स्याउ फुलेर सेताम्मे मुस्ताङ
चर्चित पर्यटकीय गन्तव्य मुस्ताङ यतिबेला स्याउ फुलेर सेताम्मे भएको छ । पयर्टकहरू यतिबेला हिमशृंखला र मुस्ताङको भूदृश्यका साथै स्याउ–बगैंचा हेरेर रमाइरहेका छन् ।
चर्चित पर्यटकीय गन्तव्य मुस्ताङ यतिबेला स्याउ फुलेर सेताम्मे भएको छ । पयर्टकहरू यतिबेला हिमशृंखला र मुस्ताङको भूदृश्यका साथै स्याउ–बगैंचा हेरेर रमाइरहेका छन् ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले २०७९ सालको चुनावमा गोरखा-२ बाट उम्मेदवार नबनेर पुष्पकमल दाहाललाई छोड्नु आफ्नो गम्भीर गल्ली भएको बताएका छन् ।भट्टराईले सत्ता स्वार्थका लागि दाहालले जनयुद्धका त्याग र बलिदानमाथि खेलबाड गरेको आरोप लगाएका छन् ।
लामो समयदेखि अमेरिकी सरकार र चिनियाँ स्ट्रिमिङ एप टिकटकबीच चल्दै आएको सवाल-जवाफ र माथापच्चीका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार एक कानुनमा हस्ताक्षर गरेका छन् जसले कालान्तरमा सो एप अमेरिकामा प्रतिबन्धित हुनसक्छ ।
आठ वर्षकी बालिका । आमाको काखबाट छुटाएर २४ वर्ष जेठो युवकसँग बिहे । घर व्यवहार सिकाउन १७ वर्ष नपुगुञ्जेलका लागि फेरि माइतीमै फिर्ता । यही दौरान उनका पतिको भने नदी तर्ने क्रममा निधन हुन्छ । अनि सुरु हुन्छ, नाबालिग विधवाको दुर्दशा । घरभित्रै ससुराद्वारा बारम्बार बलात्कृत हुन्छिन् उनी ।
गीतकार हर्क साउदले आठ वर्षअघि लेखेको ‘सुन साइँली...’ बोलको गीत उनको जीवनकै पहिलो रचना हो । त्यसयता उनले ३२ गीत रचना गरिसकेका छन् । अधिकांश ‘हिट’ त कुनै ‘सुपर–हिट’ भएका छन् भने कुनै ‘सुपर–डुप्पर’ पनि बनेका छन् । पार्श्व संगीतदेखि गीत लेखनमा व्यस्त हर्कले ‘सुन साइँली...’ पछि पछाडि फर्केर हेर्नुपरेको छैन ।
‘गोर्खाल्याण्ड’ आन्दोलनको आगो सल्किँदै–निभ्दै गर्ने मेचीपारिको नेपालीभाषी बाहुल्य भारतीय भूमि दार्जिलिङ अचेल शान्त छ । सन् २०१७ मा अन्तिमपटक निभेको गोर्खाल्याण्डको आगो पुनः नसल्किए पनि राजनीतिक प्रतिस्पर्धा भने तीब्र छ ।
धितोपत्र बोर्ड (सेबोन) को अधिकार क्षेत्रभित्र रहँदै आएको भित्री कारोबार, झूटो वा कृत्रिम कारोबार, जालसाजीलगायत मुद्दाको अनुसन्धान अब प्रहरीले गर्ने भएको छ । धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०३ लाई संशोधन गरेर सरकारले उल्लिखित विषयमा अनुसन्धान तथा कारबाही गर्ने अधिकार प्रहरीलाई दिएको हो । संशोधित व्यवस्था राजपत्रमा प्रकाशित भई ऐनको रूपमा कार्यान्वयनमा आइसकेको छ ।
सार्वजनिक पद धारण गरेका कुनै पनि व्यक्तिमाथि भ्रष्टाचार मुद्दा दायर भएमात्रै पनि स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ । तर, विशेष अदालतबाट भ्रष्टाचारी ठहर हुँदा पनि कांग्रेस सांसद टेकबहादुर गुरुङ पदमा पुनर्बहाल भएका छन् । निलम्बन फुकुवा गर्न आदेश दिएको सर्वोच्च अदालतले पूर्णपाठ नआउँदै संसद्लाई पत्राचार गरेर पद फुकुवा गराइदिएको छ ।
कक्षा १२ को शुक्रबार सुरु हुने परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थी छन् । बाँकी भने ग्रेडवृद्धितर्फका विद्यार्थी हुन् ।