महिलालाई आफ्नैबाट असुरक्षा
काम गर्दै उच्च शिक्षा पढेकी उनले विवाह गर्ने निर्णय गरिन् । एक वर्षअघि आफ्नै प्रेमीसँग वैवाहिक सम्बन्धमा गाँसिएकी थिइन् उनी । विवाह गरेपछि उनमा पश्चात्ताप बढ्दै गयो । कक्षा १२ सम्म गाउँमै पढेर एक दशकअघि काठमाडौं छिरेकी उनले एक निजी संस्थामा जागिर र पढाइलाई सँगसँगै अघि बढाएकी थिइन् ।