उत्तर आधुनिक अर्थतन्त्र र सूचना प्रविधि
सन्दर्भ क्यान इन्फोटेक, २०१०
हाम्रोजस्ता अविकसित र न्यून आय भएका मुलुकमा खुला स्रोत सफ्टवेयर विवेकशील व्यक्तित्वहरूको वरदान नै मान्नुपर्छ ।
काठमाडौ, माघ २ - हरेक वर्ष हुने क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधिसाग सम्बन्धित व्यवसायी तथा व्यापारीको मात्र नभई प्रविधिसाग चासो राख्ने हरेकको ध्यान आकषिर्त गर्ने गर्छ । सूचना तथा सञ्चार प्रविधिको यो कुम्भ मेलामा वयष्कभन्दा युवाहरूको चहलपहल हेर्न योग्य हुन्छ । बाक्लो चस्मा भिर्ने सेताम्ये केश राशिका हजुरबा पुस्तादेखि प्राथमिक विद्यालयका ससाना नाति पुस्ताको ध्यान र मन तान्ने सक्ने यो सूचना प्रविधिको मेला अरू मेलाभन्दा पृथक र व्यापक सहभागिता हुने मेलाभित्र पर्छ ।
यही क्यान इन्फोटेक २०१० सेरोफेरो पारी कम्प्युटर एसोसिएसन अफ नेपालले 'भविष्य उत्तर आधुनिक सूचना तथा सञ्चार प्रविधि अर्थतन्त्रको' शीर्षकमा दुईदिने प्राविधिक सम्मेलन कार्यक्रमसमेत आयोजना गर्दै छ । सम्मेलनमा मूलभूत रूपमा भोलिका दिनमा सूचना तथा सञ्चार प्रविधिले अर्थतन्त्रमा पार्ने असर अनि सूचना तथा सञ्चार प्रविधिकै भोलिको अर्थतन्त्रसमेतलाई चर्चाको विषय बनाइएको छ । यस सम्मेलनको उद्देश्य भनेको सूचना प्रविधिले गर्दा बनेको विश्व ग्राममा सिर्जित आर्थिक अवसर र चुनौतीहरूलाई हामीले पनि मनन गरी भविष्यका लागि स्पष्ट मार्गचित्र कोर्न सकियोस् भन्ने सदिक्षा राखिएको छ ।
सम्मेलनमा मुख्यतया खुला स्रोत सफ्वेयर, वातावरण परिवर्तनमा सूचना प्रविधिको भूमिका, सूचना सुरक्षा र कानुन, विद्युतीय सरकारको भविष्य, विद्युतीय स्वास्थ्य सूचना तथा सञ्चार प्रविधिको ज्यावलहरूको परिकल्पना, सञ्जालको निर्माण तथा सञ्चार, विद्युतीय व्यापार र यसका अभिवृद्धि र संरचना व्यवस्थापन गरेर जम्मा नौवटा ट्रयाकमा बहस चलाइनेछ ।
लाखौं स्वयंसेवकहरूले समाज र विश्वकै लागि सफ्टवेयरमा स्वतन्त्रता हेतु बनाइदिएका खुला स्रोत तथा स्वतन्त्र सफ्टवेयरहरूले भोलिका दिनमा बृहत् पर्सनल कम्प्युटरमा उपस्थिति जनाएर बसेका माइक्रोसफ्टजस्ता कम्पनीको व्यापारमा दुलो पार्ने पक्का छ । त्यसमा पनि हाम्रोजस्ता अविकसित र न्यून आय भएका मुलुकमा खुला स्रोत सफ्टवेयर विवेकशील व्यक्तित्वहरूको वरदान नै मान्नुपर्छ । चोरीको बात लाग्नुभन्दा सित्तै पाउन सक्ने सफ्टवेयरतिर जानु नै हाम्रो जस्तो कमजोर अर्थतन्त्रयुक्त मुलुकका लागि उपयुक्त हुन्छ । यस सन्र्दभमा बहस चलाउनु आजको आवश्यकता हो र यस सम्मेलनले समयसापेक्ष प्रयास गरेको छ ।
त्यसैगरी विश्व वातावरण परिवर्तनको सन्दर्भमा सूचना तथा सञ्चार प्रविधिको हुन सक्ने भूमिकामाथि चियोचर्चो यस सञ्चालनको दोस्रो 'ट्रयाक' ले गर्दै छ । अब आउने वर्ष ४ सय खर्बको वातावरण उद्योगको भविष्यवाणिलाई मध्यनजर गर्दा पनि वातावरण उद्योगको अर्थतन्त्रमाथि मन्थन समयअनुकूल नै मान्नुपर्छ ।
तेस्रो 'ट्रयाक' मा सूचनाको सुरक्षा र यससम्बन्धी कानुनले अर्थतन्त्रमा पार्न सक्ने प्रभावलाई मनन गर्ने प्रयास गरिएको छ । विद्युतीय कारोबार 'इकमर्स' बाट 'एमकमर्सतिर लाग्दै गर्दा 'इरूपी', 'भच्र्युल करेन्सी' र प्लास्टिक कार्डहरूको बिगबिगीमा सूचना अनि कारोबारको सुरक्षा अनि यससम्बन्धी बनेका कानुनहरू उपयुक्त र पर्याप्त छन्/छैनन् विवेचना गरी त्यसलाईर् समयसापेक्ष पार्न सुझावहरूसमेत यस बहसबाट निस्कने आशा गर्न सकिन्छ ।
त्यसैगरी विद्युतीय शासनको भविष्य' विषय चौथो 'ट्रयाक' ले सरकारको सुशासन हेतु भविष्यमा अवलम्बन गर्न सक्ने शासनका इकाई र त्यसलाई विद्युतीय रूपमा दिन सक्ने सेवाहरूको विस्तृत बहस हुनेछ । सरकारको पारदर्शिता, सुलभता र सामान्यजनको जीवनमा पर्न सक्ने प्रभाव यस विद्युतीय सुशासनको भविष्यका रूपमा लिने गरिन्छ । सम्मेलनमा निजी सरकारी बहसको रूपमा पनि यो विषयलाई अघि सारिएको हो ।
मानवको नैसर्गिक अधिकारका रूपमा रहेको सुस्वास्थ्यलाई प्राप्त गर्न आजको सूचना तथा सञ्चार प्रविधिको उपयोगबाट कसरी सम्भव हुन सक्छ भन्ने यो 'इस्वास्थ्य' भन्ने पााचौं 'ट्रयाक' को प्रयास रहनेछ । 'सबैका लागि स्वास्थ्य' भन्ने नारालाई नारामा मात्र सीमित नराखी अभिभारामा समेत ल्याउन यस परिचर्चाले अहं भूमिका खेल्नेछ भन्ने विश्वास लिन सकिन्छ ।
त्यसैगरी छैठौं 'ट्रयाक' मा सूचना तथा सञ्चार प्रविधिका ज्यावलहरू अनि यसलाई ज्यावलका रूपमा प्रयोग गरी विभिन्न किसिमका परिकल्पना सपनाहरूलाई साकार बनाइन्छ । कार्टुन उद्योग, कम्प्युटर गेम उद्योग, फिल्म उद्योग हिजोआज यसै किसिमको 'एनिमेसन' को सहारामा फस्टाएको छ । यसै प्रसंगमा यो 'परिकल्पना' लाई 'इनोभेसन' र 'क्रिएटिभिटी' को प्रस्फुटनका रूपमा पनि लिइन्छ । यो 'ट्रयाक' त्यसैले पनि समय सान्दर्भिक हुनेछ भन्दा अत्युक्ति नहोला ।
सातौं 'ट्रयाकका रूपमा सञ्चारको सञ्जालमाथि बहस हुनेछ । आजको जेलिएको सूचना सञ्जालले भूगोललाई नै एउटा सानो गाउामा रूपान्तरण
गरिदिएको छ । मान्छेहरू 'सिटिजन' बाट नेटिजन' मा परिवर्तन हुादै छन् । यसै सञ्जालमाथि केन्दि्रत रही यो ट्रयाकमा छलफल हुनेछ ।
विद्युतीय व्यापार अनि यसको अभिवृद्धि विषयलाई आठौं 'ट्रयाक' का रूपमा अगाडि राखिएको छ । विद्युतीय व्यापारका असीमित सम्भावना र यसमा हुन सक्ने अपवादहरूसमेत यस बहसमा समेटिनेछ । दिन परदिन वृद्धि भइरहेको विद्युतीय व्यापारले सरकार र व्यापारी, व्यापारी र व्यापारी अनि व्यापारी र उपभोक्ताबीचको अन्तरसम्बन्धलाई समेत समेट्नेछ । यसबाट उपभोक्तामा देखिने व्यावहारिक परिवर्तनलाई समेत ग्रसित गर्ने जमर्को गरिनेछ ।
अन्तिम 'ट्रयाक' का रूपमा सरकारसाग भएको सूचना तथा सञ्चार प्रविधि संरचनाको व्यवस्थापन कसरी र कसले गर्नुपर्छर् अनि ती संरचनालाई निजी क्षेत्रलाई समेत कसरी उपभोग गर्न दिन सकिन्छ भन्ने समयसापेक्ष बहस चलाइनेछ ।
क्यान इन्फोटेकजस्ता उपभोक्ता मेलामा विद्वान्हरूको प्रस्तुति अनि बहस विवेचना हुने यो सम्मेलन र कम्प्युटर एसोसिएसन अफ नेपालको सत्प्रयास नै हो भनेर मान्नुपर्छ ।
(लेखक कम्प्युटर एसोसिएसन अफ नेपाल(-क्यान) का पूर्वअध्यक्ष हुन्)
प्रकाशित मिति: २०६६ माघ २ १०:२२

















तपाईंको प्रतिकृया