मुख्य समाचार»
सुजाता-आरजु रणनीतिक गठबन्धन
तत्कालीन प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाले २०५१ भदौ ३१ गते दी इन्डिपेन्डेन्टलाई दिएको अन्तर्वार्तामा आफ्नी छोरी सुजाताका बारेमा भनेका थिए, "सुजाता राजनीतिक व्यक्ति नै होइनन्, उनीभन्दा समर्पित कार्यकर्ता कांग्रेसमा धेरै छन् ।" तर, त्यसको १५ वर्षपछि छोरीलाई स्थापित गराउने एकसूत्रीय एजेन्डामा अघि बढेका कोइरालाले लामो समयदेखि आफ्ना विरोधीका रूपमा देखिएका नेता शेरबहादुर देउवालाई सहयोगी बनाउन खोजेका छन् ।
त्यसैको परण्िााम हो, एकअर्काको नामै सुन्न नरुचाउने देउवापत्नी आरजु र कोइरालापुत्री सुजाताबीचको सम्बन्ध पनि अहिले एकाएक नजिकिएको छ । "तर, यो सहज नभई गठबन्धन सम्बन्ध मात्र हो र यो त्यतिमै सीमित पनि छ," एक कांग्रेस केन्द्रीय सदस्य भन्छन् । सुजातालाई सरकारमा पार्टीका तर्फबाट नेतृत्व गरेर पठाउने र संसदीय दलको निर्वाचनमा सभापति कोइरालाले देउवालाई सघाउने गठबन्धनकै बीच आरजु-सुजाता सम्बन्ध पनि नजिकिएको मानिन्छ । यद्यपि, यो सम्बन्ध कहिले नजिकिने र कहिले टाढिने भइरहन्छ । यसमा गिरजिाप्रसादको शेषपछि सुजातालाई 'माइनस' नगर्ने भन्ने देउवाको वचनबद्धताले पनि भूमिका निर्वाह गरेको जानकारहरूको भनाइ छ ।
असार २० गते देउवा निवास, बूढानीलकण्ठमा आयोजित चियापानमा बाबुसँगै सुजाता पनि उपस्िथत थिइन् । देउवा निवासमा आयोजित समारोहहरूमा नजाने सुजाताको पुरानो शैलीको त्यो क्रमभंगता थियो । तर, चियापानमा पनि आरजु र सुजाताबीच देखादेख मात्र भएको थियो । दुवैले औपचारकिता निभाउनु पनि जरुरी सम्झेनन् । जबकि, गिरजिाप्रसादले देउवा दम्पतीसँग बसेर फोटो नै खिचाए । अझ जब पार्टीका तर्फबाट सरकारमा नेतृत्व गरेर जाने कुराको चौतर्फी विरोध भयो, सुजाता आफैँ देउवा निवास पुगिन् र सहयोगको याचना गरनि् । यो अर्कै कुरा हो कि संसदीय दलको निर्वाचनमा कोइराला-देउवा गठबन्धन असफल भयो ।
छोरीको सहयोगीको खोजीमा भौँतारएिका कोइराला देउवा दम्पतीसँग कति नजिकिएका छन् भने गत जेठ २१ मा कांग्रेसका तर्फबाट सरकारमा पठाइने मन्त्रीहरूमा उनले आरजुको नाम पनि प्रस्ताव गरेका थिए । तर, देउवाले अस्वीकार गरेपछि रोकियो । यहीबीचमा नयाँबानेश्वरस्िथत होटल एभरेस्टमा कांग्रेसको संविधान मस्यौदा सुझाव समितिले आयोजना गरेको अन्तरक्रियामा कोइरालाले आरजुको सार्वजनिक रूपमै प्रशंसा मात्र गरेनन्, पार्टीमा भावनात्मक एकताका लागि आफ्नो प्रतिनिधि भएर काम गर्न ठट्यौली आग्रह पनि गरे । त्यो आग्रहमा फुटेर गाँसिएको पार्टीमा भावनात्मक एकताको कुरा कम र आरजु-सुजाता सम्बन्धको तीतो विगत अन्त्यको आग्रह बढी भएको बुझ्न कठिन छैन । त्यसो त संविधानसभा निर्वाचनअघि राजधानीको शंखपार्कमा आयोजित नेपाल महिला संघको वनभोज कार्यक्रममा आरजु संविधानसभामा आउनुपर्ने सार्वजनिक आग्रह कोइरालाले गरसिकेका थिए । कोइरालाको 'गि्रन सिग्नल' पाएका शेरबहादुरले गृहजिल्ला डडेल्धुराबाट आरजुलाई उम्मेदवार बनाउने प्रयास पनि नगरेका होइनन् तर त्यो सफल हुन सकेन । आरजुलाई अघि सार्ने कोइरालाको मनसायका पछाडि छोरी सुजातालाई अघि बढाउने निहित स्वार्थ लुकेको बुझ्न गाह्रो छैन ।
तीतो विगत
संविधानसभा निर्वाचनअघि दुई कांग्रेसबीचको एकता महासमिति बैठकस्थल कांग्रेस मुख्यालय सानेपामा आरजु र सुजाता दुवै उपस्िथत थिए । आरजु पार्टी कार्यालयपरसिर पुग्नासाथ महासमिति सदस्यहरूको भीड उनको वरपिर िझुरुप्प भेला भयो । कांग्रेस प्रजातान्त्रिकका महासमिति सदस्यहरू आरजुको नजिक पुग्नु त स्वाभाविकै थियो, संस्थापन पक्षका सदस्य पनि उनका कुरा सुन्न एकत्रित भए । परसिरमै रहेकी सुजाता भने तुलनात्मक रूपमा निकै सानो समूहमा थिइन् । त्यतिबेला उनको छटपटी आक्रोशका रूपमा पोखियो र उनले त्यसको 'काउन्टर'मा आफ्ना पक्षका सदस्यहरूलाई आफू नजिक ल्याउन सहयोगीलाई आदेश दिइन् । सहयोगी हर िढुंगानाले केही सदस्यलाई सुजाताको नजिक पुर्याएपछि उनी सामान्य देखिइन् । दुईबीचको सम्बन्धमा दरार रहेको यो एक उदाहरण हो । त्यति मात्रै होइन, राष्ट्रपतिको निर्वाचनका दिन सभासद् नरहेकी सुजाता मण्डीखाटारस्िथत निवासमै बसेर टेलिभिजनबाट निर्वाचनको प्रत्यक्ष प्रसारण हेररिहेकी थिइन् । जब समानुपातिकतर्फबाट सभासद् रहेकी आरजुलाई टेलिभिजनहरूले 'फोकस' गरे, उनलाई असह्य भयो र सहयोगीलाई टीभी बन्द गर्न आदेश दिइन् ।
संविधानसभापछि माओवादीले सत्तारोहण गर्नुअघि शेरबहादुरले सुजातालाई घरमा खानाका लागि निम्तो दिएका थिए । त्यहाँ मीनेन्द्र रजिाल, प्रकाशशरण महत, रमेश लेखकलगायतका कांग्रेस नेताहरू पनि थिए । त्यहाँ पनि सुजाता र आरजुको व्यवहार औपचारकितामा सीमित देखियो । दुवै संलग्न सामाजिक सेवा, राजनीति र परविार कुनै क्षेत्रका बारेमा पनि दुईबीच कहिल्यै कुरा नहुने र भेटघाटहरूमा सामान्य औपचारकिता मात्र निर्वाह गर्ने पुरानै शैलीको त्यो निरन्तरता थियो ।
०४६ को परविर्तन र खासगरी कांग्रेसको सत्तारोहणसँगै राजनीतिक वृत्तमा देखिन थालेको आरजु-सुजाता सम्बन्धको विगत कतिसम्म तीतो छ भने करबि डेढ दशकको यात्रामा उनीहरू कहीँकतै कुनै मुद्दामा पनि एउटै मञ्चमा देखिएका छैनन् ।
आरजुको भनाइ अनुसार, यसबीचमा उनीहरूको भेटघाट आधा दर्जनपटकभन्दा बढी भएको छैन । "उनीहरूको सम्बन्ध हार्दिक छैन भन्ने यसले पनि देखाउँछ," कांग्रेसका एक युवा नेता भन्छन् । जबकि, कांग्रेसका अन्य महिला नेतृहरू कमला पन्त, उमा अधिकारी, मीना पाण्डेलगायतसँग दुवैले अलग-अलग तर प्रशस्तै मञ्च साटेका छन् ।
सुजाताका विरुद्धमा कुरा गर्दै आफूकहाँ आउनेहरू प्रशस्तै भएको बताउने आरजु भन्छिन्, "तर, मलाई नकारात्मक कुरा सुनेर समय बर्बाद गर्ने फुर्सद नै छैन ।" आफ्नो काम लिन एकलाई अर्काका भ्रामक कुरा सुनाउने प्रवृत्तिले पनि सम्बन्धमा समस्या पैदा भएको हुनसक्ने उनको अनुमान छ ।
समानता, असमानता
भारतको चण्डीगढ विश्वविद्यालयबाट मनोविज्ञानमा विद्यावारििध गरेकी छन्, आरजुले । उनले आर्जन गरेको शिक्षा नै उनको बृहत् अन्तर्राष्ट्रिय सम्बन्धको एक आयाम हो । तर, निकटवर्तीहरूका अनुसार, सुजाताको अध्ययन भने इन्टरमिडियटसम्मको मात्र हो, जसले उनलाई आरजुको जस्तो साथ दिएको छैन ।
राजनीतिक इतिहास बोकेको परविारकी सन्तान भए पनि बाबु गिरजिाप्रसादले प्रधानमन्त्रीको पद नसम्हालुन्जेल सुजाता नेपाली राजनीतिको सहयात्री थिइनन् । जर्मनीमा वैवाहिक जीवन बिताइरहेकी यिनी जब नेपाल प्रवेश गरनि्, बाबुकै राजनीतिको बलमा विवादहरूबीच चर्चामा रहिन् । यस्तै, तत्कालीन गृहमन्त्री शेरबहादुर देउवासँग विवाह गर्नुअघिसम्म विदेशतिरै अध्ययन र जागिरे जीवन बिताइरहेकी आरजु पनि श्रीमान्कै राजनीतिको बलमा कांग्रेस प्रवेश गरेकी हुन् । तर, दुईमा एउटा असमानताचाहिँ के छ भने विदेशमा रहेकी आरजु विवाह गरेर स्वदेश फर्किन् र सामाजिक क्षेत्र हुँदै राजनीतिमा प्रवेश गरनि् । सुजाता भने विवाह गरेर विदेशतिर लागिन्, बाबु प्रधानमन्त्री भएका बेला राजनीति गर्नकै लागि स्वदेश फर्किन् र सामाजिक कार्य र राजनीतिमा संलग्न भइन् । दुवैको एउटै समानता देखिन्छ, उनीहरू बाबु र श्रीमान्को उत्तराधिकारमा पाएको राजनीति गररिहेका छन् ।
बाबु र श्रीमान्का कारणले राजनीतिक वृत्तमा चर्चामा रहे पनि निकै पछिसम्म दुवैले राजनीतिमा संलग्न नहुने बताउँदै आएका थिए । तर, त्यसमा यिनीहरू धेरै दिन अड्न सकेनन् । दुवै आफूले सञ्चालन गर्ने गैरसरकारी संस्था र दाताको पैसाको सञ्जाललाई आधार बनाएर राजनीतिमा आएको बुझाइ कांग्रेसवृत्तमा छ । रमाइलो के भने राजनीतिमा आउनेहरू पहिले गैरसरकारी संस्थामा आबद्ध हुने गरेका छैनन् । जब राजनीतिबाट वितृष्णा जाग्छ, तब मात्र गैरसरकारी संस्था राजनीतिकर्मीका लागि सहारा बन्ने गर्छ । तर, आरजु-सुजाता दुवैले त्यसविपरीतको बाटो लिएका छन् । अझ राजनीति गर्दागर्दै गैरसरकारी संस्थाहरूको सञ्चालन पनि गर्न भ्याएका छन् ।
आरजु देशकै सम्भ्रान्त राणा परविारमा र राजनीतिक इतिहासमा कहलिएको कोइराला परविारमा सुजाता जन्मेहुर्केका हुन् । दुवैको राजनीतिक आधारक्षेत्र वर्गीय ढंगले केही फरक छ । अभिजात्य वर्ग र विदेशीहरूसँग आरजुको उठबस बढी छ । सुजाताको उठबस पनि बढी यस्तै वर्गसँग देखिन्छ । सुजातामा कांग्रेसको नेतृत्व गर्ने तीव्र महत्त्वाकांक्षा सतहमै देखिन्छ भने आरजुमा पनि त्यस्तो महत्त्वाकांक्षा अन्तरहृदयमा रहेको बुझ्न सकिन्छ । तर, अहिलेको परदिृश्यमा सुजाता आफैँ बाबुको उत्तराधिकारीका रूपमा कांग्रेसको नेतृत्व लिन अग्रसर भइरहेकी छन् भने आरजु प्रजातन्त्रका लागि संघर्ष, जेलनेल, इतिहास र क्षमता हेरेर पार्टीको नेतृत्व आफ्ना श्रीमान् शेरबहादुरले गर्न पाउनुपर्ने धारणा राख्छिन् ।
कांग्रेसको इतिहास हेर्ने हो भने द्वारकिादेवी ठकुरानीदेखि मंगलादेवी सिंह, नोना कोइराला र शैलजा आचार्यसम्मलाई कांग्रेस नेतृका रूपमा पार्टी र कार्यकर्ताले स्वीकारेका थिए । कारण, उनीहरूमा राजनीतिक संस्कार, इतिहास र कांग्रेसी संस्कार थियो । उनीहरू सबै संघर्षबाट खारएिर आएका थिए । जो श्रीमान्को छायाँमा थिए, तिनीहरू पनि २०-३० वर्षसम्म श्रीमान्को राजनीतिमा मन पराएर या नपराएर भिजेर आएका थिए । तर, सुजाता र आरजुको ढंगले कोही पनि छड्के बाटोबाट आएनन् । र, उनीहरूको जस्तो पार्टीप्रतिको लगाव, कार्यकर्ताको माया तथा अन्तरनिर्भरता सुजाता र आरजुको होइन पनि । यो एउटा महत्त्वपूर्ण विन्दु पनि हो । कांग्रेस केन्द्रीय सदस्य लक्ष्मण घिमिरे भन्छन्, "राजनीतिमा स्वाभाविक ढंगले गएन र छड्के बाटो -फास्ट ट्रयाक) समाउन खोज्यो भने डिरेल्ड भइने सम्भावना बलियो हुन्छ ।" सुजातालाई बाबुले काँध नहालिदिएको भए उनको सहयोगको आधार आफैँ तयार हुने बुझेका केन्द्रीय सदस्य चक्र बाँस्तोला भन्छन्, "कांग्रेसको टाउकोमा थोपरएिको नेतृत्व भन्ने बुझाइले जोसुकैलाई पनि भँड्खालोमा पार्नसक्छ ।"
एकथरीको बुझाइमा शक्तिको दुरूपयोग गर्ने मामिलामा सुजाता आक्रामक छन् आरजुभन्दा । तुलनात्मक रूपमा सुजातामा भन्दा आरजुमा बढी शक्ति थियो । किनभने, सुजाता प्रमकी छोरी मात्र थिइन्, आरजु त पत्नी नै थिइन् । अर्काथरीको बुझाइ फरक छ, गिरजिाप्रसादले छोरीलाई माथि उठाउन खोजेको देखिन्छ तर पूर्ण रूपले शक्तिको दुरूपयोग गर्न दिएको देखिँदैन । बरु जेजति गर्दैछिन्, उनी आफैँले व्यवस्थापन गरेर गिरजिाप्रसादका सीमित अधिकार मात्र प्रयोग गररिहेको देखिन्छ । किनभने, गिरजिाप्रसादले आफूपछिका धेरै शक्तिकेन्द्रहरूलाई सन्तुलित गर्नुपर्ने बाध्यता छ । आरजुले भने देउवाको शक्ति पूर्ण रूपमा प्रयोग गरेको उनीहरूको भनाइ छ ।
यी दुवै प्रभावशाली महिलाको तुलना जसरी गरएि पनि यिनमा एउटा समानता भने प्रस्टै देख्न सकिन्छ । त्यो के हो भने, दुवैमा आफ्ना पिता र पतिको राजनीतिक उत्तराधिकारी हुने चाहना छ । र, त्यसैका लागि सम्भवतः उनीहरूबीच एकअर्कोले थाहा नपाउने गरी प्रतिस्पर्धा पनि भइरहेछ ।
'हाम्रो तटस्थ सम्बन्ध हो’
तपाईं र सुजाता कोइरालाबीचको सम्बन्ध कस्तो छ ?
