बसको ठक्करबाट एकको मृत्यु/झडपमा चार प्रहरी घाइते

(0 Votes)

भक्तपुर, फाल्गुन २६ - काटेश्वरबाट भक्तपुरतर्फ गइरहेको मिनिबसले मोटरसाइकलाई गट्ठाघरमा ठक्कर दिदा बुधबार एक जनाको मृत्यु भएको छ ।

भक्तपुर मिनिबसको बा १ ख २०२५ नम्बरको बसले बा १९ प ५९८३ मोटरसाइकललाई ठक्कर दिदा भक्तपुर नगरपालिका ९ बस्ने केदार दथेपुथेको घटना स्थलमै मृत्यु भएको हो ।

दुर्घटना गराउने मिनिबसलाई आगो लगाउन खोज्ने समूहलाई हटाउने क्रममा आक्रोसित भिडले ढुङा प्रहार गर्दा चार जना प्रहरी घाइते भएको महानगरीय प्रहरी बृत ठिमीमा प्रहरी निरिक्षक बलराम बिष्टले जानकारी दिए । घाइते हुनेमा इन्सपेक्टर बिष्ट, सई घनश्याम श्रेष्ठ, हवलदार प्रदिप नेपाली, जवान केशव तामाङ छन् ।

 

प्रकाशित मिति: २०६६ फाल्गुन २६ ०९:००

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।