सरकारले सूचना दिंदैन / समयै संविधान नबने आकाश खस्ने र भूगोल परिवर्तन हुँदैनः उपराष्ट्रपति

(0 Votes)
चित्राङग थापा

महेन्द्रनगर, फाल्गुन २६ - उपराष्ट्रपति परमानन्द झाले सरकारले आफूलाई मुलुकको कुनै पनि गतिविधिबारे सूचना नदिएको गुनासो गरेका छन् ।

भारतको हरिद्वारस्थित गंगा नदीमा स्नान गर्न  हिंडेका उपराष्ट्रपति झाले बुधबार कंचनपुरको महेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै भने, 'मलाई मुलुकको दैनिक गतिविधिबारेमा त सरकारले जानकारी गराउनुपर्ने हो त्यो पनि गराउँदैन मैले गर्ने ।'

पवित्र नदी गंगा स्नान गर्ने आफ्नो इच्छा भएकाले भारत हिंडेको बताउँदै उनले सरकारले खर्च नदिए पनि आफू आएको बताए । यस अघि नै सरकारले उपराष्ट्रपतिको खर्च नव्यहोर्ने बताइसकेको छ ।

धार्मिक भ्रमण नेपाल-भारतबीचको सम्बन्धमा अझ प्रगाढ हुने उनले उल्लेख गरे । भ्रमणका क्रममा उपराष्ट्रपतिले पाइलटबाबाको विश्वशान्ति सम्मेलन समेत भाग लिने कार्यक्रम रहेको छ ।

संविधान समय सीमा भित्रै बन्छ त भन्ने संचारकर्मीसँगको प्रश्नमा उपराष्ट्रपतिले भने, 'विभिन्न ठाउँबाट समयै संविधान बन्ने प्रतिवद्धता आइरहेको छ । नबने पनि आकाश खस्ने र भूगोल परिवर्तन चाँहि हुदैन ।' उनले संक्षिप्त संविधान बनाएर भए पनि मुलुकले निकास निकाल्न सक्नेसमेत बताए । उनी बुधबार महेन्द्रनगरस्थित होटल ओपेरमा बसेका छन् ।

प्रकाशित मिति: २०६६ फाल्गुन २६ ०७:०२

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।