मैले उहाँलाई जीवनमै चार-पाँचपटक भेटेकी हुँला । त्यस्तो आवतजावत पनि केही छैन । वास्तवमा कांग्रेसभित्र त्यस्तै छ । एकदमै नजिक हुने भन्ने छैन । तटस्थ प्रकारको सम्बन्ध हो हाम्रो । एक त म धेरै व्यस्त छु, सुजाताजीसँग बसेर लन्च, डिनर खाने केही पनि भएन अहिलेसम्म । विवाहपछि उहाँलाई भेटेको हो, पहिलोपटक ।
त्यही भएर दुईबीचको सम्बन्ध राम्रो छैन भन्छन्, हो ?
नराम्रो पनि होइन, राम्रो पनि होइन । तटस्थ सम्बन्ध हो । उहाँ आफ्नै संसारमा, म आफ्नै संसारमा । मभन्दा वरष्िठ नेता पनि हो, उमेरले पनि जेठो होला । भेट्दा राम्रै कुराकानी हुन्छ तर आँखा तरातरको अवस्थाचाहिँ छैन ।
दुवै जना अहिलेसम्म एउटै मञ्चमा किन नदेखिनुभएको ?
कोही हामीलाई बोलाउँदै बोलाउँदैनन् । बोलाए भने म त जान्छु । उहाँलाई पनि खास कार्यक्रमहरूमा मैले बोलाएकी छैन, उहाँले पनि बोलाएको थाहा छैन ।
कति मान्छे मसँग आएर सुजाताजीको कुरा गर्छन् । तर, मेरो कुरा सुन्ने बानी छैन । दुई जनालाई लडाएर फाइदा लिन खोज्नेहरू पनि होलान् । तर, अहिले त्यसरी कुरा गर्दै आउनेहरू कम छन् । किनभने, मैले भनिदिएकी छु, केही काम छ भने सीधा भन्नूस्, होइन भने अर्काको नराम्रो भनेर मलाई नभन्नूस् । म नकारात्मक कुरा गरेर समय बर्बाद गर्न पनि चाहन्नँ ।
प्रसंग बदलौँ, अबको कांग्रेसको नेतृत्व कस्तो हुनुपर्छ ?
एउटा तगडा नेता हुनुपर्छ । किनभने, कांग्रेसको नेता भनेको लोकतान्त्रिक नेताको पहिचान राख्न सक्नुपर्छ । अरू विचारधाराहरूसँगै पार्टीभित्रकै विचारहरूलाई पनि समेटेर लैजान सक्ने क्षमता हुनुपर्छ । अन्तर्राष्ट्रिय रूपमा पनि पत्याउन सक्ने मात्र होइन, भूराजनीति बुझेको नेता हुनुपर्छ ।
त्यस्तो नेता को हुनसक्छ त ?
मेरै श्रीमान् हो नि ! इतिहास छ, पञ्चायतको कठिन समयदेखि राजनीतिमा हुनुहुन्छ । कठिन समयमा, अझ माओवादीको समयमा पनि काम गर्नुभएको छ । संयुक्त सरकार पनि चलाउनुभएको छ । धेरै गुण छ, उहाँमा । भूराजनीति पनि बुझ्नुभएको छ ।
अनि, तपाईंले आफूलाई पार्टीभित्र कसरी अघि बढाइरहनुभएको छ ?
पूर्ण रूपमा राजनीतिमै होमिने भन्ने कुरामा अझै विश्वस्त छैन । किनभने, मसँग राष्ट्रिय/अन्तर्राष्ट्रिय धेरै विकल्पहरू छन् । धेरै संघसंस्थामा आबद्ध पनि छु । समाजसेवा र अरूलाई सहयोग गर्ने मेरो इच्छा नै हो । यसै पनि थुप्रै जिल्लाहरूमा म काम गररिहेकै छु । यसलाई राजनीतिक 'करअिर'कै रूपमा विकास गर्नुपर्छ भन्ने छैन । पूर्ण रूपमा राजनीतिक वातावरणमा कति उपयुक्त छु कि छैन भन्ने कुरामा मेरो अझै आफैँसँग प्रश्न छ ।
























