भीएस निकेतन र टि्रटनलाई उपाधि

(0 Votes)

काठमाडौ, फाल्गुन १८ -  ह्वाइटहाउस कप तेस्रो यू-१९ राष्ट्रिय बास्केटबलमा पुरुषतर्फ भीएस निकेतन र महिलातर्फ टि्रटनले सोमबार उपाधि जितेका छन् ।

धरानको डिपोट माविको चुनौती ३९-२९ ले समाप्त पार्दै भीएस निकेतनले सफलता हात पारेको थियो । पहिलो क्वाटरमा हासिल गरेको १०-० को अग्रता जितको आधार रहेको प्रशिक्षक विज्डम पाण्डेले बताए । सुस्त सुरुआत गरेको डिपोटले दोस्रो क्वाटरमा उत्कृष्ट प्रदर्शन गर्‍यो । त्यसमा १४-४ ले क्वाटर आफ्नो पक्षमा पारेर डिपोट १४-१४ को बराबरीमा पुगेको थियो । तेस्रो क्वाटर १३-६ र अन्तिममा १२-९ ले अग्रता लिँदै भीएस निकेतनले उपाधिमा बाजी मार्‍यो ।

महिलातर्फको फाइनलमा टि्रटनले गोल्डेनगेटलाई ३४-२५ ले निराश पार्‍यो । टि्रटनले दोस्रो र तेस्रो क्वाटरमा फराकिलो अग्रता लिँदै खेल जितेको थियो । पहिलो क्वाटरमा ८-१० ले पछि परेको टि्रटनले दोस्रो १५-४ र तेस्रो ४-२ ले आफ्नो पक्षमा पारेका थिए ।

टि्रटनकी सुचिता गुरुङ महिलातर्फ र भीएस निकेतनका नवीन पुलामीले मस्ट भ्याल्युएबलको १५-१५ हजार रुपैयाँ हात पारे । महिला र पुरुषका विजेताले २५-२५ हजार प्राप्त गरे । उपविजेतालाई १५-१५ हजार दिइएको थियो ।

दीपक सम्मानित

यू-१९ राष्ट्रिय बास्केटबलको समापनमा तेक्वान्दो खेलाडी दीपक विष्टलाई नेपाल बास्केटबल संघ र ह्वाइटहाउस कलेजले सम्मान गरे ।

ढाकामा सम्पन्न ११ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेर दीपक क्षेत्रीय खेलकुदमा लगातार चारपल्ट सफलता चुम्ने पहिलो नेपाली खेलाडी बनेका थिए । ह्वाइटहाउसले एक लाख एक र बास्केटबल संघले ५५ हजार ५ सय ५५ रुपैयाँको चेक दिए ।

 

प्रकाशित मिति: २०६६ फाल्गुन १८ ११:०८

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।