मुख्य समाचार


पाकेट मार्न बैंककसम्म

  • उपत्यकामा पाँच सय पाकेटमार रहेको प्रहरीको अनुमान

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा आ-आफ्नो निश्चित क्षेत्र छुट्याएर पाकेट मार्ने गरेको त सुनिएकै हो। तर, राजधानीमा यस्ता पाकेटमारहरू पनि सक्रिय रहेछन्, जो पाकेट मार्नकै निम्ति देशका मुख्य सहरदेखि विदेशसम्म पुग्छन्। बसमा मात्रै होइन, उडिरहेको हवाईजहाजमै पनि यात्रुको पाकेट मार्न पल्किएका उनीहरू 'ठूलो मात्रै हान्ने' समूहका रूपमा चिनिँदै आएका छन्।

प्रहरीका अनुसार उपत्यकाका आधा दर्जन पाकेटमारहरूले उपत्यकाबाहिर र विदेशसम्म पुगेर पाकेट मार्छन्। यिनैमध्येका एक हुन्, काभ्रेपलाञ्चोक स्यामपाटेका राजु भोटे, ४२। एक दशकअघि ६५ हजार रुपियाँ पाकेट मारेको अभियोगमा पक्राउ परेका उनी अहिले देशको सिमाना पार गरेर पाकेट मार्न जान्छन्। उनले बैंककसम्म पुगेर पाकेट मार्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। प्रहरी बयानमा उनले बैंकक जाँदा हवाईजहाजमै पाकेट मारेको स्वीकारेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी निरीक्षक भीष्म हुमागाईंका अनुसार राजुले कुन कुन मितिमा कति रकम पाकेट मारे भन्ने नखुलाए पनि जहाजभित्रै यात्रुको खल्ती टकटकाउने गरेको स्वीकारे। प्रहरी निरीक्षक हुमागाईं भन्छन्, "एकपटकमा दुई-तीन लाख कमाएको बताउँथ्यो।"

राजुले दुई-तीनपटक पाकेट मार्नकै लागि बैंककसम्म पुगेको प्रहरीसमक्ष बताएका छन्। भारतका रेल, ठूल्ठूला धार्मिक मेला लाग्ने स्थान र महोत्सवमा पुगेर उनी पाकेट मार्छन्। सार्वजनिक यातायातबाट पाकेट मार्न थालेका उनले २०६६ सालपछि भने धनाढ्य व्यक्तिलाई लक्षित गर्न थालेका छन्। उनले एकपटकमा दुई लाख रुपियाँसम्म पाकेट मारेको प्रहरी अनुसन्धानमा देखिएको छ।

सामान्य परविारका राजु अहिले दुईवटा टुरस्िट बसका मालिक छन्। उनको गाडी काठमाडौँ-नयाँदिल्ली रुटमा चल्छ। उनी अहिले आफू व्यापारी बनेको बताउँछन्। भारतबाट कपडा ल्याएर काठमाडौँमा बेच्ने गरेको बताउने उनले भारतीय रेलमा पाकेट मार्ने गरेको राजुकै सहयोगी मानबहादुर क्षेत्रीको भनाइ छ। राजुले जोरपाटीमा घरसमेत बनाएका छन्। आफ्नै कारमा सयर गर्छन्। ०६६ मा उनलाई पक्राउ गरेर प्रहरीले कार सिज गरििदएको थियो। धरौटीमा रिहा भएसँगै उनको गाडीसमेत छाडिएको थियो। छुट्नासाथ उनी पुनः पुरानै पेसामा फर्किए। "सानोतिनो रकममा उनीहरूको आँखा जाँदैन," महाशाखाका सहायक प्रहरी निरीक्षक (असई) केदार तिमल्सिना भन्छन्। प्रहरीका अनुसार राजु अहिले आक्कलझुक्कलबाहेक आफैँ पाकेट मार्दैनन्, आफ्ना सहयोगीहरू खटाएर यो काम गर्न लगाउँछन्।

बढी कमाइ हुने हुँदा पेसेवर पाकेटमारहरू लामो रुटमा चल्ने गाडीमा यात्रु बनेर विभिन्न भागमा पुग्छन्। १२ पुसमा डेन्डी शेर्पाले दुबईबाट आएका सिराहाका रामप्रताप ठाकुरको १ लाख १७ हजार रुपियाँ र नोकिया मोबाइल सेट खल्तीबाट निकालिदिए। सिराहा जाने गाडी चढ्दा ठाकुर गौशालामा लुटिएका थिए। डेन्डी यात्रु बनेरै गाडीमा छिरेका थिए। उनी चितवनसम्म पुग्ने र त्यहीबीचमा यात्रुको पैसा 'हान्ने' मनस्थिति बनाएर केही सहयोगी साथमा लिएर गाडीमा छिरेका थिए।

पाकेटमारहरू सुरुमै टिकट काट्दैनन्। बीच बाटोमा पुगेपछि मात्रै पैसा दिन्छन्। शंका नलागोस् भनेर भाडामा समेत किचकिच गर्दैनन्। प्रहरीका अनुसार डेन्डी देशका विभिन्न भागमा पुगेर पाकेट मार्ने गिरोहका सक्रिय सदस्य हुन्। उनलाई प्रहरीले पक्राउ गरे पनि अदालतको आदेशमा धरौटीमा छुटिसकेका छन्। उनको समूह उपत्यकाको विमानस्थल र गौशाला क्षेत्रबाहेक पोखरा र बनेपासम्म पुग्ने गरेको छ। अरनिको राजमार्गमा उनी सक्रिय हुन्छन्।

पोखरामा डेन्डीले पर्यटकीय बसलाई लक्षित गर्दै आएको प्रहरीको भनाइ छ। डेन्डी बारम्बार उपत्यकाबाहिर पाकेट मार्न जाने व्यक्ति हुन्। पोखरा, मुग्लिन र धरानसम्म आफू पुग्ने गरेको डेन्डीको भनाइ छ। यात्रुजस्तै बनेर जाँदा कसैको शंकामा पनि नपर्ने र वैदेशिक रोजगारबाट फर्किएकाहरूले साथमै पैसा बोक्ने हुँदा लामो रुटमा चल्ने सवारी साधन आफ्नो टार्गेटमा पर्ने उनी बताउँछन्।

दुम्से, रामेछापका रामकुमार घर्ती पूर्व जाने यात्रुबाहक बसलाई लक्षित गर्छन्। उनी धरान, विराटनगर, बिर्तामोडदेखि पशुपतिनगरसम्म पुग्छन्। ललितपुर, गोदावरीका होमबहादुर पहरीको समूह पनि यो क्षेत्रमा पुग्ने गरेको छ। पहरीले धरान बसपार्कबाट एक वर्षअघि ५० हजार रुपियाँ पाकेट मारेको बयान प्रहरीलाई दिएका छन्। काठमाडौँबाट यात्रु बनेरै उनी धरान पुगेका थिए।

पाकेटमारहरू यात्रुको हाउभाउ हेरेर कससँग कति पैसा छ भन्ने निक्र्योल गर्छन् र आफ्नो काम फत्ते गर्छन्। ठूलो रकम बोकेको मान्छे गाडीमा चढेको यकिन भएपछि पिछा गर्न थाल्छन्। "ठूलै रकम हात लाग्ने भएपछि केही रकम खर्च गरेरै भए पनि जहाँ पनि पुग्छन्," महाशाखाका प्रहरी उपरीक्षक

(एसपी) प्रद्युम्न कार्की भन्छन्। रामकुमार ०५६ सालदेखि पाकेट मार्ने काममा संलग्न रहेको प्रहरी अभिलेखले देखाउँछ। भाइ राजु पनि उनलाई सघाउँछन्।

ट्याक्सी किनेर समेत रामकुमारले पाकेटमारी गर्ने गरेको उनीसँगै केही समय काम गरेका मानबहादुर क्षेत्रीको भनाइ छ। भन्छन्, "रामकुमार राजमार्गमा समेत ट्याक्सी लिएरै पुग्छन्, पाकेट मारी ट्याक्सीमा भाग्छन्।"

घर्तीले अहिले ट्याक्सी बेचिसकेका छन् भने काठमाडौँको नारायणटारमा घरसमेत बनाइसकेका छन्। सामान्य आर्थिक पृष्ठभूमिबाट आएका उनले पाकेटमारीको आम्दानीबाटै घर बनाएको प्रहरीको भनाइ छ। "उनको आम्दानीको अर्को स्रोत केही देखिँदैन," प्रहरी निरीक्षक हुमागाईं भन्छन्। प्रायः पाकेटमारहरू मोटरसाइकल लिएर विभिन्न भागमा गतिविधि बढाउँछन्।

उपत्यकामा आ-आफ्नो समूहमा काम गर्ने रामकुमार र पहरी उपत्यकाबाहिर भने सहकार्य गरेर निस्कन्छन्। पहरी र घर्ती दुवैले दसैँताका बिर्तामोड बसपार्कमा पाकेट मार्न खोज्दा सर्वसाधारणको पिटाइ खाएका थिए। दुवै जनाले भागेर ज्यान जोगाएका थिए।

पाकेटमारीको क्षेत्रमा लामो समय अनुसन्धान गरेका नेपाल प्रहरीका पूर्वएसपी होमबहादुर थापाका अनुसार पाकेटमारहरू कसैले पनि शंका नगरोस् भनेर सम्भ्रान्त परविारको जस्तै व्यक्तित्व झल्किने गेटअप बनाएका हुन्छन्। भन्छन्, "कसैले शंका नगरोस् भनेर अनेक उपाय लगाउँछन्।"

लामो यात्रामा यात्रु निदाएका बेला, खाना वा खाजा खान ओर्लंदा पाकेटमारहरू पाकेट रत्ियाउने गर्छन्। पोखरा जाने बसमा चढ्ने पाकेटमारहरूले मुग्लिनलाई केन्द्र बनाउँछन् भने पूर्व जानेहरूले चितवनमा ओर्लेर दाउ हेर्ने गर्छन्। धरान, इटहरी, काँकडभिट्टा पनि उनीहरूको अखडा मानिन्छ।

विभिन्न अवसरमा धार्मिक मेला लाग्ने चितवनको देवघाट, सुनसरीको बराहक्षेत्र, बूढासुब्बा, रूपन्देहीको लुम्बिनीमा यी पाकेटमारहरू समूह नै लिएरै पुग्ने गरेका छन्। "जहाँ मान्छेको भीडभाड हुन्छ, त्यहाँ यो समूह पुगेकै हुन्छ," हुमागाईं भन्छन्।

एक महिनाअघि मात्रै पक्राउ परेका डेन्डीले पीडितको १ लाख १७ हजार रुपियाँ सजिलै फर्काइदिए। जबकि, पाकेट मारेको उक्त रकमसहित १ लाख ५० हजार रुपियाँ अर्का पाकेटमार केदार थपलियाले आफूलाई प्रहरी बताउँदै फुत्काइसकेका थिए। "उसले चोरेको रकम मैले किन खान नहुने ?" महाशाखामा भेटिएका थपलियाले भने।

विदेशी नोटसहित पक्राउ परेकाले राजस्व अनुसन्धान विभागले समेत डेन्डीबाट ६० हजार रुपियाँ धरौटी मागेको थियो भने जिल्ला अदालत काठमाडौँले २० हजार रुपियाँ। १ लाख ९७ हजार रुपियाँ डेन्डीले दुई घन्टाको बीचमै निकालेर मिलाएको देख्दा प्रहरीहरू नै छक्क परेका थिए। "पाकेटमारले यत्रो रकम सजिलै तिरेको देखेर हामी चकित भयौँ," महाशाखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरेन्द्र मैनाली भन्छन्, "पाकेटमारको कमाइ कतिसम्म रहेछ भन्ने यसबाटै थाहा हुन्छ।"

दुई वर्षमै आफूले पाकेट मारेर ६ लाख रुपियाँ कमाएको डेन्डीले प्रहरी बयानमा खुलाएका छन्। डेन्डी अहिले खासाबाट सामान ल्याएर महाबौद्धको होलसेल पसलमा दिने काम गर्छन्। कपनमा मोबाइल पसलसमेत खोलेका थिए उनले। उनी कुनल र गोर्खा म्यानपावरबाट बाहिर मान्छे पठाउने एजेन्टको कामसमेत गर्छन्।

गत भदौमा पक्राउ परेका हरबिहादुर घलेले पाकेट मारेर ६० लाख रुपियाँ कमाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनी एक दशकअघिदेखि नै यस्तो धन्दामा लागेका हुन्। पाकेट मारेको सबै रकम क्यासिनो गएर सकेको उनले प्रहरीलाई बताएका थिए। घलेले राजधानीलगायत देशका अन्य भागमा समेत पुगेर पाकेट मार्थे। महाशाखामा छँदा घलेमाथि अनुसन्धान गरेका प्रहरी वरष्िठ उपरीक्षक देवेन्द्र सुवेदी भन्छन्, "पाकेटमारले विलासीपूर्ण जीवन बिताएको देखियो।" घलेले पाकेट मारेर कमाएको रकम मोजमस्तीमै उडाएको देखिन्छ।

जघन्य र संगठित अपराधमा संलग्न अपराधीहरूले जस्तै पाकेटमारहरूले प्रहरीलाई प्रभावमा पार्न थालेको तथ्य भेटिनुले उनीहरू शक्तिशाली बन्दै गएको देखिन्छ। महाशाखाबाट चोरी तथा पाकेटमारी नियन्त्रणमा खटिएका प्रहरी हवल्दार प्रेम श्रेष्ठले दुई महिनाअघि मात्रै डेन्डीसँग डेढ लाख रुपियाँ लिएको खुलेको थियो। प्रहरीलाई डेढ लाख रुपियाँसम्म दिन सक्ने हैसियतले पनि पाकेटमारको आम्दानी कतिसम्म हुन सक्छ भन्ने देखाउँछ।

महाशाखाको अध्ययन अनुसार उपत्यकामा पाँच सय पाकेटमार छन्। त्यसमध्ये आधा दर्जन पेसेवर छन्। 'हजुरबा' पुस्तासम्म पाकेट मार्ने पेसामा लागेको भेटिएको छ। पोगटी, दोलखाका केदार थपलिया, ४५, एक नाति र एक नातिनीका हजुरबुबा बनिसकेका छन्। तैपनि, उनले पाकेट मार्न छोड्न सकेका छैनन्। भन्छन्, "अब म सुधि्रन्छु, बल्ल मेरो बुद्धिको बिर्को खुलेको छ।" थपलिया डेन्डीकै समूहका व्यक्ति हुन्।

सजिलै पैसा कमाइने र लामो समय जेल सजायसमेत भोग्न नपर्ने हुँदा पेसेवर पाकेटमार कहिल्यै नसुध्रने प्रहरीको भनाइ छ। पाकेटमारलाई सार्वजनिक अपराध र चोरी मुद्दा चल्ने गरेको छ। यस्तोमा हदैसम्मको सजाय भयो भने ६ महिना कैद हुन्छ। "सजाय नै कमजोर भएकाले पुनः त्यही धन्धामा फर्किहाल्छन्," महाशाखाका एसपी कार्की भन्छन्।

 

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

  • Nepal Weekly - Issue No. 587

    अंक: ५८७ | २०७० चैत्र २

मनबहादुर बस्नेतद्वारा अन्य प्रकाशित लेखहरू

मःम मोहनी

अंक: 413

करको डर

अंक: 432
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar