विवाहको जीप दुर्घटनामा १० को मृत्यु, १३ घाइते

(0 Votes)
पूर्ण बिके

जीप दुर्घटनामा घाइते भएकी महिलाको दमौली अस्पतालमा उपचार गरिँदै । दुर्घटनामा ८ जनाको घटनास्थलमा र २ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । तस्बिरः पूर्ण विके/कान्तिपुर

तनहुँ, फाल्गुन २६ - काहुँ शिवपुरवाट दमौलीतर्फ आउँदै गरेको जीप काँहुशिवपुर ३ सेटाङमा दुर्घटना हुँदा १० यात्रुको मृत्यु भएको छ ।

यात्रुहरु मध्ये घटनास्थलमा ८ र उपचारको क्रममा दुई यात्रुको मृत्यु भएको हो । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् । घाइतेहरु मध्ये ६ जनाको अवस्था गम्भिर छ । उनीहरुलाई थप उपचारको लागि पोखरा अस्पपताल पठाइएको  छ ।

मृत्यु हुनेहरुमा पाँच महिला, चार पुरुष र एक वालिका छन् । उनीहरु मध्ये २ जनाको शव दमौली अस्पतालमा राखिएको छ । मृतक मध्ये पोखरी भञ्ज्याङ १ का वेलवासका करिव ४० वर्षिया योमाया आले र करिव ५५ वर्षिया डुडीमायाको मात्रै परिचय खुलेको छ । अन्य मृतकको नाम खुल्न सकेको छैन । दुर्घटनामा परेकाहरु मध्ये सवै काहुँशिवपुर र पोखरीभञ्ज्याङ गाविसका यात्रुहरु रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाइते ६ जनालाई उपचारको लागि पोखरा पठाइएको छ ।

विहेमा गएर फर्कंदै गर्दा जिप दुर्घटना भएको घाइतेहरुले वताएका छन् । उक्त जीप कच्ची सडकवाट करिव एक सय ५० मीटर तल खोंचमा खसेको छ । जीपमा क्षमताभन्दा वढी यात्रु भएकोले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।  

दुर्घटनामा घाइते भएका मध्ये काँहुशिवपुर ३ का २१ वर्षिय मधुसिह आले, ३४ वर्षिय मन वहादुर थापा,  ३४ वर्षिय नरवहादुर थापा, ३२ वर्षिय केशववहादुर राना, २९ वर्षिय जुनवहादुर राना, २४ वर्षिया मनु आले, एक वर्षिय वालक आदर्श आले, पोखरी भञ्ज्याङ गाविसकी ४० वर्षिया तिरीमाया आले, सन्जु आले,  निमाया आले रहेका छन् ।

प्रकाशित मिति: २०६६ फाल्गुन २६ ०९:००

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।