भौतिक योजनामा १२ उच्च अधिकारीको सरुवा
सहयोगी लिङ्कहरू
काठमाडौ, फाल्गुन २६ - सरकारले भौतिक योजना तथा निर्माण मन्त्रालयका ९ प्राविधिक सहसचिव र ३ उपसचिवको सरुवा गरेको छ । उपप्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारको प्रस्तावमा सरकारले ती अधिकारीको सरुवा गरेको हो ।
सडक विभागका तीनै जना उपमहानिर्देशक ध्रुव रेग्मी, योगेन्द्र राई र हरिओम श्रीवास्तवलाई सरुवा गरिएको छ । श्रीवास्तवको महाशाखामात्र परिवर्तन गरिएको छ भने रेग्मीलाई विभागको वैदेशिक सहयोग महाशाखाबाट राष्ट्रिय सतर्कता केन्द्र, सम्भार महाशाखाका योगेन्द्र राईलाई मध्यमाञ्चल क्षेत्रीय सडक कार्यालयको निर्देशकमा सरुवा गरिएको छ । मध्याञ्चलमा निर्देशक पद एक महिनादेखि रिक्त थियो ।
विभागका २ नयाँ उपमहानिर्देशकमा हरि ढकाल र इन्द्र ढकाललाई ल्याइएको छ । उनीहरूलाई क्रमशः क्षेत्रीय सडक कार्यालयको निर्देशक र भालुवाङ-प्युठान सडक आयोजना प्रमुखबाट उपमहानिर्देशकमा ल्याइएको हो ।
योजना महाशाखाका श्रीवास्तवलाई विभागको सम्भार महाशाखामा सरुवा गरिएको छ भने नयाँ दुई उपमहानिर्देशकमध्ये हरि ढकाललाई योजना महाशाखा तथा इन्द्र ढकाललाई वैदेशिक सहायता महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।
विभागका उपसचिवद्वय कर्णबहादुर रानाभाट र दयाकान्त झालाई क्रमशः सडक डिभिजन कार्यालय भक्तपुर र नेपालगन्ज प्रमुखमा सरुवा गरिएको छ । नेपालगन्ज सडक डिभिजन प्रमुख चन्द्रनारायण यादवलाई विभागमा सरुवा गरिएको छ । रानाभाट हालै उपसचिवमा बढुवा हुन् भने झा विभागको कार्यक्रम शाखा प्रमुख थिए थिए ।
यसैगरी मन्त्रालयको खानेपानी महाशाखा प्रमुख सहसचिव सुमनप्रसाद शर्मालाई एसियाली विकास बैंकद्वारा सञ्चालित आयोजना कार्यान्वयन निर्देशनालय -पीडीआई) मा सरुवा गरिएको छ । पीडीआई काठमाडौं उपत्यका खानेपानी लिमिटेड -केयूकेएल) का लागि आयोजना सञ्चालन गर्ने अर्काे समानान्तर निकाय हो । पीडीआई प्रमुख कृष्ण आचार्यलाई खानेपानी महाशाखामा सरुवा गरिएको छ ।
प्रकाशित मिति: २०६६ फाल्गुन २६ ०९:५१
















तपाईंको प्रतिकृया