सल्लाहकारहरुबाट सावधान !

यो देशमा विवादमुक्त कोही छैन । मान्छे, त्यसमाथि राजनीति गर्ने मान्छे त विवादमा मुछिने नै भए । यहाँ भगवान् पशुपतिनाथसमेत विवादबाट मुक्त रहेनन् । फरक कति मात्र हो भने, मान्छे अर्थात् खासगरी नेताहरू आफ्नै बोली र व्यवहारका कारण विवादमा फस्छन् । भगवान् भने आफैँ विवादमा पर्दैनन् । मान्छेले उनलाई विवादमा तान्छन् । जुन देशमा ईश्वर विवादमा पर्छन्, त्यो देशका राष्ट्रपति विवादित हुनु कुनै अनौठो कुरा भएन । ऊबेला पशुपतिका भट्टसम्बन्धी विवादमा नेपालीका साथै केही पराइ नेताहरूसमेत 'भट्ट बचाऊ' अभियानमा उत्रेका थिए । अब हेर्नु छ, राष्ट्रपति रामवरण यादव आफ्नै बोली र वचनका कारण विवादको जुन भुमरीमा फसेका छन्, त्यसबाट उनको उद्धार गर्ने अभियानमा को को जुट्ने हुन् ?

संविधान तोकिएको समयसीमा अर्थात् आउँदो जेठ १४ गतेभित्र बनी सक्नुपर्छ । सबै नेपालीको चाहना यही नै हो । राष्ट्रपतिले पनि यस्तो चाहना राख्नु स्वाभाविक हो । तर, कुनै कारणवश निर्धारति समयसीमाभित्र नयाँ संविधानको निर्माण हुन सकेन भने त्यसपछि के हुन्छ ? नेपाली राजनीतिको यतिबेलाको सबैभन्दा अहं प्रश्न यही हो । यस विषयमा देशव्यापी रूपमा छलफल चलिरहेको छ । अनेक शंका-उपशंका पनि उठिरहेका छन् । यो प्रश्नले यति विघ्न चर्चा किन पाइरहेको छ भने यो हामी सम्पूर्ण नेपालीहरू र हाम्रो देश नेपालको भाग्य र भविष्यसँग गाँसिएको छ । यस्तो विषयमा राष्ट्रपतिले चिन्ता वा चासो व्यक्त गर्नु बुझ्न सकिने कुरा हो । तर, 'समयमा संविधान नबने संविधानसभाको म्याद थप्न मिल्दैन' भनेर यस्तो गम्भीर प्रकृतिको संवैधानिक तथा राजनीतिक सवालमा कुनै कार्यकारी अधिकार नभएका आलंकारकि राष्ट्रपतिले यही समयमा किन मुख खोले ? यो भने बुझ्न सकिएन ।

संविधान संशोधन गर्ने र संकटकाल लगाउने कुरालाई पनि राष्ट्रपतिले 'जायज ठान्दिन' भनेका छन् । यी सबै कुरा सार्वजनिक गर्नका लागि यसपटक राष्ट्रपतिले नाम, थर, वतन नखुलेका केही सल्लाहकारहरूको आड लिएको देखिन्छ । बाहिर आएको समाचार अनुसार म्यादभित्र संविधान नबने संविधानसभा र सरकार दुवै विघटन हुन्छन् । तर, राष्ट्रपतिचाहिँ यथावत् रहन्छन् भन्ने ती सल्लाहकारहरूको जिकिर छ । राष्ट्रपतिलाई यथावत् राख्ने आफ्नो जिरहलाई पुष्टि गर्नका लागि तिनले त्यो अवस्थामा पनि अहिलेको अन्तरमि संविधानचाहिँ कायमै रहने तर्क दिएका छन् । यो त नोहाको जहाजजस्तो भएन र ? प्रलय भयो । संसार जलमग्न भयो । संसारमा भएका सबै जीवजन्तु मरे । नोहा, नोहाको परविार र नोहाले छनोट गरेर आफ्नो जहाजमा आश्रय दिएका जीवजन्तु मात्र जीवित रहन सफल भए । राष्ट्रपतिलाई नोहा र अन्तरमि संविधानलाई नोहाको जहाज अनि आफूहरूलाई नोहाको रोजाइमा परेका जीवजन्तुसरह बनाएर जेठ १४ को भोलिपल्ट कुन प्रलय ल्याउने तानाबाना बुनिरहेका छन्, यी बेनामे सल्लाहकारहरू !

संविधान समयमा बन्ने/नबन्ने यहाँका राजनीतिक पार्टी र तिनका नेताहरूको हातमा छ । संविधान समयमा बन्दैन भनेर अहिले नै आश मारहिाल्ने बेला भइसकेको छैन । तोकिएको समयसीमाभित्र संविधान निर्माण हुन नसक्ने स्िथति सिर्जना भयो भने त्यसका विकल्पहरूका बारेमा सोच्ने र टुंगो लगाउने दायित्व बोकेका अन्तरमि संविधान, विधायिका संसद्, संविधानसभा र राजनीतिक पार्टीहरू जीवितै छन् । पार्टीहरूबीच सहमतिका प्रयास पनि भइरहेछन् । संविधानसभा अन्तर्गतका समितिहरू पनि संविधान निर्माणमा क्रियाशील नै देखिन्छन् । नागरकि समाज तथा सञ्चारमाध्यमहरूले पनि दबाब सिर्जना गररिहेका छन् । यस्तो स्िथति देखिँदा देखिँदै संविधान समयभित्रै बन्दैन, त्यसपछि संकटकाल लागू हुन्छ, अर्को शब्दमा प्रलय आउँछ अनि नोहा, उनको जहाज र त्यो जहाजमा सवार जीवजन्तु अर्थात् उनका सल्लाहकारहरूबाट नयाँ सृष्टि प्रारम्भ हुन्छ भनेर भविष्यवाणी गर्दै हिँड्नुका पछाडि कुन रहस्य लुकेको छ ?

केही समयअघिसम्म यही सरकार अर्थात् माधव नेपालको सरकारले संविधान बनाउँछ, अर्को निर्वाचन पनि यही सरकारले गराउँछ । त्यसको अर्थ अनन्तकालसम्म यही सरकार टिक्छ भनी सीमावार, सीमापार दुवैतिरका जानिफकारहरू ठोकुवा गर्दै हिँड्थे । अहिले आएर समयभित्र संविधान बन्दैन, त्यसपछि जेठ १५ गते संकटकाल लागू हुन्छ, सरकार ढल्छ, संविधानसभा वा विधायिका संसद् पनि विघटित हुन्छन् भनेर मिति नै तोकेर नयाँ प्रचार सुरु गरएिको छ । सारा संसार लागेर यत्रो मिहिनेतका साथ बनाएको सरकार पनि ढल्छ र ? हुन त '९० सालमा धरहरा पनि ढल्यो भन्छन् । ढल्न पनि सक्छ !

नेपालमा सल्लाहकारहरूको अभाव छैन । बजारमा जस्तो खोज्यो, त्यस्तै पाइन्छन् । रोज्न जान्नुपर्छ । उहिले पाण्डवले कृष्णलाई रोजे । कौरवले शकुनीलाई रोजे । त्यसको नतिजा जे भयो, महाभारत पढ्ने हामी सबैलाई थाहा छ । विगतमा सल्लाहकारहरूले धेरैलाई डुबाएका छन् । सल्लाहकारको विश्वास गर्नु, भर नपर्नु । यो कथनलाई नेपाली राजनीतिमा एउटा उखान बनाइदिए हुन्छ । आफ्ना सल्लाहका कारण आफूलाई नुन ख्वाउने पात्र भँड्खालामा पर्‍यो भने 'मैले त राम्रै सल्लाह दिएको हुँ, मानिबक्सेन' भनेर तत्कालै पानीमाथि ओभानो हुन तिनीहरू खप्पिस हुन्छन् । शत्रुबाट जो पनि सावधान हुन्छ । ठूला कहलिने मान्छेले सल्लाहकारबाट सावधान हुन जान्नु पर्छ । अन्यथा के हुन्छ ? अन्यथा 'नो पार्किङ्'मा सवारी राख्दा जे हुन्छ, त्यही हुन्छ ।

कुरा अलि अघिकै हो । रूपचन्द्र विष्ट एक साँझ काठमाडौँको कुनै सडकको एक छेउमा उभिएर साथीहरूसँग भलाकुसारी गररिहेका रहेछन् । त्यो ठाउँमा 'नो पार्किङ्'को बोर्ड झुन्डिएको रहेछ । सिकारुजस्तो देखिने एउटा अल्लारे ठिटोले मोटरसाइकल हुइँक्याउँदै रूपचन्द्रको छेउमा आएर सोधेछ, 'ए दाइ ! यहाँ मोटरसाइकल राख्न हुन्छ ?' रूपचन्द्रले एकपटक 'नो पार्किङ्'को बोर्ड हेरेछन् । त्यसपछि त्यो ठिटाको अनुहार हेरेछन् र भनेछन्, 'राख्न त हुन्छ भाइ ! तर, राखिसकेपछि के हुन्छ, म भन्न सक्तिनँ ।' त्यस्तै नेपाली जनताको ठूलो बलिदानपछि आएको आजको राजनीतिक परविर्तनलाई उल्ट्याउने दुस्साहस गर्न त हुन्छ तर गरसिकेपछि के हुन्छ, उहिले रूपचन्द्रले भन्न सकेनन् । अहिले म भन्न सक्तिनँ ।

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

  • Nepal Weekly - Issue No. 587

    अंक: ५८७ | २०७० चैत्र २

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar