१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मुस्ताङको मार्फाखोलामा बाढी, बेनी-जोमसोम यातायात अवरुद्ध

मुस्ताङको घरपझोङ गाउँपालिका–३ मार्फामा पर्ने राजखोला (मार्फाखोला)मा बिहीबार दिउँसो अचानक बाढी आउँदा यातायात अवरुद्ध भएको छ । धौलागिरि दोस्रो र टुक्चेचुली हिमालको बीचमा पर्ने धम्पुसचुली हिमाल फेदमा पर्ने काशीघन क्षेत्रमा रहेको हिउँ दिउँसोको चर्को घामले पग्लदा ठाडो खहरेखोलामा बाढी आएको हो ।

सरकारले तोक्यो चैते धानको मूल्य

सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ७ रुपैयाँ २८ पैसा तोकेको हो ।

वाग्मतीमा हानेपासहित ४ सत्तारुढ दलबीच ५ बुँदे सहमति

वाग्मती प्रदेशका सत्तारुढ दलबीच ५ बुँदे सहमति भएको छ । सत्तारुढ नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एस) र हाम्रो नेपाली पार्टी (हानेपा) बीच प्रदेश सरकार गठनका विषयमा बिहीबार साँझ सहमति भएको हो ।

कर्णाली पुलबाट हाम फालेर बेपत्ता युवकको शव फेला 

कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर सोमबार बेपत्ता भएका लोकेन्द्र शाही बिहीबार मृत अवस्थामा भेटिएका छन् । टिकापुर नगरपालिका २ सनकट्टी घाटमा उनको शव फेला परेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

वाग्मतीमा सरकार विस्तार, हानेपाका बज्राचार्य बने पर्यटनमन्त्री

वाग्मती प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले २ सिट रहेको हाम्रो नेपाली पार्टी (हानेपा)लाई बिहीबार साँझ सरकारमा सहभागी गराएका हुन् ।

दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष झा र खनालसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा खरिद अनियमिततामा १९ जना र २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

इलाम-२ मा रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार बनाउने

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले इलाम-२ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मिलन लिम्बुलाई उम्मेदवार बनाउने भएको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले इलाम-२ मा लिम्बुसहित ६ जनाले उम्मेदवार बन्ने आकांक्षा देखाए पनि बाँकी ५ जनाले लिम्बुलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

गण्डकीमा ४१ हजार विद्यार्थीले दिए एसईई, किरियापुत्री पनि सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यस वर्ष गण्डकी प्रदेशबाट ४१ हजार २ सय ३६ विद्यार्थी सहभागी भएका छन् । जसमा नियमिततर्फ ३९ हजार ४२ जना परीक्षार्थी छन् । त्यस्तै, प्राविधिकधारतर्फ १ हजार ३ सय ९० र अन्य ग्रेड वृद्धितर्फका रहेका छन् ।

त्रिनगर नाकामा २ सातामा ३८ जनामा देखियो कोरोना संक्रमण 

भारत सीमानाका त्रिनगरस्थित हेल्थ डेस्कमा गरिएको  परीक्षणमा चैत महिनादेखि दिनहुँजसो कोरोना संक्रमितको संख्या बढन थालेको देखिएको छ । चैतको दोस्रो साता बुधबारसम्म संक्रमितको संख्या ३८ पुगेको छ । संक्रमितहरूमध्ये अधिकांशमा सामान्य खालको रुघाखोकी र ज्वरोको लक्षण मात्र देखा परेको हेल्थ डेस्कका स्वास्थकर्मीहरूले जानकारी दिएका हुन् ।

एमाले अध्यक्ष ओली भन्छन् : देशभर नै लालकिल्ला बनाउनुपर्छ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको ११ औं अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले देशभर नै लालकिल्ला बनाउनुपर्ने बताएका हुन् ।

'मन्त्री फेरि, भीसी फेरिए तर उत्तर पुस्तिका हराउने चलन फेरिएन' 

