पेन किलर

"तिमी मेरा लागि यस्तो अम्मल हौ, जसलाई नखाँदा बाँच्नै सक्दिनँ म भन्दिनँ तर म अभ्यस्त भइसकेको छु, हिजो साँझको कुराका लागि मलाई माफ गर !" फोनमा उसले भनेका यी शब्दपछि 'तिमी मैले खाने गरेको खैनीजस्तै हौ भन न, किन अम्मल भन्छौ?' भन्दै ऊ मजाले हाँसी। त्यसपछि खै केके भनेर उसले थप हँसाउने कोसिस गर्‍यो र आफू पनि हाँस्दै फोन राख्यो। खोइ किन हो, हिजोआज दुःखी मानिसहरू बढी हाँस्ने कोसिस गर्छन् कि जस्तो लाग्छ। त्यो मानिस पनि यस्तैमध्ये एउटा हो, जो आफूभित्र अनेक दुःख छोपेर बाहिर आफू हाँस्ने र अरूलाई हँसाउने कोसिस गर्छ।

दुई दशकको आफ्नो कामको अनुभवमा उसले कमै मात्र यस्ता मुद्दा हेरेकी छ, जसले आफूलाई श्रीमतीबाट पीडित भनेका छन्। त्यसो त, ऊ वकिल होइन तर उसको कामको प्रकृतिले उसलाई वकिललाई जस्तै गरी मुद्दाका फाइलहरू हेर्नुपर्ने बनाइदिएको छ। एउटा गैरसरकारी संस्थाको मनोपरामर्श केन्द्रमा ऊ 'काउन्सिलर'का रूपमा काम गर्छे। कुनै पनि व्यक्ति ऊसम्म पुग्नुअघि के भएको हो पृष्ठभूमिसहितको सबै जानकारी लिने उसको बानी छ। कतिपय परामर्शकर्ताहरू 'तपाईंको कुरा भन्नूस् त !'बाट कुराकानीको सुरुआत गर्छन् तर ऊ भने आफूले पाएको जानकारीका आधारमा उनीहरूको वर्तमान 'स्ट्याटस' बताइदिन्छे र त्यसपछि मात्रै कुराकानीको सुरुआत गर्छे। यसै क्रममा मधुरसँग उसको भेट भएको थियो।

"तपाईंकी श्रीमतीको अरू कसैसँग सम्बन्ध छ भनेर तपाइर्ं कसरी भन्न सक्नुहुन्छ? कुनै आधार?" प्रश्नको जवाफमा उसले यसरी प्रमाणित गर्ने प्रयत्न गरेको थियो, "एउटा लोग्नेमान्छेका लागि मेरी श्रीमतीको अरू कसैसँग अफेयर छ भन्नुपर्ने अवस्था आउनु भनेको मर्नुसरह नै हुँदो रहेछ...। आधारभन्दा पनि मसँग प्रमाणहरू छन्...। यस्तो विषयमा आफूलाई खासै जानकारी नभएकाले विगतमा देखिएका अनेक आधारको पहिचान नै गर्न सकिएन। करबि दुई वर्षअघिदेखि एक्कासि उनी एक्लै बस्न रुचाउन थालिन्, अँध्यारो कोठामा आँखा चिम्लएर बस्ने, कम बोल्ने। करबि १५ वर्षको दाम्पत्य जीवनमा मैले उनलाई कहिल्यै त्यस्तो पाएको थिइनँ, त्यसैले डर लाग्यो र डाक्टरकहाँ लगेँ। म असाध्यै व्यस्त, समय दिन नसकेकाले उनको प|mस्ट्रेसनले डिप्रेसनको रूप लियो कि जस्तो पनि लाग्यो। तर, डाक्टरले खासै त्यस्तो केही नभएको बताए। लामो समयसम्म छटपटी नै भयो। मैले आफैँले मनभित्रबाट फिल गरेको कुराचाहिँ नो इमोसन एन्ड...नो रेस्पोन्स इन माइ टच...।"

त्यस भेटमा उसका प्रमाणहरू के थिए भनेर हेर्न मागिनँ । अर्को दिन भेट्ने गरी बिदा गर्दै गर्दा एउटा परपिक्व पुरुषको मुहारभरि देखिएको असुरक्षित भावनाले आश्चर्यचकित बनाएको थियो।

त्यस दिन घरमा गएर कम्प्युटर खोल्दा उसैको इमेलमा पहिला आँखा परेका थिए, 'डियर राजी ! थ्यांक्यु फर टी एन्ड टाइम, चिया खासै मीठो थिएन तर तपाईंसँगको कुराकानीको समय मेरा लागि धेरै नै अमूल्य रह्यो...।' साथीले राम्रै गफ दिँदो रै'छ भन्दै उसले जबाफ लेखी, 'माई प्लेजर...सरी फर टी...!' खासमा लेख्न मन लागेको थियो, जति पनि मानिसहरू मकहाँ आए, स्वास्नीमान्छे नै आए। तिनका कहानी, उनीहरूले पाएको शारीरकि चोट र खतभन्दा भावनात्मक पीडा कैयन् गुणा डरलाग्दा हुने गर्थे। 'अचम्मै भयो, तिमी मेरो जीवनमा नयाँ अनुभव नै भने पनि हुन्छ...।' तर, उसले लेखिन। उसले भनेको सम्भिmई, "मेरी श्रीमतीलाई म असाध्यै माया गर्छु भन्ने लाग्थ्यो मलाई। उनलाई मन पर्ने खाने कुरा र लगाउने कपडामा सधँै ख्याल गर्थें। एउटा बच्चा छ हाम्रो, उसको भविष्यका लागि पनि म उनीसँग सम्झौता गर्न चाहन्छु।" यो सम्झौता भन्ने कुरा पनि अचम्मको छ, अनिश्चित समयको एउटा जीवन बाँच्नका लागि मानिसले अनेक किसिमका सम्झौता गर्नुपर्छ र पनि जीवन सोचेजस्तो हुन्छ भन्ने कहाँ छ र? के हुन सक्छन् ती प्रमाणहरू? आँखावरपिरि अनेक प्रश्न आउँदैजाँदै गर्दागर्दै ऊ निदाई। 'राती राम्ररी सुत्न सकिनँ, यो कुरा सकेसम्म बाहिर नआओस् भन्ने चाहन्छु, मेरा सबै वास्तविकताहरू तपाईंमै सीमित हुनेछन् भन्ने अपेक्षा गरेको छु।' भोलिपल्ट बिहान उसैको यस्तो एसएमएसले ब्यूँझाएको थियो। बिचरा लोग्नेमान्छे ! यस्ता कुरा व्यक्त गर्नुपर्दाको आत्मग्लानि एसएमएसमा पोखिइरहेको थियो। वास्तवमा हाम्रो सामाजिकीकरणले पुरुषहरूलाई कति साँघुरो घेराभित्र सीमित गरििदएको छ भन्ने उसलाई लाग्यो। त्यसो त, उससम्म आइपुगेका महिलाहरू पनि आफ्नो कुरा बाहिर जाला कि भनेर नडराउने होइनन्। महिलाहरूको सन्दर्भमा परामर्शले मात्र नपुगेर भोलि मुद्दा नै लड्नुपर्‍यो भने तिनलाई कसरी प्रमाण जुटाइदिने होला भन्ने चिन्ता भने उसलाई सधँै लाग्ने गथ्र्यो। अहिलेसम्मको उसको अनुभवमा धेरैजसो महिलाले पाउने भनेको धोका र अपमान हो, जसको कुनै प्रमाण हुँदैन। अदालतले सधँै प्रमाण खोज्छ, कानुन व्यवसायीहरू प्रमाणका पछाडि दौडिन्छन् तर जिन्दगीमा कतिपय कुराको प्रमाण हँुदैन। सम्बन्धित व्यक्तिको मनबाहेक अर्को साक्षी पनि हुँदैन।

एकपटक लामो समयसम्म आफूले काउन्सिलिङ् गरेकी एक महिलाको पक्षमा अदालतमा बयान दिन जाँदा न्यायाधीशसमक्ष उसले भनेकी थिई, "धोकाको कुनै प्रमाण हुँदैन श्रीमान्...। उनले काटेका अनिँदा रात र आँखाबाट बगेका नुनिला आँसुसहितको गहिरो पीडालाई मैले जस्ताको तस्तै महसुस गरेकी छु तर तिनलाई म कसरी पेस गरूँ? कुनै उपाय भए जानकारी पाऊँ !" राजीको यो बयानपछि अदालत भावनात्मक कुरा गर्ने थलो नभएको भन्दै उनको मुद्दा त्यसै अन्त्य भएको फैसला सुनाइएको थियो।

तर, मधुर प्रमाणसहित आएको थियो र उसको आँखामा आँसु थिएनन्। अर्को भेटमा पानाका पाना एसएमएस देखाउँदै उसले भन्यो, "ल हेर्नूस्, मेरी श्रीमती र उसको प्रेमीबीच भएका प्रेमालाप !" मिति, समय सबै स्पष्ट उल्लेख भएका ती एसएमएसहरू रोमाञ्चकारी मात्र नभएर निकै भावनात्मक पनि थिए। प्रत्येक साँझ केटीले 'आई एम मिसिङ् यू सो मच' भन्न छुटाएकी थिइन। अघिल्लो दिनका भेट, आनन्ददायी स्पर्शलगायतका कुरामा केटाले निकै शब्द खर्चिएको थियो। ती सबैबाट केटाको विवाह भएको थियो या थिएन तर ऊ 'सिङ्गल' हो भन्ने बुझिन्थ्यो। केटा शारीरकि रूपमा बढी आकषिर्त र केटी भावनात्मक रूपमा अघि बढेको भन्ने बुझ्न कठिन थिएन। केटीले कतैकतै बच्चाको कुरा उल्लेख गरेकी थिई तर श्रीमान्को उपस्थिति उल्लेख थिएन। केटा र केटी काम गर्ने ठाउँको दूरी खासै टाढा थिएन भन्ने पनि स्पष्टै बुझिन्थ्यो। सबै हेरसिकेपछि राजीले सोधी, "तपाईंले केटालाई भेट्नु भो?" "अँह छैन," मधुरले भन्यो, "मैले भेट्नुपथ्र्यो र?" "होइन, सोधेको मात्र," उसको जवाफ।

के गर्ने? काउन्सिलिङ् त्यति सजिलो थिएन। श्रीमतीप्रतिको उसको विश्वास एसएमएसमार्फत छरपष्ट भएको थियो। प्रविधिले के के गर्‍यो गर्‍यो, मन मनमा यसो भन्दै उसले सोधी, "तपाईंका केटी साथी छन्?" "छन् तर म यस्तो एसएमएस लेख्दिनँ," उसले भन्यो। "त्यही त, जे गर्नु छ गरे भइहाल्यो नि मोबाइलबाट प्रमाण किन जुटाइरहनुपर्छ र?" राजीले वाक्य पूरा गर्दा नगर्दै उसले भन्यो, "खास त्यस्तो पनि होइन। तपाईंलाई यो सब कुरा थाहा छ भन्ने तपाईंकी श्रीमतीलाई थाहा छ?" "छैन तर मलाई केही न केही थाहा छ भन्नेचाहिँ उसलाई लागेको छ।" "म तपाईंकी श्रीमतीलाई भेट्न सक्छु?" "हुन्छ तर म यसरी आफ्नो कुरा बाहिर भन्दै हिँडेको छु भनेर उसलाई जानकारी दिन चाहन्नँ।" "त्यसो भए कसरी भेट्ने त?" यस्तै कुराकानीमा त्यो दिन बितेको थियो।

निश्चित कुराकानीकै क्रममा भए पनि कहिले भेट्ने, कहिले फोनमा कुरा गर्ने, कहिले इमेल त कहिले एसएमएस । मधुर राजीसँग नजिक हुँदै गएको थियो। बोलीचालीमा तपाईं तिमीको कुनै बारना थिएन, जतिबेला जे सजिलो लाग्छ त्यही भन्न थालेका थिए उनीहरू। एक दिन कफी सपमा बसेर कफी सुक्र्याउँदै गर्दा मधुरले सोध्यो, "कसैलाई कहिल्यै प्रेम गरेकी छ्यौ?" "थिएँ," उसले इमानदारीपूर्वक भनी। "के भयो त?" "केटा मान्छेलाई प्रेम, आफ्नोपन, सम्मान, भावनात्मक आत्मीयताजस्ता कुराले खासै अर्थ राख्दैन भन्ने मेरो अनुभव छ। छोडिदेऊ मेरो कुरा नगरूँ। हो, रक्सी खाने रहेछन् भने रक्सी खाएर कम्पनी दिने केटी केटाहरूलाई मन पर्छ, नाच्न सोखिन छन् भने सँगै नाचिदिने केटी मन पर्छ, अन्य कुराका पारखी पनि हुन्छन्, यसको अर्थ प्रेम र विवाहका लागि होइन। तर, कहिलेकाहीँ यिनै क्षणिक कुराहरूमा लाग्दालाग्दै केटाहरू फस्ने पनि गर्छन्।" साँझ आ-आफ्नो घरतिर लाग्दै गर्दा उसले राजीलाई भन्यो, "तिमीलाई भेटेपछि म धेरै हल्का भएको छु, मलाई संसार रमाइलो लाग्न थालेको छ। श्रीमतीलाई देख्नासाथ मलाई एक प्रकारको ग्लानि र पीडा दुवै भएर आउँथ्यो। म न्युट्रलाइज भएको छु, थ्यांक्यु फर द कम्पनी।" त्यसपछि पटकपटकका भेटमा उनीहरूले प्रेम र जीवनका कुराहरू गरे। एक दिन राजीले भनी, "जब मानिसलाई कसैसँग साँच्चिकै प्रेम हुन्छ, उसले आफ्नो प्रेमी-प्रेमिकालाई कुनै पनि अर्थमा दुःखी देख्न सक्दैन। मलाई लाग्छ, यसमा महिला या पुरुष भन्ने कुरै होइन, प्रेमको भावना मान्छेमा एकै प्रकारको हुन्छ तर वास्तविकता त के हो भने साँच्चिकै नभएर जीवनमा प्रेम गरेजस्तो गर्ने मान्छेहरू यहाँ धेरै छन्। तिमी पनि तिम्री श्रीमतीलाई प्रेम गरेजस्तो गर्छौ तर खासमा श्रीमतीप्रतिको प्रेमले तिमीले उसलाई छोड्न नसकेको होइनौ, तिम्रो बच्चा र घरपरविार लथालिंग हुने डरले तिमी अझै पनि ऊसँग सम्झौता गर्न चाहन्छौ।" उसले सहमत भएझैँ गरी टाउको हल्लायो र भन्यो, "मेरी श्रीमतीको त्यो मान्छेप्रतिको भ्रम कसरी टुटाउने होला...!"

आफ्नी स्वास्नीप्रति त्यति सहनशील लोग्नेमान्छे उसले कहिल्यै भेटेकी थिइन। भनी, "तिमी उसलाई माया गर्दैनौ, मलाई थाहा छ तर तिमी उसलाई धेरै माया गर्छौ भन्ने कुराको महसुस गराऊ, दिनमा पाँचपल्ट फोन मलाई होइन, उसलाई गर !" आफ्नो जीवनमा आएको असहज परििस्थतिको सामना गर्न र आफूलाई भुलाउन मधुरले आफूलाई माध्यम बनाइरहेको छ भन्ने कुरामा उसलाई कुनै शंका थिएन। पछिल्लो चरणमा कहाँ छौ? के गर्दै छौ? खाना खायौ? खुसी छौ? कफी खाने हो? आज कस्तो राम्रो देखिएको मैले त झन्डै नचिनेको? जस्ता कुरा ऊ राजीलाई सोध्ने मात्रै गर्दैनथ्यो, आफू पनि त्यस्तै कुराको अपेक्षा गर्न थालेको थियो। एक दिन उसले भन्यो, "हेर न आफूलाई अलि गाह्रो भयो कि म सधँै तिमीलाई सम्झने गर्छु। हिजो पनि राती एउटा एसएमएस आएको थियो, मैले देख्ला भनेर उसले नपढी डिलिट गरिदिई। मलाई हिजोआज केटी मान्छेका बूढी औँला देख्यो कि घृणा लाग्छ, एसएमएस थिच्ने औँला हुन्जस्तो लाग्छ।" जवाफमा उसले केही भनिन। सोची, हरे...यसरी पनि मानिसको जीवन चलेकै छ। बाहिरबाट यिनीहरूलाई हेर्नेले कति राम्रो परविार भन्ने ठान्दा हुन्। यसबीचमा आफूले काउन्सिलिङ् गरेँ, मानसिक रूपले उपयोग भएँ या के भएँ भन्ने कुराले राजीलाई पटकपटक घोच्ने गरेको थियो। एक साँझ उसले फेर िफोनमा भन्यो, "हेर न ऊ अहिलेसम्म आएकी छैन, घरमा बत्ती पनि छैन, आज दिउँसैदेखि म तिमीलाई सम्भिmरहेको थिएँ, तिमीसँग खाना खान मन लाग्यो, हामी भेटौँ?" उसलाई एकदमै नरमाइलो लाग्यो। भनी, "तिमीलाई नरमाइलो लागेकामा मलाई दुःख छ। मधुर भयो अब मलाई धेरै पेन किलर नबनाऊ ।"

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

  • Nepal Weekly - Issue No. 587

    अंक: ५८७ | २०७० चैत्र २

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar