तीन तिब्बती नजरबन्दमा/चीनविरुद्ध नारावाजी गर्ने ३४ जना पक्राउ
सहयोगी लिङ्कहरू
काठमाडौ, फाल्गुन २६ - स्वतन्त्र तिब्बतको माग गर्दै पर्चा बाँड्दै हिडेका तीन तिब्बतीलाई शान्ति सुरक्षामा खलल पारेको भन्दै स्थानीय प्रशासनले नजरबन्दमा राखेको छ । मंगलबार साँझ ५ बजे बौद्धबाट समातिएका कालमाङ डेण्डुप, तेरब डेण्डुप र सोनाम डेण्डुपलाई नजरबन्दमा राखिएको हो ।
शान्ति सुरक्षामा खलबल पुर्याएका कारण उनीहरुलाई सार्वजानिक सुरक्षा ऐन अन्तर्गत रहेर नजरबन्दमा राखिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद ढकालले ईकान्तिपुरलाई बताए । प्रमुख जिल्ला अधिकारीले चाहेको खण्डमा बढिमा ९० दिन सम्म नजरबन्दमा राख्न सक्ने कानुनी ब्यवस्था छ ।
उनले स्वदेशी भूमि प्रयोग गरेर छिमेकी मुलुक विरुद्ध कुनै क्रियाकलाप गर्न नदिने परराष्ट्र नीति रहेकाले पनि उनीहरुलाई नजरबन्दमा राखिएको ढकालले बताए ।
स्वतन्त्र तिब्बतको माग राख्दै विरोध प्रदर्शनमा उत्रिएका ७ महिला ३४ जनाला्रई बुधबार राजधानीको विभिन्न स्थानबाट पक्राउ गरिएको छ । प्रहरीले बौद्ध, चिनीयाँ राजदुताबास हात्तिसार र स्वयम्भुबाट उनीहरुलाइर््र पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रद्युम्न कार्कीले बताए । उनका अनुसार साँझ साढे ६ बजे समातिएका मध्ये ४ जनालाई छाडिएको थियो ।
प्रकाशित मिति: २०६६ फाल्गुन २६ ०७:४८
















तपाईंको प्रतिकृया