सत्ताको साँचो स्वतन्त्र व्यक्तिलाई

राजनीतिक र संवैधानिक गतिरोध अन्त्य हुन्छ भने दलहरू स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउन राजी हुनुपर्छ । स्वतन्त्र व्यक्तिलाई सत्ताको साँचो दिँदा अबका दिनमा के के गर्ने भन्ने विषयमा पनि दलहरूबीच सहमति हुनुपर्छ । खासगरी, निर्वाचन, शासकीय स्वरूप र संघीयताजस्ता सुल्झन नसकेका विषयमा प्याकेजमा सहमति गरेपछि नयाँ प्रधानमन्त्रीको खोजी गर्दा थप समस्या आउने छैनन् ।

- हरि लामिछाने

 दुबई, यूएई





अक्षम नेता

स्वतन्त्र व्यक्तिको चक्कर फेरि सुरु भएछ (स्वतन्त्र प्रधानमन्त्रीको सम्भावना, २८ माघ)। यो चक्करले दुईवटा कुरा प्रस्ट पार्छ। एउटा, नेताहरूको अक्षमता र अर्को बाह्य प्रभावको गति। यी दुवै पक्षले नेपाली राजनीतिलाई फाइदा गर्दैन। नेताहरूले स्वतन्त्र व्यक्तिमा सहमति गर्दैमा अहिलेका मूल समस्या निमिट्यान्न हुन्छन् भन्ने छैन। समस्या नयाँ प्रधानमन्त्री चयनको हुँदै होइन। फेर िस्वतन्त्र व्यक्ति आएर सबै कुरा ठीक 'ट्रयाक'मा आउँछ भन्नु पनि एक प्रकारको भ्रम हो।

समस्या दलहरूबीचको विश्वासको हो। राजनीतिमा एक तहको विश्वासको वातावरण हुनैपर्छ। राष्ट्रिय मुद्दाहरूमा एकमत कायम हुनुपर्छ। त्यतिबेला बल्ल निकास निकाल्न सजिलो हुन्छ। अहिले त दलहरूबीच को कति बाह्य प्रभावमा पर्ने भन्ने होडबाजीजस्तो पो देखियो। पछिल्ला दिनमा आएको 'स्वतन्त्र व्यक्तिको खोजी' पनि कतै त्यही होडबाजीको परिणाम त होइन ?

- कञ्चन केसी

घट्टेकुलो, काठमाडौँ



- यो देशमा स्वतन्त्र व्यक्ति खोज्न त प्राथमिक विद्यालयहरूमा पुग्नुपर्छ। राजनीति र स्वार्थको प्रभावमा नपरेका बालबालिकाबाहेक यो देशमा जन्मेहुर्केका र समाजमा अगुवा भइटोपलेका व्यक्ति स्वतन्त्र छन् भन्नु हास्यास्पद कुरा हो। फेरि, व्यक्तिका हकमा लागू हुने स्वतन्त्रताको अर्थ के हो ? के स्वतन्त्र भनिएका व्यक्ति कुनै न कुनै शक्ति र स्वार्थका 'गोटी' हुँदैनन् ? यस्तै प्रश्नका कारण पनि नेपाली राजनीति सधैँ जनताको नजरबाट हेर्दा संशयको घेरामा परेको देखिन्छ।

- परिवर्तन कोइराला

सिड्नी, अस्ट्रेलिया



सेवाका नाममा मनपरी

उपत्यकामा रहेका दुव्र्यसनी सुधार केन्द्रबारे अझै धेरै भण्डाफोर हुन जरुरी छ (सुधागृहको व्यापार, २८ माघ)। समाजसेवाको नारा फलाक्दै खोलिएका यस्ता केन्द्रहरूले मनपरी रकम असुल्ने काम त गरेका छन् नै, त्यसमाथि केन्द्रभित्र हुने विभिन्न क्रियाकलाप पनि त्यत्तिकै लापरबाहीपूर्ण छन्।

विदेशमा सुधारगृहले दुव्र्यसनीलाई सुधार गर्न निश्चित निकायले अनुमोदन गरेको विधि अपनाउनुपर्ने हुन्छ। जस्तै : दुव्र्यसनीको स्वास्थ्य, उसको मनोविज्ञान र उसलाई सुधार्न गरनिे व्यवहारलाई समेटिएको 'दस्तावेज' त्यहाँको स्थानीय निकायले जारी गरेको हुन्छ। यस्ता केन्द्रहरूमा सोही निर्देशिका अनुसार व्यवहार हुनुपर्छ। तर, हामीकहाँ मनपरी हिसाबले दुव्र्यसनीमाथि व्यवहार हुने गरेको छ। केन्द्रमा दिइएको यातनाका कारण मृत्युको समाचार पनि त्यस्तै लापरबाहीको नमुना हो। त्यसैले पनि यस्ता सुधारगृहलाई सरकारले अनुगमनको दायरामा ल्याउनुपर्छ। सञ्चालकहरूलाई आवश्यक तालिम र ज्ञानको प्रबन्ध मिलाइदिनुपर्छ।

- सुरेश तामाङ

चाबहिल, काठमाडाँै



मर्कामा किसान

राज्यले नै यसरी पाखा पारेपछि कसरी कृषि क्षेत्रको प्रगति हुन्छ (उल्टो काम, २८ माघ) ? देशमा अझै पनि दुःख गरेर खेती गर्ने किसानहरू छन्। यस्ता किसानले गर्दा नै हामीले सुलभ तरकिाले खान पाइरहेका छौँ। ती किसानको अन्नपात किनिदिनुपर्ने संस्थाले भारतीय उत्पादनको बजार व्यवस्थापन र बिक्रीवितरण गर्नु लाजमर्दो कुरा हो। यस्तो काम तुरुन्त बन्द हुनुपर्छ।

- धनेश्वर चापागाईं

कपिलवस्तु



प्रेरणाको सन्देश

अनुप काफ्लेको मिहिनेत र समर्पण सबै युवाका निम्ति खुला पाठ हो (सपना पछ्याउँदै, २८ माघ)। अनुपको सफलताले कुनै न कुनै रूपमा आफ्नो लक्ष्य प्राप्तिका लागि अभिप्रेरति गर्छ। अर्को कुरा के पनि देखाउँछ भने नेपाली युवा संसारको जुनसुकै देश र परिस्थितिमा पनि काम गर्न सक्षम छन्। भाषा भन्ने कुरा अब ठूलो कुरा रहेन। हामीले पनि बनाउन सक्छौँ। तर, त्यसका लागि श्रम गर्न तयार भने हुनुपर्छ।

- रामशरण विक

पाल्पा

मन छुने आदर्श

राजधानीको सुविधा र अवसर छाडेर डोल्पाजस्तो दुर्गम क्षेत्र पुगी बालबालिका पढाइरहेका विनोद शाहीलाई सलाम (डोल्पा प्रेमी, २८ माघ)। उनले भनेजस्तै मान्छेहरू थोत्रो मैलो लगाउँदैमा असभ्य हुने होइन, बरू हृदय सफा भयो भने सभ्य हुन्छ। विनोदको यस्तो आदर्शले मन छोयो।

अर्को कुरा, सामग्रीमा उल्लेख भएको स्थान उल्टो परेछ। डोल्पाको सदरमुकाम जुफाल होइन, दुनै बजार हो। जुफाल त एयरपोर्ट मात्र हो, जहाँबाट करबि दुई घन्टा हिँडेपछि मात्र सदरमुकाम पुगिन्छ।

- आरबी गुरुङ

धादिङ



'स्वतन्त्र’ बिचौलिया !

देशमा बुद्धिजीवीहरूको व्यवहार देख्दा दया लाग्छ (ट्रयाक १.५, राजनीतिको परनिर्भर बाटो, २१ माघ)। दातृ निकायले दिएको डलरको ध्वाँस देखाएर पनि राजनीतिक समस्या समाधान गर्न सकिन्छ ? यतिसम्म कि दमननाथ ढुंगानाजस्ता राजनीति, मानव अधिकार र स्वतन्त्रता बुझेका व्यक्तिले समेत त्यस्तै रंग-ढंगको कुरा गर्नु दुःखदायी कुरा हो। जसले जे भने पनि नेपालको राजनीति बिग्रेको नै यस्तै सोच र व्यक्तिहरूको प्रभावका कारण हो। संविधानसभा विघटन हुनु र संविधान बन्न नसक्नुको जिम्मेवारी यस्तै बिचौलियाहरूले लिनुपर्छ।

- दीपक

गुल्मी



स्वाभाविक चेतावनी

राष्ट्रपतिलाई अप्ठ्यारोमा पारेर दलहरूलाई कुनै फाइदा छैन (बल दलहरूकै कोर्टमा, २१ माघ)। संविधानको संरक्षकका नाताले उनले जेजति गरे, त्यो ठीकै थियो। दलहरूलाई सहमति गर भनेर झकझकाउनु उनको कर्तव्य पनि हो। त्यसैले राष्ट्रपति सक्रिय हुन खोजे भन्दै दलका नेताले खुट्टो उचाल्न सुहाउँदैन। राष्ट्रपतिको चेतावनीलाई स्वाभाविक रूपमा लिएमा मात्र दलहरूको कल्याण हुन्छ।

- दामोदर पौडेल

दोहा, कतार



सही प्रविधि, गलत प्रयोग

डा अरुणा उप्रेतीको लेखले सामाजिक सञ्जालमा एक प्रकारको बहस चलायो (प्याकेटमा मन्दविष, ७ माघ)। कतिपयले उक्त लेखको खुलेर विरोध मात्र गरेनन्, डा उप्रेतीलाई सल्लाह, सुझाव पनि दिए।

