गाडी र मोटरसाइकल जुध्दा झापामा तीनको मृत्यु
झापा बोलेरो गाडी र मोटरसाइकल एकआपसमा जुध्दा झापामा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार बिहान करिब ५:२० बजे पूर्व-पश्चिम राजमार्गअर्न्तगत शिवसताक्षी नगरपालिका ८ मा भएको दुर्घटनामा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो ।