प्रविधि : डाटा इन ड्रपबक्स


कम्प्युटरका डाटाहरू फरक-फरक ठाउँमा प्रयोग गर्न अब स्टोरेज डिभाइसकै भर पर्नुपर्दैन, न त ती कतै हराउँदा वा क्र्याक हुँदा नष्ट हुने चिन्ता नै हुन्छ। क्लाउड स्टोरेज सेवा दिने ड्रपबक्सले अब अनलाइन भण्डारण सुविधासमेत उपलब्ध गराएको छ। यसमा टेक्स्ट, तस्बिर तथा अडियो/भिडियोका फाइल राख्न मिल्छ। अरू कसैलाई उक्त फाइल पठाउँदासमेत त्यसकै लिंक दिँदा हुन्छ। धेरै जनाले एउटै फाइलमा सँगै काम गर्न मिल्छ। यसमा दुई जीबीसम्म डाटा निःशुल्क भण्डारण गर्न सकिन्छ । ५० जीबी वा एक सय जीबीसम्मका लागि शुल्क तिर्नुपर्छ।

कम्प्युटरमा झैँ फोल्डर बनाएर त्यसभित्र व्यवस्थित तरिकाले फाइल राख्न सकिन्छ। यस्तो सुविधा मोबाइल प्रयोगकर्ताले समेत लिन सक्छन्। माइक्रोसफ्ट विन्डोज, एप्पल म्याक, लिनक्स, गुगल एन्ड्रोइड, एप्पल, ब्ल्याकबेरी र वेब ब्राउजरहरूमा ड्रपबक्स चल्छ। यद्यपि, इन्टरनेट यसको प्रयोगका लागि अनिवार्य छ। इमेल एकाउन्टमा जस्तै युजरनेम र पासवर्डको प्रयोग गरेर डाटा सुरक्षित राखिन्छ।





नयाँ : जियाजियालीको लेडिज सु

चिनियाँ ब्रान्ड जियाजियालीको लेडिज जुत्ता नेपाली बजारमा उपलब्ध छ। खैरो, कालो र नीलो रंगमा उपलब्ध यो जुत्तामा विभिन्न आकृतिका पत्थर जोडिएको हुन्छ। सानो हिल भएको यो क्लोज सुजको मूल्य स्टेला फेसन नयाँ बानेश्वरमा १ हजार ४ सय ७५ छ।







सन्दर्भ : पुस्तकमा दलीय द्वन्द्व

२००६ सालपछि नेपालमा थुप्रै राजनीतिक परविर्तन देखिए। त्यससँगै दलीय द्वन्द्वहरू बढे भने नेताहरूमा समेत प्रवृत्तिगत बदलाव देखियो। यही सेरोफेरोलाई विषयवस्तु बनाएर कान्तिपुर दैनिकका समाचार सम्पादक हरबिहादुर थापाले पुस्तकाकार रूप दिएका छन्। उनको पुस्तक दलीय द्वन्द्वलाई २५ माघमा काठमाडौँमा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले सार्वजनिक गरे।

लेखक थापाले पुस्तक इतिहास नभई इतिहास लेखनका लागि प्रारम्भिक मस्यौदा मात्र भएको बताएका छन्। पुस्तकमाथि चार युवा नेता गगन थापा, रवीन्द्र अधिकारी, लेखनाथ न्यौपाने र जितेन्द्र सोनलले टिप्पणी गरेका थिए। पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले पुस्तकमा राजनीतिक दलका विसंगति, पात्र र प्रवृत्ति खोतलिएको हुँदा त्यसबाट सिकेर भावी राजनीतिक यात्रा तय गर्न मार्गदर्शन हुने बताए। यसअघि थापाका भ्रष्टाचारको शल्यक्रिया, एनाटोमी अफ करप्सन, विदेशी सहायताका विसंगति, राजनीतिक दाउपेचभित्र कर्मचारीतन्त्र पुस्तक प्रकाशित छन्।





