डलर अपचलनमा 'कमिसन खेल’

(0 Votes)
निर्मल श्रेष्ठ

हङकङ, फाल्गुन २४ -  विभिन्न व्यापारिक र्फमले १० करोड अमेरिकी डलर अपचलन गरी यहाँका बैंकहरूमा राखेर 'कमिसनको कारोबार' गरेको बैंकिङ कारोबारमा संलग्न व्यापारीहरूले बताएका छन् ।

यहाँ अमेरिकी डलर तत्कालै खपत हुने भएकाले सामान आयात गर्ने नाममा टिटी र ड्राफ्टमार्फत कारोबार भएको हो । हुन्डी व्यवसायमा संलग्न एकजनाले नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका तुलनामा कम्तीमा २ रुपैयाँ बढी हुने बताए । नगदका तुलनामा टिटीको दर बढी हुन्छ । 'सीधा नाफा आर्जन गर्न १० करोड प्रकरणका अभियुक्तहरूले पनि सोही बाटो रोजेका हुन्,' उनले भने ।

सामान आयातका नाममा टिटीमार्फत एकपटकमा अधिकतम पठाउन सकिने ५० हजार डलरमा १ लाख रुपैयाँसम्म नाफा हुन्छ । अपचलन गरिएको भनिएको १० करोड डलरमा व्यवसायीले करिब २ करोड रुपैयाँ मुनाफा गरेको देखिन्छ ।

नेपालबाट पठाइएको डलर यहाँका बैंक खातामा जम्मा नरहने लामो समयदेखि हुन्डी व्यवसायमा संलग्न एकले बताए । 'यहाका स्थानीय बैंक नेपालबाट रकम पठाउन मात्र प्रयोग हुन्छन्,' उनले भने, 'बंैक खातामा रकम आउनासाथ तुरुन्तै बिक्री

गरिन्छ ।' चीनबाट ऊन आयात गर्ने भनी डलर अपचलन गर्नेहरूले बैंकलाई नेपाली रुपैया बुझाएर नक्कली कागजातका आधारमा सोही बराबर टिटी वा ड्रापmट बनाउने गरेका थिए । 'यसरी गरिने नक्कली बंैकिङ कारोबार बैंक र भन्सार कर्मचारीका मिलोमतोबिना गर्न निकै गाह्रो छ,' उनले ठोकुवा गरे ।

टिटी र ड्रापmटमार्फत हङकङमा अमेरिकी डलर भित्र्याउनेहरूले त्यस बराबरको नेपाली रुपैयाँ नेपालमै भुक्तानी लिन्छन् । कतिपयले आफूले स्वीकृति लिएका टिटी कमिसनमा अन्य व्यापारीका सामान आयातका लागि समेत प्रयोग गर्छन् । अमेरिकी डलर खरिद गर्नेले उक्त रकम चीन र हङकङमा सामान किन्न आउने व्यापारीलाई बिक्री गर्ने गरेका छन् ।

हङकङमा बैंक खाता नहुनेहरूले स्थानीय हुन्डी व्यवसायीहरूका सहयोग लिने गरेका छन् । नेपालबाट हुने अधिकांश यस्ता कारोबार यहाँका नेपाली वा भारतीय व्यवसायीसँग हुने गर्छ । हङकङमा नेपाली र भारतीय गरी दर्जनभन्दा बढी हुन्डी व्यवसायी छन् । यिनले रकम लेनदेनदेखि स्थानीय बैंकमा खाता खोल्न र अन्य परामर्श समेत दिने गर्छन् । हुन्डी कारोबारी अधिकांशले अवैध कारोबारलाई ढाकछोप गर्न 'मुद्रा सटही' लगायत आयात निर्यात व्यवसाय समेत सञ्चालन गरेका छन् ।

हङकङ पि|mपोर्ट -कर नलाग्ने) भएकाले बैंकमार्फत ठूलै रकमको कारोबार गरिए पनि सामान्यतया सोधखोज गरिँदैन । वैध कारोबार गर्नेहरूका लागि उपलब्ध सुविधामा डलरका अवैध कारोबारीहरू समेतले चलखेलको मौका पाएको स्थानीय व्यापारी बताउँछन् । भइपरेका बेला सजिलो तरिकाले अन्यत्र रकम पठाउनका लागि समेत हङकङका बैंक प्रयोग गर्ने गरिएको छ । यहँा आपmना खातामा जम्मा रहेको जतिसुकै रकम चाहेका बेला अन्यत्र पठाउन सकिने सरल सुविधा छ । यसैले पनि विदेशी मुद्राका अवैध कारोबारीहरूले हङकङलाई ट्रान्जिटका रूपमा प्रयोग गर्ने गरेका छन् । हङकङ पि|mपोर्ट भए पनि सीमावर्ती चीनमा भने डलरको कारोबार सहज छैन ।

 

प्रकाशित मिति: २०६६ फाल्गुन २४ ०८:४२

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।