'गृह राज्यमन्त्री बलिको बोका'

(0 Votes)

जनकपुर, फाल्गुन २६ - पुर्नगठीत माओवादीका संयोजक मातृका यादवले गृह राज्यमन्त्रीलाई बलिको बोका बनाइएको आरोप लगाएका छन् । गृह राज्यमन्त्री रिजवान अन्सारीको राजीनामाको उनले प्रशंसा गरे ।

'मधेसी मुस्लिम समुदायका होनहार युवाको रुपमा देखा परेका अन्सारीसँग एमालेले राजीनामा माग गर्नु आपत्तिजनक छ,' जनकपुरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा यादवले भने, 'उनी सत्यको पक्षमा लागेकै कारण अन्सारीलाई ठुलो मूल्य चुकाउनु परिरहेको छ ।' सुरक्षाको सवालमा गृहमन्त्रीमाथि पार्टीभित्र र बाहिरबाट दबाब परेको अवस्थामा उनलाई नहटाएर राज्यमन्त्री अन्सारीलाई बलिको बोका बनाइनु आपत्तिजनक हो ।

नेता यादवले वर्तमान सरकारले नै अपराधीहरुलाई संरक्षण दिएको उल्लेख गर्दै संचार उद्यमी अरुणकुमार सिंघानियाको हत्याको छानबिन आफ्नो पार्टीले पनि गरिरहेको खुलासा गरे । सिंघानियाको हत्यापछि भयभीत जनकपुरका पत्रकारहरुको अवस्था बुझ्ने उदेश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भने, 'सिंघानियाको हत्याको अनुसन्धान हाम्रो पार्टीले पनि गरि रहेको छ । आवश्यता परे पार्टीले कार्यकर्ताहरुलाई सक्रिय गराई छानबिन समिति समेत गठन गरिने छ ।' यादवले सिंघानियाको हत्यमा सरकारी संयन्त्रको हात हुनसक्ने आशंका समेत गरे ।

 

प्रकाशित मिति: २०६६ फाल्गुन २६ ०६:५३

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।