फिल्म : रंगीन रेस टू

चार वर्षअघिको चर्चित फिल्म रेसकै सिक्वेल हो, रेस टू। अघिल्लो फिल्ममा जस्तै यसमा पनि मुख्य कलाकार धेरै छन्। त्यसैले असली हिरो को हो भन्ने अन्त्यसम्म भेउ पाउन सकिन्न। फिल्ममा रणवीर सिंह (सैफ अलि खान) आफ्नी प्रेमिका सोनिया (विपासा बसु)को मृत्युको बदला लिन शंकाको घेरामा परेका अरमान मल्लिक (जोन अब्राहम) खोज्दै टर्की पुग्छन्। अर्बपति अरमानलाई केवल पैसामा मात्र ध्यान हुन्छ।

रणवीर अरमानलाई मार्न चाहँदैनन् बरू उनको पैसा सिध्याउनेतर्फ केन्दि्रत हुन्छन्। त्यसपछि रणवीरले एलिना (दीपिका पादुकोण) भेट्छन्। उनीहरूबीच शारीरकि सम्बन्ध हुन्छ। एलिना खासमा अरमानकी सौतेनी बहिनी तथा व्यापारकी साझेदार हुन्छिन्। तर, दाजुसँग बढिरहेको अविश्वाससँगै रणवीरलाई साथ दिन थाल्छिन्। त्यो कुरा अन्तिममा मात्र थाहा हुन्छ। कैयौँ कुरामा अरमानलाई साथ दिएजस्तो लागे तापनि एलिनाले रणवीरलाई सघाइरहेकी हुन्छिन्। दाजुबहिनीमै सम्पत्तिका कारण अविश्वास उत्पन्न हुन्छ।

अन्त्यमा रणवीर र एलिनाको जित हुन्छ। फिल्ममा ज्याकलिन फर्नान्डिज, अनिल कपुर र अमिसा पटेलको भूमिका पनि छ तर मध्यम स्तरको मात्र। पहिलो फिल्म रेसमा जस्तै यसमा पनि अन्त्यसम्म कथा कता मोडिन्छ भन्ने थाहा हुँदैन। फिल्ममा एक्सन थि्रलर, कमेडी र संगीतको राम्रो संयोजन भएको छ। फिल्ममा पानीजहाजमाथि हवाईजहाज उतार्नेजस्ता रोमाञ्चक दृश्य छन्। निर्देशक अब्बास मुस्तानले यसमा पुरानै शैलीका कथाबीच पनि प्रस्तुतिमा नयाँपन दिने कोसिस गरेका छन्।



प्रसंग : सिर्जनशील कोर्सका ६० घन्टा

सिर्जनशील लेखन पश्चिमा देशका विश्वविद्यालयमा एउटा प्रमुख विषय नै बन्छ। हाम्रोमा भने त्यस्तो छैन। त्यसैले नेपाल सिर्जनशील लेखन प्रशिक्षण प्रतिष्ठानले साहित्य र पत्रकारतिामा केन्दि्रत गरेर ६० घन्टे कोर्स ल्याएको छ। सिर्जनशील लेखनका क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति कमाएका आयोवा राइटर्स वर्कसप, हाई स्कुल फर राइटिङ् एन्ड कम्युनिकेसन आट्र्स न्युयोर्क, ८२६ भ्यालेन्सिया सानप|mान्सिस्को र द आर्भोन फाउन्डेसन, युकेजस्ता संस्थाको मोडेलमा तयार पारएिको कोर्स साहित्य र पत्रकारिताका विद्यार्थीलाई लाभदायक हुने कोर्सका एक परकिल्पनाकार हर िअधिकारी बताउँछन्। भन्छन्, "विविध पक्षमा नेपाली विश्वविद्यालयले दिन नसकेका पढाइको पूर्ति गर्न खोज्दै छौँ।" कोर्सका कक्षाहरू नेपाली र अंग्रेजी भाषामा सञ्चालन हुने छन्।



