'माओवादी सकारात्मक भएकोले समयमै सविधान बन्छ'
सहयोगी लिङ्कहरू
बेल्टार(उदयपुर), फाल्गुन २६ - प्रधानमन्त्री माधवकुमार नेपालले अन्य दल जस्तै माओवादीपनि सकारात्मक भएकोले निर्धारीत समयमै सविधान बन्ने विश्वास व्यक्त गरेका छन ।
प्रेस चौतारी उदयपुरले बुधबार उदयपुरको बेल्टारमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री नेपालले माओवादी समेत सविधान निर्माणमा अग्रसर भएकोले निर्धारीत समयमै सविधान निर्माण हुने बताएका हुन् । उनले यसअघि सविधान सभामा प्रतिनित्व गर्ने सवै दल समयमै सविधान बन्ने बिषयमा सकरात्मक भएपनि माओवादी सकरात्मक नभएकोले ढिलो भएको आशय व्यक्त गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुप्षलालको सालिक अनावरण गर्ने क्रममा बेल्टार आइपुगेका प्रधानमन्त्री नेपालले वर्तमान सरकारले अघिल्ला सरकारले गर्न नसकेको अयोग्य माओवादी लडाकुहरुको बर्हिगमनको प्रक्रियालाई मुर्तरुप दिएको वताए ।
नेपालले सविधान निर्माण गर्नु अगावै माओवादी सेनाको समायोजन प्रक्रिया सम्पन गरिसक्ने वताए । उनले नेपाली सेना र प्रहरीमा योग्यता अनुसार माओवादी लडाकुहरुको समायोजन गर्ने प्रक्रिया सुरु गरेको वताए ।
प्रधानमन्त्री नेपालले शान्ति सुरक्षा प्रति वर्तमान सरकार गम्भीर भएकाले शान्ति सुरक्षालाई तार्किक निष्कर्षमा पुयाउने र नया सविधान निर्माण गर्ने वताए । पक्रकार सम्मेलन पूर्वाचलको शान्ति सुरक्षा सुधार्न क्षेत्रीय प्रशासक धरणिधर खतिवडा र नेपाल प्रहरीका पूर्व क्षेत्रिय प्रहरी प्रमुख-डिआइजी) भिष्म प्रसाईलाई प्रधानमन्त्रीले निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशनपछि उनीहरुले पूर्वको वर्तमान शान्ति सुरक्षाको अवस्था जानकारी गराएका थिए ।
प्रकाशित मिति: २०६६ फाल्गुन २६ ०४:५५
















तपाईंको प्रतिकृया