अपराजित मनाङ अगाडि
सहयोगी लिङ्कहरू
काठमाडौ, फाल्गुन २४ - मनाङ-मस्र्याङ्दी प्रशिक्षक छिरिङ लोप्साङ जितमा आइतबार खुसी देखिएनन् । उनलाई प्रतिद्वन्द्वी थ्री-स्टारको हारमा बढी चिन्ता थियो । थ्री-स्टार राष्ट्रिय खेलाडीले भरिएको टिम, कुनै समय मनाङको जस्तै । अहिलेको मनाङमा भने राष्ट्रिय खेलाडी छैनन् । दक्षिण कोरियाली खेलाडी पनि औसतस्तरका हुन् । उनको चिन्ता यस्तै आपmनो टिमले थ्री-स्टारलाई हराउनुमा थियो ।
मैदानमा भने मनाङ-मस्र्याङ्दी फेरि एकपल्ट भाग्यमानी रह्यो । सहिद स्मारक लिग 'ए' डिभिजनमा उसले एक गोलको झीनो अन्तरले थ्री-स्टारलाई हरायो । यसले लिगका चार राउन्डका खेलयता मनाङ पूर्ण १२ अंकसहित शीर्ष स्थानमा रह्यो । लिगमा सबै खेल जित्ने मनाङ एक्लो टिम हो । अर्को महत्त्वपूर्ण खेलमा एपीएफले आर्मीलाई २-१ ले हरायो ।
जितले एपीएफ रेलिगेसन क्षेत्र छोड्न सफल रह्यो । उसको चार अंक भएको छ । आर्मी छ अंकमा सीमित रह्यो । लगातार दुई खेल जितेपछि आर्मीको यो लगातार दोस्राे हार हो । अर्कोतर्फ थ्री-स्टार पनि चार अंकभन्दा अगाडि बढ्न सकेन । उसले पछिल्ला तीन खेलमा एक अंकमात्र बटुलेको छ र सुरुआती चार राउन्डबाट आठ अंक गुमाइसकेको छ ।
मनाङका लागि ली जी हुनले ५७ औं मिनेटमा गोल गरे । उनले अर्का कोरियाली खेलाडी किम सुनको पास सदुपयोग गरे । उनीहरूले एकापसमा पास खेल्दा थ्री-स्टार डिफेन्स मुकदर्शक रहेको थियो । थ्री-स्टार भाग्यमानी रहेन र उसका दुई प्रहारले पोस्टको दिशा लिए पनि अफसाइड घोषित भए । थ्री-स्टार प्रशिक्षक बालगोपाल महर्जनले टिमको प्रदर्शनमा सुधार आएको दाबी गरे पनि त्यो पर्याप्त रहेन ।
'थ्री-स्टार लगभग राष्ट्रिय टिम हो, यसको हारमा नेपाली प'mुटबलप्रेमीका रूपमा खुसी हुने ठाउँ छैन,' छिरिङले भने । यसअघि लिगको पहिलो जितका लागि एपीएफलाई आर्मीको आत्मघाती गोलले फाइदा पुर्यायो । चुनबहादुर थापाले ४६ औं मिनेटमा गोलरक्षक विकास मल्ल अगाडि बढेको स्थितिमा गरेको प्रहारले आपmनै पोस्टको दिशा लिएको थियो ।
गणेश लावतीले ७० औं मिनेटमा विकासलाई बिट गर्दै आकर्षक गोल गरे । त्यसको नौ मिनेटपछि आर्मीले एक गोल फर्कायो । सन्तोष नेपालीले पेनाल्टी एरियाको ठीक बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो । 'खेलाडीले टिम बि्रफिङमा बताइएअनुसार खेलिरहेका छैनन्,' आर्मी प्रशिक्षक राजु शाक्यले भने, 'आत्मघाती गोलले दबाब सिर्जना गर्यो । हाम्रा प्रमुख खेलाडी राजु तामाङ र सन्तोष नेपाली हुन् र उनीहरूले नै राम्रो खेलिरहेका छैनन् ।'
एपीएफ प्रशिक्षक महेश्वर मुल्मीले जितका बावजुत आपmनो टिम दबाबमा रहेको बताए । टिमको जित सब्सिच्युट सन्जोग राई चाम्लिङका कारण विवादास्पद रह्यो । सन्जोगले बि्रटिस गोर्खा कपमा जावलाखेलका लागि खेलेका थिए । एन्फा सीईओ इन्द्रमान तुलाधरले सन्जोगले दुई क्लबमा नाम दर्ता गरेको हुँदा कारवाही स्वरूप दस हजार रुपैयाँ जरिवाना गरिसकेको बताए ।
प्रकाशित मिति: २०६६ फाल्गुन २४ ०८:५३
















तपाईंको प्रतिकृया