इलामका मतदाता भन्छन्, ‘३३ वर्षमा नभएको काम ३ वर्षमा के नै पो होला र ? ’
उपनिर्वाचनको प्रचारप्रसारमा उम्मेदवारहरू हुलका हुल कार्यकर्ताको लस्कर लिएर गाउँ, चोक र चौतारातिर पुग्न थाले पनि इलामको देउमाइ नगरपालिका–१ चमैताका कुमार गुरुङलाई चुनावले खासै छोएको छैन । आफ्नो घरखेतको बाटो भएर आउजाउ गर्ने उम्मेदवार र तिनका प्रतिनिधि विकास निर्माण र अधुरा योजनालाई पूर्णता दिने सपना सुनाउँछन् ।