बेलायतले नेपाली विद्यार्थीको भिसा फुकुवा गर्ने
काठमाडौं, फाल्गुन १९ - बेलायतले रोकिएको नेपाली विद्यार्थीको भिसा फुकुवा गर्ने भएको छ । बेलायतस्थित बोर्डर ऐजन्सीका अनुसार नेपाल, बंललादेश र उतर कोरिया विद्यार्थीको भिसा फुकुवा गरेको हो । विश्व विद्यालयसँग सम्बन्धन प्राप्त नभएको भन्दै बेलायत केही कलेजहरुको छानबीनपछि मात्र भिसा फुकुवा गर्ने जनाएको थियो । त्यसपछि फेवरीमा बेलायत अध्ययन गर्न जाने विद्यार्थीको भिसा प्रक्रिया केही समयका लागि स्थगित गरेको थियो । बेलायती व्यापारीमन्त्री म्याक फ्याडनले निलम्बन छोटो समयको लागि भिसा रोक लगाएको बताए । 'यो छोटो समयका लागि गरिएको थियो ।' उनले भने, 'म रोक्का फुकुवा भएपछि खुशी भएको छु । अब विद्यार्थी उच्च शिक्षा लागि यहाँ आउने छन् यद्यपी फाउनडेशन कोर्स, स्नात्तक र स्नाकोत्तर तहका लागिसमेत ।'
प्रकाशित मिति: २०६६ फाल्गुन १९ ०८:५९

















तपाईंको प्रतिकृया