परिकार : चिकेन पिटा

गहुँको रोटी (पिटा)मा पेरीपेरी सस हालेर गि्रल्ड गरिएको चिकेन राखेर तयार गरिने परिकार हो, चिकेन पिटा। दुवैतिर रोटीले छोपेर बनाइने चिकेन पिटाको स्वाद माइल्ड तर अलग खालको हुन्छ। गि्रल्ड गरएिको चिकेनलाई पिटामा राखेर केही बेर तावामा पकाएपछि यो परिकार तयार हुन्छ। स्वास्थ्यबर्द्धक यो पुर्तकाली परकिारको स्वाद लिन २ सय ५० रुपियाँ खर्चिनुपर्छ। चिकेन पिटासँगै चिप्ससमेत आउँछ। चिकेनको परकिार भए पनि शाकाहारी खान्कीजस्तो हुनु यसको विशेषता हो।





अचानक : 'डाक्टर भगवान् होइनन्’

महोत्तरी, साहदहका अञ्जनीकुमार झा, ४८, नेपाल चिकित्सक संघको हालै सम्पन्न महाधिवेशनबाट तीनवर्षे कार्यकालका लागि अध्यक्ष चुनिएका छन् । बीपी

कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनमा क्यान्सर विशेषज्ञका रूपमा कार्यरत झा दुई दशकयता चिकित्सा क्षेत्रमा छन् । झासँग गरिएको कुराकानी :



आफ्नो कार्यकालका चुनौती केलाई मान्नुभएको छ ?

पछिल्लो समय चिकित्सा क्षेत्रले थुप्रै खाले चुनौती झेल्नुपर्‍यो। चिकित्सकहरू आन्दोलित हुनुपर्‍यो। सेवाग्राही र चिकित्सकबीच दूरी बढिरहेको छ। राज्यसँग यो क्षेत्रलाई व्यवस्थित गर्ने योजनाको अभाव छ। यिनै विषयमा अघिल्ला समितिले उठाइरहेकै सवाललाई ठोस निष्कर्षमा पुर्‍याउने चुनौती मेरो टिमसामु छ।

चिकित्सक-सेवाग्राही दूरी बढ्नुको कारण के हो ?

हामीकहाँ अस्पताल पुगेपछि बिरामी निको भएरै र्फकनुपर्छ भन्ने ठानिन्छ। कहिलेकाहीँ हाम्रो अधिकतम पहलबीच पनि सम्भव नहुन सक्छ। डाक्टरहरू भगवान् होइनन्, त्यसैले गम्भीरता बुझ्दै नबुझी आ-आफ्ना फरक स्वार्थ जोडेर विरोध गरिहाल्नुहुँदैन। अर्कोतर्फ, हाम्रा पनि सीमितता छन्।

सीमितता भनेर केलाई इंगित गर्न खोज्नुभएको ?

एकातर्फ सरकारले चिकित्सकलाई दिने सेवा सुविधा अत्यन्त न्यून छ भने अर्कोतर्फ औसत बिरामीको अनुपातमा चिकित्सक संख्या न्यून छ। त्यसैले डाक्टरहरू बाह्य क्लिनिकमा समेत काम गर्न विवश छन्। दुर्गम क्षेत्रमा चिकित्सक पुगेनन् वा कम भए भन्ने गुनासो पनि छ। त्यहाँ डाक्टर पुग्दैमा सबथोक हुने होइन, अस्पतालको पूर्वाधारमा उत्तिकै चासो दिनुपर्छ।

सरकारका कमजोरी के के हुन् ?

मुख्य कुरा स्वास्थ्य क्षेत्रमा विनियोजन हुने झन्डै ६ प्रतिशत बजेट पर्याप्त छैन। संविधानमा यसलाई मौलिक अधिकारका रूपमा राख्दैमा आफ्नो दायित्व पूरा भएको ठान्नु हुँदैन।



- संयोजन : प्रदीप बस्याल

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]
अर्थ  [1]

सबै हेर्नुहोस् »

archive
विज्ञापन
Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar