तराईमा एसएलसी परीक्षाको क्रियाकलाप आपत्तिजनकः उपराष्ट्रपति

(0 Votes)
लालप्रसाद शर्मा

पोखरा , फाल्गुन २३ - उपराष्ट्रपति परमानन्द झाले शिक्षालाई शान्ति क्षेत्र  बनाउनु पर्ने बताएका छन् ।मुलुकका सामु शिक्षालाई अन्तराष्ट्रियस्तरको गुणस्तर बनाउनु पर्ने र समाजमा पछाडिएकाको पहुँचमा पुर्‍याउनुपर्ने अभिभारा रहेको झाले उल्लेख गरे ।

मानव, आर्थिक तथा समग्र र देश विकासको प्रमुख आधार शिक्षा भएकोले यसलाई शान्ति क्षेत्र बनाउनुपर्ने शिक्षक युनियन राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद्को बैठकको आइतबार पोखरामा उदघाटन गर्दै उपराष्ट्रपति झाले भने, 'विद्यालयमा पठनपाठनमा अवरोध पार्ने र हतोत्साही बनाउने काम पनि हुदै आएका छन, यसलाई रोक्नु पर्छ ।'

झाले सरकारले शिक्षामा गरेको लगानीले भावी सन्ततिले कसरी फाइदा लिन सक्छन भन्नेतर्फ सबैले ध्यान दिनुपर्ने बताए । हिमाल, पहाड र तराईका लागि समान र स्तरीय शिक्षा उपलब्ध हुनुपर्ने भन्दै झाले तराईमा विशेष गरी एसएलसी परिक्षाको कृयाकलाप आपत्तिजनक हुने गरेकाले यसलाई सुधार्नुपर्ने बताए ।

घर निर्माणको आधार जग भएजस्तै उच्चशिक्षा र राष्ट्र निर्माणको आधारशिला गुणस्तरीय शिक्षा हुने उनले बताए । मुलुकको शिक्षा नीतिलाई समयसापेक्ष परिवर्तन गर्दै लैजानुपर्नेमा उनले जोड दिए ।

सोमबारसम्म चल्ने बैठकमा मुलुकभरका ५७ जिल्लाबाट करीब तीनसय शिक्षकहरु भेला भएका छन । बैठकमा शैक्षिक नीति समसामयीक विषय, विभिन्न समस्या, विगतको समिक्षा, भावी कार्यक्रम तथा बजेटका विषयमा छलफल हुनेछ ।   

प्रकाशित मिति: २०६६ फाल्गुन २३ ०३:५०

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।