दीपकलाई सरकारले दस लाख रुपैयाँसहित सम्मान गर्ने

(3 Votes)
कान्तिपुर संवाददाता

१४

काठमाडौं, फाल्गुन १९ - कीर्तिमान पदकधारी तेक्वान्दो खेलाडी दीपक विष्टलाई नेपाली खेल क्षेत्रमा पुर्‍याएको योगदान वापत सरकारले १० लाख रुपैंया प्रदान गर्ने भएको छ ।

मन्त्रिपरिषदको बुधबार बसेको वैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषदले दीपकलाई नगद पुरस्कारको साथै ढाकामा सम्पन्न एघारौं दक्षिण एसियाली खेलकुद(साग) को वेला घाइते भएका खेलाडीको सवै उपचार खर्च वेहोर्ने निर्णय गरेको छ ।

नेपालका सर्वाधिक सफल खेलाडी दीपकले सागमा लगातार चार स्वर्ण जित्न सफल भएका छन् । ओलम्पिकमा छनोट हुन सफल दीपकले एसियाली खेलकुदमा पनि दुई कास्य हात पारेका छन् ।

सरकारको निर्णयसँगै दीपकले सम्मान स्वरुप नगद हात पार्ने छन् भने उनको सवै उपचार खर्च सरकारले बेर्होने छ ।

त्यस्तै एघारौं सागको उदघाटन दिन होटलको लिफ्ट चुडिदा घाइते भएका जुडोका सात र भारोत्तोलनका दुई खेलाडीलाई पनि सरकारले उपचार गरिदिने छ ।

घाइते खेलाडीको उपचारको लागि मन्त्रालयले प्रस्ताव गर्ने र त्यस अनुरुप हुने जनाइएको छ ।

 

 

प्रकाशित मिति: २०६६ फाल्गुन १९ ०८:३४

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।