सम्बन्धित विषयमा अध्ययन र अनुभवका आधारमा म उप्रेतीको लेखका केही बुँदाप्रति सकारात्मक छु। जस्तो : चाउचाउलाई जंक फुडको रूपमा चित्रण गरनिु ठीकै हो। चाउचाउ होइन, चिजबल्स, चिप्स, कोला (सोडायुक्त पेय पदार्थ) आदि सबै जंकफुड नै हुन्। चिल्लो पदार्थ, चिनी, नुन तथा क्यालोरी (शक्ति) प्रचुर भए पनि पौष्टिक तत्त्व नगण्य हुने खाद्य पदार्थ नै जंक फुड हो। यस्ता खाद्य पदार्थको सेवनले बालबालिकाको स्वास्थ्यमा अवश्य नै प्रतिकूल असर पर्छ।

तथापि, लेखमा चाउचाउ बनाउने प्रविधिको जुन व्याख्या गरिएको छ, त्यो गलत छ। चाउचाउ बनाउँदा कुहिएको, ढुसी परेको, कीरासँग पिसिएको, जुत्ताले कुल्चिएको पिठो प्रयोग गरिएको कुरा उहाँलाई कुनै चाउचाउ उद्योगको भ्रमणपछि प्राप्त भएको हुन सक्छ। साथै, यस्ता उद्योगका बारेमा (नाम, ठेगानासहित) सरोकारवाला सरकारी एवं गैरसरकारी संघसंस्थालाई जानकारी दिएर एक असल नागरकिको कर्तव्य निर्वाह गरेको पनि हुन सक्छ। त्यसो होइन भने उक्त लेखमा उल्लेख भएको सूचनालाई केका आधारमा सत्य मान्ने ?

मैले झन्डै सबै ठूला तथा केही मझौला एवं साना चाउचाउ उद्योगको भ्रमण गरेको छु। ठूला र केही मझौला उद्योगहरूले उत्पादनका लागि प्रायः अन्तर्राष्ट्रिय मापदण्डका प्रविधि अपनाएका छन्। त्यस्ता उद्योगहरू विभिन्न संघसंस्थाद्वारा अनुगमन गरन्िछन्। बाँकी उद्योगहरूलाई पनि नेपालका सरोकारवाला विभिन्न सरकारी तथा गैरसरकारी संस्थाद्वारा नियमित अनुगमन, कारबाही, सल्लाह र सुझाव प्रदान गरँिदै आएको छ। तसर्थ, उद्योगहरूले चाउचाउ उत्पादनका क्रममा अत्यन्तै न्यून स्तरको कच्चापदार्थ एवं प्रविधि प्रयोग गर्छन् भन्नु हावादारी कुरा मात्र हुन्छ।  

सस्तो र सुुलभ उपलब्ध हुने तथा आकर्षक उपहार पाउने लोभमा चाउचाउजस्ता खाजाप्रति स्कुले बालबालिकाको झुकाव बढ्दै जानु भने राम्रो होइन। डा उप्रेतीले भनेजस्तै परम्परागत खाजा लोप हुँदै गइरहेको अवस्थामा चाउचाउको उपयोग बालबालिकामा कुपोषणको अवस्था सिर्जना गर्ने कारक तत्त्व बन्न पुगेको छ। चाउचाउको उपयोगले बालबालिकाको दैनिक आहारमा असन्तुलन ल्याएको छ। चाउचाउमा भएको चिल्लो पदार्थ, मैदा र मसलाले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पाररिहेको छ।

- अतुल उपाध्याय

इमेलबाट





मानसिक रोग

धूर्त एक नेता छन्, छिनमै कुरो फेर्छन्

मान्छे देख्दै खाइलाग्दा ठोसे ठोसे जुँगा छन्।



अस्ति भन्थे 'त्याग गर्छौं' हिजो भने 'त्याग्दैनौँ'

बिहान भने 'आऊ मिलौँ' दिउँसो भने 'मिल्दैनौँ'।



काठमाडौँमा बोल्दैथे 'छाड्छौँ सत्ता' भन्दैथे

पूर्व पुगी 'को सक्छ हामीलाई फाल्न ?' भन्दैथे।



पश्चिम पुगे भन्दिए 'छिट्टै चुनाव गराउँछौँ'

उत्तर गए कुर्लिए 'पच्चीस वर्ष चलाउँछौँ'।



रेडियोलाई बताए 'पुनःस्थापन ठीक हुन्छ'

पत्रिकालाई बताए 'जेठमै चुनाव गरन्िछ'।



न बोलीको ठेगान भो, न भो नैतिक इमान

देशमा आगो झोसेर हात सेकाउने बेइमान।



माछा देखे कुरमा हात, साँप देखे बाहिर हात

देशको अहित गर्नेलाई लाग्नुपर्छ साढेसात।



सरकारमा नि यिनै छन् सडकमा नि यिनै छन्

यिनले जस्तो मजाक गर्न सक्ने कुनै छन् ?



साँचो हो कि ठट्टा हो कथा हो कि जोक हो ?

देशवासीले ठम्याए 'मानसिक रोग हो'।

- कृष्ण कुम्पुरे, धादिङ

(नाकमा दम, १४ माघ पढेपछि)

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar