'कोइरालाको स्वास्थ्य सामान्य'

(5 Votes)
कुलचन्द्र न्यौपाने

५४

तस्बिरः योपेश प्रधान/कान्तिपुर टेलिभिजन

काठमाडौं, फाल्गुन २६ - कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले जनाएका छन् ।

छातीको इन्फेक्सन पटक पटक बल्झिएकाले कोइरालाको स्वास्थ्य अवस्थामा उतारचढाव आएपनि स्वास्थ्य असामान्य नभएको उपचारमा संलग्न डा. अर्जुन कार्कीले जानकारी दिए । 'उहाँको उमेरका कारणले पनि बृद्ध शरिर छ, स्वाँ-स्वाँ त भइहाल्छ' डा. कार्कीले भने, 'तर अहिले त्यस्तो स्थिति छैन, 'क्रिटिकल' अवस्था आयो भने अस्पतालमै लगेर उपचार गर्ने गरिएको छ ।' कोइरालाको स्वास्थ्यस्थिति बुझ्न कोइराला निवास पुगेका कांग्रेस महामन्त्री विमलेन्द्र निधिले पहिले भन्दा स्वास्थ्य बिग्रिएपनि आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

कोइरालाको स्वास्थ्य झन् बिग्रिएको भन्ने हल्ला चलेपछि बुधबार नेपाल आएका राष्ट्रसंघका उप-महासचिव बी लिन पास्कोसँगको भेटको भिडियो खिच्न एक पत्रकारलाई दिइएको थियो । भिडियोमा कोइराला ओछ्यानबाट उठेर तगडा भएर बोलिरहेको देखिन्छन् । उनले अक्सिजन भने लिएरै वार्तालाप गरेका छन् ।

कोइरालको स्वास्थ्यको कारण देखाउँदै कांग्रेस केन्द्रीय समितिको जारी बैठक बुधबार स्थगित गरिएको थियो । फोक्सोसम्बन्धी समस्याबाट ग्रस्त कांग्रेस सभापति कोइरालालाई केही दिनयता निरन्तर अतिरिक्त अक्सिजन दिनुपर्ने भएको छ । क्रनिक अब्सट्रक्टिभ पल्मोनरी डिजज (सीओपीडी) को जटिलताले गर्दा उनले हाल अक्सिजन छाड्नै नमिल्ने भएको हो ।

निकै कमजोरी अनुभव गरिरहेका ८६ वर्षीय कोइराला गत मंसिरमा सिंगापुरको ग्लेनेगल्स अस्पतालमा उपचार गराएर फर्किएका थिए ।

 

 

प्रकाशित मिति: २०६६ फाल्गुन २६ १०:३३

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।