि डग्मगाउँदैनौं । जनतालाई सुसूचित गर्ने दायित्वबाट हामी कुनै हालतमा भाग्दैनौं,' पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले भने, 'तर लगातार यस्ता धम्की आइरहँदा पनि सरकारले गम्भीरतापूर्वक अनुसन्धान नगरेकामा हामीलाई आश्चर्य लागेको छ ।'

यसअघि अध्यक्ष सिरोहिया, कान्तिपुर र द काठमान्डू पोस्टका सम्पादकमाथि जमिम शाह हत्या प्रकरणको समाचार प्रकाशन गरेको भन्दै फोन र इमेलमार्फत ज्यान लिने धम्की दिइएको थियो ।

 

प्रकाशित मिति: २०६६ फाल्गुन २६ १०:४२

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।