नेपाल विद्यार्थी संघले मन्त्री, उपकूलपति फेरिए पनि त्रिभुवन विश्वविद्यालयको बेथिति नहटेको भन्दै प्रदर्शन गरेको छ । बिहीबार नेविसंघले त्रिवि उपकूलपति कार्यालय परिसरमा प्लेकार्डसहित प्रदर्शन गरेको हो । विद्यार्थीहरूले 'मन्त्री फेरि, भीसी फेरिए तर उत्तर पुस्तिका हराउने चलन फेरिएन' भन्ने प्लेकार्डसहित प्रदर्शन गरेका थिए । 

समानीकरण अनुदान घट्दैन, बढाउँदै लैजान्छौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले वित्तीय समानीकरण अनुदान घटाउने पक्षमा सरकार नरहेको बताएका छन् । प्रदेश र स्थानीय सरकारले संघीय सरकारले सो अनुदान घटाउने आशंका गरिरहेका बेला प्रधानमन्त्री दाहालले सो स्पष्टीकरण दिएका हुन् । 

‘चिमाल’ले रंगियो हिमाली वन 

चैत लागेसँगै हिमाली क्षेत्रका वन गुराँसका प्रजाति (चिमाल) ले रंगीन बनेका छन् । समुन्द्री सतहबाट २ हजार १ सय मिटरदेखि ३ हजार ५ सय मिटरसम्म फुल्ने चिमालले जेठसम्मै वन ढाकिने गर्छन् । जिल्लाको जिरी, कालिञ्चोक, शैलुङ, भीमेश्वर नगरपालिका…–९ लाँकुरीडाँडाको डाँङडुङेलगायतका वनमा अहिले विभिन्न प्रजातिका गुराँस फुलेका छन् ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
धनकुटामा ट्रक चालकको मृत्यु

धनकुटामा ट्रक चालकको मृत्यु

रमेशचन्द्र अधिकारी

धनकुटा नगरपालिका ६ स्थित कोललस्टोरमा बिहीबार दिउँसो पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहको लहान गोलबजार घर भई हाल धनकुटा ९ गुठीटार बस्ने ३० वर्षीय निरज ठकुरी रहेको प्रहरीले जनाएको छ । ठकुरीको घटनास्थलमा नै मृत्यु भएको हो । 

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

रासस

झापाको शिवसताक्षी नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् । 

चखेवामा महोत्सव आयोजना गरिने

चखेवामा महोत्सव आयोजना गरिने

डम्बरसिंह राई

खोटाङ र भोजपुरको सिमानामा रहेको पर्यटकीयस्थल चखेवामा नयाँ वर्षको अवसरमा महोत्सव आयोजना गरिने भएको छ । टेम्केमैयु गाउँपालिकाको सहयोगमा चखेवा बजार तथा सहरीकरण व्यवस्थापन समितिको आयोजनामा वैशाख १ देखि ३ गतेसम्म कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना गरिने भएको हो ।

मेची तरेर नेपाल आउन खोज्दा बंगलादेशीसहित दुई जना पक्राउ

मेची तरेर नेपाल आउन खोज्दा बंगलादेशीसहित दुई जना पक्राउ

कान्तिपुर संवाददाता

मेची नदी तरेर अवैध रुपमा नेपाल प्रवेश गर्न लागेका एक बंगलादेशी नागरिकलाई भारतीय अर्ध सैनिन बल (एसएसबी)ले मंगलबार पक्राउ गरेको छ । 

कोशीमा कृषि मूल्य सूचना प्रणाली सञ्चालन

कोशीमा कृषि मूल्य सूचना प्रणाली सञ्चालन

कान्तिपुर संवाददाता

किसानलाई कृषि उपजको मूल्यसम्बन्धी सूचना उपलब्ध गराउने उद्देश्यले कोशी प्रदेश सरकारले कृषि सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले बुधबार कृषि मूल्य सूचना प्रणाली सार्वजनिक गर्दै त्यसको सुरुवात भएको घोषणा गरे ।

बाँसबाट आकर्षक सामग्री बनाउने तालिम

बाँसबाट आकर्षक सामग्री बनाउने तालिम

डम्बरसिंह राई

जन्तेढुङ्गा गाउँपालिकाले बाँसबाट विभिन्न सामग्री बनाउने तालिम दिएको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष एक लाख रूपैयाँको लागतमा उक्त तालिम दिइएको हो ।

कोशी बाट थप
रौतहटमा श्रीमान्‌द्वारा श्रीमतीको हत्या 

रौतहटमा श्रीमान्‌द्वारा श्रीमतीको हत्या 

शिव पुरी

रौतहटको वृन्दावन नगरपालिका १ मा बुधबार घरायसी झगडाका कारण श्रीमान्‌ले श्रीमतिको हत्या गरेको छ । 

पुलमा मोटरसाइकल ठोक्किँदा १ को मृत्यु, १ सख्त घाइते

पुलमा मोटरसाइकल ठोक्किँदा १ को मृत्यु, १ सख्त घाइते

अवधेशकुमार झा

सप्तरीमा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । १ जना सख्त घाइते भएका छन् ।  अग्नीसाइर कृष्णासवरण गाउँपालिका ४ बनौलीस्थित भित्री सडक खण्डमा राजविराजबाट कंचनपुरतर्फ जाँदै गरेको प्र २–०१–००१ प ४९१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको पिलरमा ठोक्किएको हो ।

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सन्तोष सिंह

जनकपुर–ढल्केवर सडक खण्डको लक्ष्मीनियामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जनकपुरधाममा आज होली मनाइँदै

जनकपुरधाममा आज होली मनाइँदै

सन्तोष सिंह

जनकपुरधाममा मंगलबार होली मनाइँदै छ ।  मिथिला मध्यमा परिक्रमाको अन्तिम दिन पञ्चकोशी अन्तरगृह परिक्रमा घुमेको भोलिपल्ट  मिथिलाञ्चल क्षेत्रमा होली मनाउने परम्परा छ ।

धनुषामा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा १ को मृत्यु, १ जना सख्त घाइते

धनुषामा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा १ को मृत्यु, १ जना सख्त घाइते

सन्तोष सिंह

जनकपुर-ढल्केबर सडक खण्डमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । 

मधेश प्रदेशसभाका सभामुख मण्डललाई महामूर्खको सम्मान

मधेश प्रदेशसभाका सभामुख मण्डललाई महामूर्खको सम्मान

सन्तोष सिंह

जनकपुरधाममा मिथिला नाटयकला परिषद् (मिनाप)ले यस वर्ष महामूर्खको उपाधि मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डललाई प्रदान गरेको छ ।

मधेस बाट थप
निर्माण व्यवसायी महासंघको साधारणसभा हेटौंडामा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

निर्माण व्यवसायी महासंघको साधारणसभा हेटौंडामा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

सुवास विडारी

निर्माण व्यवसायी महासंघको साधारणसभा हेटौंडामा हुन भएको छ । हेटौंडामा शुक्रबार र शनिबार सञ्चालन हुने महासंघको २५ औं वार्षिक साधारणसभाको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

वाग्मतीमा सरकार विस्तार, हानेपाका बज्राचार्य बने पर्यटनमन्त्री

वाग्मतीमा सरकार विस्तार, हानेपाका बज्राचार्य बने पर्यटनमन्त्री

सुवास विडारी

वाग्मती प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले २ सिट रहेको हाम्रो नेपाली पार्टी (हानेपा)लाई बिहीबार साँझ सरकारमा सहभागी गराएका हुन् ।

वाग्मतीमा हानेपासहित ४ सत्तारुढ दलबीच ५ बुँदे सहमति

वाग्मतीमा हानेपासहित ४ सत्तारुढ दलबीच ५ बुँदे सहमति

सुवास विडारी

वाग्मती प्रदेशका सत्तारुढ दलबीच ५ बुँदे सहमति भएको छ । सत्तारुढ नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एस) र हाम्रो नेपाली पार्टी (हानेपा) बीच प्रदेश सरकार गठनका विषयमा बिहीबार साँझ सहमति भएको हो ।

वाग्मतीमा हानेपाबाट बज्राचार्य मन्त्री बन्दै, मुख्यमन्त्री जम्कट्टेलको संकट टर्‍यो

वाग्मतीमा हानेपाबाट बज्राचार्य मन्त्री बन्दै, मुख्यमन्त्री जम्कट्टेलको संकट टर्‍यो

सुवास विडारी

वाग्मती प्रदेशमा सत्ता संकट तत्कालका लागि टर्ने भएको छ । २ सिट रहेको हाम्रो नेपाली पार्टी (हानेपा)लाई सरकारमा सहभागी हुने निश्चित भएसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सत्ता संकट तत्काललाई टरेको हो । स्रोतका अनुसार हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले बिहीबार साँझ ६:३० बजे संस्कृति पर्यटन तथा सहकारी मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

वृद्धा हत्यामा संलग्न युवा पक्राउ

वृद्धा हत्यामा संलग्न युवा पक्राउ

ज्योती श्रेष्ठ

वृद्धा हत्यामा संलग्न युवकलाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ । पक्राउ पर्ने सुनसरी जिल्लाको धरान उपमहानगरपालिका ८ का २९ वर्षीय अभिषेक आचार्जु रहेका छन् । चैत १३ गते धुलिखेलबाट पक्राउ परेका अभिषेकलाई इलाका प्रहरी कार्यालय बनेपाले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

मनहरीमा प्रधानाध्यापकलाई ‘प्रोत्साहन रकम’

मनहरीमा प्रधानाध्यापकलाई ‘प्रोत्साहन रकम’

सुवास विडारी

मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । पालिकाले प्राथमिक विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गर्दै यसै शैक्षिक सत्रबाट उक्त नियम लागू गर्ने भएको हो ।

वाग्मती बाट थप
गैंडाकोटमा नागरिकता सिफारिस अनलाइनमार्फत 

गैंडाकोटमा नागरिकता सिफारिस अनलाइनमार्फत 

नवीन पौडेल

पुर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाले नागरिकताको प्रमाणपत्र लिन अनलाइनमार्फत सिफारिस दिन सुरु गरेको छ । वडा कार्यालयमा आवश्यक कागजपत्र लिएर गएपछि अनलाइनमार्फत सिफारिस हुने छ ।

विद्यालय भवन उद्घाटन

विद्यालय भवन उद्घाटन

हरिराम उप्रेती

सहिद लखन गाउँपालिका ८ बुंको स्थित रामेश्वरी माध्यमिक विद्यालयको नवनिर्मित चार कोठे भवन उद्घाटन गरिएको छ । 

के हुन्छ गण्डकी सरकार ?

के हुन्छ गण्डकी सरकार ?

प्रतीक्षा काफ्ले

फागुन २३ मा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारले चैत २२ सम्म विश्वासको मत लिइसक्नुपर्ने छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रदेशसभाको अहिलेको जोड–घटाउ अनुसार विश्वासको मत जुटाउन राप्रपालाई फकाउने कोशिषमा छन् ।

एमाले कास्कीमा क्षेत्री विजयी

एमाले कास्कीमा क्षेत्री विजयी

कान्तिपुर संवाददाता

नेकपा (एमाले) जिल्ला कमिटी कास्कीको ११औँ अधिवेशनबाट अध्यक्ष पदमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका छन् ।

मजदुर कुटपिटको विरोधमा गोरखामा सार्वजनिक यातायात बन्द

मजदुर कुटपिटको विरोधमा गोरखामा सार्वजनिक यातायात बन्द

हरिराम उप्रेती

यातायात मजदुर कुटपिटमा संलग्नलाई कारबाहीको माग राख्दै यातायात व्यवसायीले गोरखामा सार्वजनिक यातायात बन्द गरेका छन् ।

किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

प्रकाश बराल

बलात्कार गरी किशोरी गर्भवती बनाएपछि भागेका निसीखोला गाउँपालिका २ का ३० वर्षीय विजय मल्ल पक्राउ परेका छन् । पीडित बालिकाको उजुरीपछि खोजी भइरहेकोमा मल्ललाई बुधबार बिहान भैरहवाबाट पक्राउ गरेको प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए 

गण्डकी बाट थप
पाल्पामा हरेक वर्ष एसईई दिने विद्यार्थीको संख्या घट्दै 

पाल्पामा हरेक वर्ष एसईई दिने विद्यार्थीको संख्या घट्दै 

माधव अर्याल

पाल्पाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीको संख्या हरेक वर्ष घट्दै गएको छ । शिक्षा विकास तथा समन्वय इकाईको पछिल्लो ५ वर्षको तथ्यांकमा जिल्लामा प्रत्येक वर्ष एसईईका परीक्षार्थी घट्दै गएको देखिएको हो । 

दलित ज्ञान उत्सव : समुदायका मुद्दालाई प्राथमिकता दिन जोड

दलित ज्ञान उत्सव : समुदायका मुद्दालाई प्राथमिकता दिन जोड

सन्जु पौडेल

मुलुकमा आमसञ्चारका माध्यममा विविधता देखिए पनि मूलधारका मिडियाले दलित समुदायका मुद्दालाई प्राथमिकता दिन नसकेको सरोकारवाला र सम्बन्धित समुदायका व्यक्तिले औंल्याएका छन् ।

जंगलबाट ५ वटा भरुवा बन्दुक बरामद 

जंगलबाट ५ वटा भरुवा बन्दुक बरामद 

माधव अर्याल

जंगलमा लुकाएको अवस्थामा पाल्पामा ५ वटा भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । गस्तीमा खटिएको टोलीले पाल्पाको रैनादैवी छहरा गाउँपालिका ७ बल्ढेङगढीको ढाबास्थित भोर्लेघाट सामुदायिक वन उपभोक्ता समूहको जंगलबाट एक नाले भरुवा बन्दुक दुई थान फेला परेको छ ।

वृद्धा हत्या अभियोगमा युवक पक्राउ

वृद्धा हत्या अभियोगमा युवक पक्राउ

माधव ढुंगाना

वृद्धालाई कुटपिट गरी हत्या गरेको अभियोगमा रुपन्देही प्रहरीले एक युवालाई पक्राउ गरेको छ । 

चुनढुंगा उत्खननको विषयमा मेयर र वडाध्यक्ष विवाद, नगर कार्यपालिका बैठक स्थगित  

चुनढुंगा उत्खननको विषयमा मेयर र वडाध्यक्ष विवाद, नगर कार्यपालिका बैठक स्थगित  

वीरेन्द्र केसी

अर्घाखाँची भूमिकास्थान नगरपालिका ९ ढिकुराको सान्डेबामा चुनढुंगा उत्खननको विषयमा भएको मेयर र वडाध्यक्ष विवादले नगर कार्यपालिका बैठक स्थगित भएको छ । 

असिना पानीले पश्चिम नवलपरासीमा करोडौंको इँटा नष्ट

असिना पानीले पश्चिम नवलपरासीमा करोडौंको इँटा नष्ट

नवीन पौडेल

पश्चिम नवलपरासीमा आएको असिना र पानीले करिब ४ करोड रुपैयाँबराबरको काँचो इँट्टा नष्ट भएको छ । इँट्टा बनाउने समयमा आएको वर्षाले तयारी अवस्थामा रहेको इँट्टामा क्षति पुर्‍याएपछि व्यवसायी चिन्तित बनेका छन् ।

लुम्बिनी बाट थप
कर्णाली पुलबाट हाम फालेर बेपत्ता युवकको शव फेला 

कर्णाली पुलबाट हाम फालेर बेपत्ता युवकको शव फेला 

अर्जुन शाह

कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर सोमबार बेपत्ता भएका लोकेन्द्र शाही बिहीबार मृत अवस्थामा भेटिएका छन् । टिकापुर नगरपालिका २ सनकट्टी घाटमा उनको शव फेला परेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । 

छिटो पुल निर्माण गर्न भन्दै प्रशासनमा समाजवादी मोर्चाको धर्ना

छिटो पुल निर्माण गर्न भन्दै प्रशासनमा समाजवादी मोर्चाको धर्ना

महेश केसी

मुसीकोट ११ र १२ स्थित पितिबाङ खोलामा विगत ४ वर्षदेखि अलपत्र परेको मोटरेबल पुल छिटो निर्माणको माग गर्दै समाजवादी मोर्चा रुकुम पश्चिमले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।

मुगु सोरुमा जिप दुर्घटना : २ को मृत्यु, ४ जना घाइते 

मुगु सोरुमा जिप दुर्घटना : २ को मृत्यु, ४ जना घाइते 

राजबहादुर शाही

जिल्लाको सोरु गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको भने ४ जना घाइते भएका छन् । 

सिलाई सिक्दै युवती 

सिलाई सिक्दै युवती 

डीबी बुढा

आर्यआर्जनका क्रियाकलापमा महिलाको संलग्नता बढाउन तिला गाउँपालिकामा सिलाइकटाइ तालिम संचालन गरिएको छ । वर्ल्डभिजन इन्टरनेसनलको सहयोग र तिला गाउॅपालिकाको समन्वयमा ३ सय ९० घण्टे सीपमूलक तालिम संचालन भइरहेको हो । तिलाका १८ जना युवती सिलाइकटाइ सिकिरहेका छन् ।

विशेषज्ञ डाक्टर अभावमा अस्पतालका दुई विभाग बन्द 

विशेषज्ञ डाक्टर अभावमा अस्पतालका दुई विभाग बन्द 

ज्योति कटुवाल

सुर्खेतको प्रदेश अस्पतालमा तीन हप्तादेखि दुई विभाग बन्द छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खटाएका विशेषज्ञ न्यूरोसर्जन र मुटुरोग विशेषज्ञ डाक्टर नआएपछि सेवा अवरुद्ध भएको अस्पतालले जनाएको छ ।

घाटगद्दीमै कुहिए सालका गोलिया

घाटगद्दीमै कुहिए सालका गोलिया

विप्लव महर्जन

कालीमाटी गाउँपालिकाभित्रका सामुदायिक वनमा लाखौं रुपैयाँका सालका काठ घाटगद्दी तथा जंगलमा कुहिँदै गएका छन् । सालको काठ निकासी प्रक्रिया जटिल भएको र केही सामुदायिक वनमा विवाद भएकाले घाटगद्दी गरेका काठ कुहिँदै गएका हुन् । गोलिया बनाएर राखेका र ढलापडा रूख सामुदायिक वन तथा सम्बन्धित निकायले बिक्री गर्न नसक्दा लाखौं रुपैयाँको राजस्व खेर गइरहेको छ ।

कर्णाली बाट थप
त्रिनगर नाकामा २ सातामा ३८ जनामा देखियो कोरोना संक्रमण 

त्रिनगर नाकामा २ सातामा ३८ जनामा देखियो कोरोना संक्रमण 

चित्रांग थापा

भारत सीमानाका त्रिनगरस्थित हेल्थ डेस्कमा गरिएको  परीक्षणमा चैत महिनादेखि दिनहुँजसो कोरोना संक्रमितको संख्या बढन थालेको देखिएको छ । चैतको दोस्रो साता बुधबारसम्म संक्रमितको संख्या ३८ पुगेको छ । संक्रमितहरूमध्ये अधिकांशमा सामान्य खालको रुघाखोकी र ज्वरोको लक्षण मात्र देखा परेको हेल्थ डेस्कका स्वास्थकर्मीहरूले जानकारी दिएका हुन् । 

नागरिक उन्मुक्तिमा विवाद बल्झँदै : नेतृत्व फिर्ता बोलाउने, बिनाविभागीय मन्त्रीले जिम्मेवारी लिने

नागरिक उन्मुक्तिमा विवाद बल्झँदै : नेतृत्व फिर्ता बोलाउने, बिनाविभागीय मन्त्रीले जिम्मेवारी लिने

अर्जुन शाह

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कमिटीले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको २४ घण्टा पनि बितेको छैन । तर पार्टीकोसंसदीय दलले केन्द्रीय कमिटीको निर्णयमा विद्रोह गरेको छ ।

एसईई सुरु : सुदूरपश्चिममा गत वर्षभन्दा कम परीक्षार्थी

एसईई सुरु : सुदूरपश्चिममा गत वर्षभन्दा कम परीक्षार्थी

अर्जुन शाह

बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सुदूरपश्चिमबाट ५५ हजार १० जना विद्यार्थी सहभागी भएका छन् । जसमध्ये २७ हजार दुई सय ४४ छात्र र २७ हजार ७ सय ६६ छात्रा सहभागी छन् । 

नागरिक उन्मुक्तिद्वारा सत्ताका लागि दोधारे नीति

नागरिक उन्मुक्तिद्वारा सत्ताका लागि दोधारे नीति

अर्जुन शाह

सुदूरपश्चिममा जुनसुकै समीकरणको सरकार गठनका लागि पनि निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले सत्ताका लागि अस्पष्ट नीति लिएको छ । बुधबार कैलालीको टीकापुरमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बसेको केन्द्रीय कमिटी बैठकले कांग्रेस नेतृत्वको वर्तमान प्रदेश सरकारबाट समर्थन फिर्ता लिने तर तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ । उक्त निर्णयले नवगठित सत्ता समीकरणका प्रदेश स्तरीय नेताहरूलाई समेत रनभुल्ल बनाएको छ । 

नागरिक उन्मुक्ति संसदीय दलका नेता भन्छन् : निर्णय मान्य छैन 

नागरिक उन्मुक्ति संसदीय दलका नेता भन्छन् : निर्णय मान्य छैन 

अर्जुन शाह

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठकले सुदूरपश्चिममा कांग्रेस नेतृत्वको वर्तमान सरकारबाट समर्थन फिर्ता लिने निर्णय सार्वजनिक गरेलगत्तै प्रदेश सभामा उक्त पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले उक्त निर्णय मान्य नभएको प्रतिक्रिया दिएका छन् । रेशम चौधरी भने हाल देशबाहिर छन् ।

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्तिको निर्णय

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्तिको निर्णय

अर्जुन शाह

प्रदेश सरकार गठनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

सुदूरपश्चिम बाट थप

तीन महिनाका लागि मात्रै विद्युत् आयात नवीकरण 

भारतले तीन महिनाको लागि मात्रै बिजुली आयातको अनुमति नवीकरण गरेकाे छ । आगामी जुन सम्मको लागि आयात अनुमति नवीकरण भएको ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले जनाए ।

नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर छौँ : प्रशिक्षक देसाई

नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकप यात्रा गर्नु सबैभन्दा खुसीको क्षण रहेको उल्लेख गर्दै सबै जना नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर रहेको बताएका छन् ।

बिर्सनलायक बहराइन भ्रमण

अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको आन्तरिक द्वन्द्व, खेलाडी पलायन र सबैखाले अन्योलको सिधा असर राष्ट्रिय टोलीको प्रदर्शनमा पर्छ कि पर्दैन ? यसको ठ्याक्कै उत्तर गाह्रो छ । तर, एउटा तथ्य निश्चित छ, अन्तर्राष्ट्रिय फुटबलमा नेपाली राष्ट्रिय टिमको कमजोर प्रदर्शनको शृंखला फेरि एकपल्ट देखा परेको छ ।

आर्मी उपाधि नजिक

विभागीय टोली त्रिभुवन आर्मी क्लब १४ औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकप फुटबलको फाइनल पुगेको छ । इटहरी रंगशालामा बुधबार राति सम्पन्न पहिलो सेमिफाइनलमा साबिक विजेता सगरमाथा क्लब मोरङलाई पेनाल्टी शुटआउटमा २–१ हराएर आर्मी उपाधि नजिक पुगेको हो ।

तिलौराकोट गोल्डकप हुने

लुम्बिनी प्रदेशकै सर्वाधिक धनराशि पुरस्कारको प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि हुनेछ । पूर्वपश्चिम राजमार्गस्थित जीतपुरको बुद्ध रंगशालामा प्रतियोगितामा ए डिभिजनका ४ र मोफसलका ४ टोली प्रतिस्पर्धी हुनेछन् । 

आईपीएल २०२४ : छक्काको वर्षा र कीर्तिमान स्कोरमा हैदरावाद विजयी

सनराइज हैदरावादले बुधबार राति आईपीएल २०२४ मा अहिलेसम्मकै उच्च स्कोरको कीर्तिमान बनाउने क्रममा तीन विकेटमा २ सय ७७ रन बनाएको छ । छक्काको वर्षा गर्दै हैदरावादले मुम्बई इन्डियन्सलाई ३१ रनले पराजित गर्‍यो । उसका लागि अस्ट्रेलियाका ट्रेभिसले हेडले २४ बलमा ६२ रन बनाए ।

बाल्टिमोर पुल भत्किँदा बेपत्ता दुई जनाको शव फेला

अमेरिकी सहर बाल्टिमोरको पुल भत्किँदा बेपत्ता रहेका दुई जनाको शव फेला परेको छ । उनीहरू पुल भत्किएको बेलामा पिकअप ट्रकमा रहेका थिए ।

नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक तथा लेखक ड्यानिएल काह्नेमनको निधन

नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक तथा लेखक ड्यानिएल काह्नेमनको निधन भएको छ । उनको बुधबार निधन भएको हो । उनी ९० वर्षका थिए । 

सन् १९४१ मा आजकै दिन : साहित्यकार वुल्फको निधन 

सन् १९४१ मा आजकै दिन (मार्च २८) मा बेलायती साहित्यकार भर्जिनिया वुल्फको निधन भएको थियो । २० औं शताब्दीको आधुनिक साहित्यकारका रूपमा परिचित वुल्फले ५९ वर्षको उमेरमा आत्महत्या गरेकी थिइन् । 

पाकिस्तानमा आतंकवादी हमला : ५ चिनियाँ र १ पाकिस्तानी नागरिक मारिए

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा मंगलवार भएको आतंकवादी हमलामा पाँच चिनियाँ नागरिक र एक पाकिस्तानीको मृत्यु भएको पाकिस्तानस्थित चिनियाँ दुतावासले पुष्टि गरेको छ । आक्रमण मंगलबार दिउँसो १ बजे भएको थियो ।

थाई संसद्‍मा समलिंगी विवाहसम्बन्धी विधेयक पारित

 थाइल्यान्डको तल्लो सदनले समलिंगी विवाहलाई कानुनी मान्यता दिनेसम्बन्धी एक विधेयक पारित गरेको छ । योसँगै थाइल्यान्ड छिट्टै समलिंगी विवाहलाई मान्यता दिने देश बन्ने भएको छ ।

क्षयरोगविरुद्ध युवायुवती

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ का ३० वर्षका मधुसुदन काफ्लेले नेसनल एकेडेमी फर मेडिकल साइन्स काठमाडौंबाट एचए अध्ययन गरे । पढाइ सकेर सुर्खेत फर्किएपछि उनले २०६८ चैतबाट करिब दुई वर्ष वीरेन्द्रनगरमै रहेको लाटिकोइली स्वास्थ्य चौकीमा काम गरे । काम गर्ने क्रममा उनले क्षयरोगका धेरै बिरामी देखे । उनलाई लाग्थ्यो, क्षयरोग औषधि उपचार भएको सामान्य रोग हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ किलो चरेस बरामद

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध १५ किलो ग्राम चरेस बरामद गरेको छ । विदेश लैजाँदै गरेको सो चरेस मंगलबार बरामद गरेर बुधबार सार्वजनिक गरिएको हो ।  

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.