प्रहरीले ज्यान मार्ने धम्की दिएपछि कर्मचारी आन्दोलित

(0 Votes)
कृष्ण आचार्य

गोरखा, फाल्गुन २६ - विद्युत काटेको निहुँमा प्राधिकरणका कर्मचारीलाई नियन्त्रणमा लिएर प्रहरीले हतियार देखाउदै भूल सुधारको कागजात तयार पारेपछि सुरक्षा माग्दै कर्मचारी आन्दोलित भएका छन् । कार्यालय समयमा पोशाकमै हतियारसहित आएर प्रहरीले ज्यान मार्ने धम्की दिएका कारण  सुरक्षाको माग गर्दै नेपाल विद्युत प्राधिकरण गोरखा शाखाका कर्मचारीहरुले बुधबारदेखि आन्दोलन सुरु गरेका हुन् ।

सुरक्षाको माग गर्दै कार्यालयका कार्मचारीले आज दश बजेदेखि दुई घण्टा कार्यालयको काम गरेनन् । कर्मचारीले संयुक्त प्रेश बिज्ञप्ती निकाली दोषिलाई कारबाहि नभएसम्म बिहीबारबाट अनिश्चितकालीन कार्यालय बन्दको घोषणा गरेका छन् ।

'प्रहरीलेनै कर्मचारीलाई धम्काएकाले प्रशासनले सुरक्षा प्रत्याभुति नगराएसम्म कार्यालयको कामकाज सम्हाल्न असमर्थ भएका छौ' बिज्ञप्तीमा भनिएको छ, 'दोषिलाई कारबाही नभएसम्म कार्यालयको कामकाज गर्दैनौ ।' चोरीको विद्युतलाईन काटेकोे बिषयलाई लिएर मंगलबार जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रामकाजी अर्यालले कार्यालय प्रमुख तथा कर्मचारीलाई ज्यान मार्ने र कार्यालयमा आगो लगाईदिने धम्की दिएका थिए ।

प्रहरी पोशाकमा प्राधिकरण कार्यालय पुगेका अर्यालले कर्मचारीलाई कोठामा थुनी हतियार देखाएर भुलसुधारको चिठ्ठी समेत बनाउन लगाएको कार्यालय प्रमुख दिपेश खनालले बताए । असुरक्षित भएको भन्दै कार्यालयका कर्मचारीहरु अबेर रातिसम्म जिल्ला प्रशासन कार्यालयमा बसेका थिए ।

अर्यालले गोरखा नगरपालीका १ पोखरीथोकमा सञ्चालित फुलबारी रेष्टुरेन्टमा चोरीको विद्युतलाईन प्रयोग गरेको भन्दै प्राधिकरणले उक्त लाईन दुई दिन अघि काटेको थियो । सोहि बिषयलाई लिएर स्थानीय युवाहरु सहितको समूहमा गएर उनले विद्युत प्रधिरणका कर्मचारीलाई एक घण्टासम्म कार्यालय कोठामा थुनि धम्की दिएका हुन् ।

कार्यालयको लेटरप्याडमा लाईन काटिने कार्य भुलबस हुन गएको र अबका दिनमा गल्ति नदाहोर्‍याउने चिठ्ठी बनाएपछि अर्यालले कर्मचारीहरुलाई छाडेका थिए । चोरी विद्युत प्रयोग गर्न पाउने अधिकार भएको भन्दै अर्यालले आफूहरुमाथि आक्रमणको चेतावनी दिएको कार्यालयका कर्मचारीहरुले बताएका छन् ।

उनले ड्युटिको समयमा प्रहरी टोलीलाई छाडेर स्थानीय युवाहरुको समूहमा गएर कार्यालयका कर्मचारीलाई धम्काउदै भुलसुधारको चिठ्ठी बनाउन लगकाएका हुन् । 'कार्यालयसमयमा हतियारसहित प्रवेस गरेका एक दर्जन युवाहरुको समूहले एक्कासी हामीमाथि हतियार तेस्र्याए ।' सुरक्षा माग्न प्रमुख जिल्ला अधिकारीको कार्यालय पुगेका प्रमुख खनालले भने, 'हामीबाट भुल भयो ।  अब गल्ती दोहोर्‍याउँदै भन्ने चिठ्ठी बनाएपछि हाम्रो ज्यान बच्यो ।'

घटनमा संलग्न अर्याल भने आज बिहानबाट प्रहरी सम्पर्क बाहिर छन् । दोषि प्रहरीलाई सांगठनिक कारबाहि गर्ने तयारी भै रहेको प्रहरी नायब उपरीक्षक बिष्णु केसीले बताए । 'घट्नामा हाम्रो प्रहरी दोषि छ' केसिले भने, 'उसहित कार्यालयमा गएर धक्काउने अन्य युवाहरुलाई पनि कराबाही गर्ने तयारी गर्दैछौ ।'

 

प्रकाशित मिति: २०६६ फाल्गुन २६ ०२:४६

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।