उज्यालो बाटोमा

काठमाडौँ कस्तो छ ? प्रतीक्षा चापागाईं, २४, लाई थाहा छैन। तर, उनको दिमागमा काठमाडौँलाई सुन्दर बनाउने उपाय खेलिरहेका छन्। त्यसैले त कान्तिपुर टेलिभिजनका लागि त्यही विषयको रपिोर्टिङ्मा भिडिरहेकी छन्। कम्प्युटरअगाडि बसेर योजना बनाउनेदेखि प्रोड्युसर र क्यामेरा पर्सनका साथ फिल्डमै पुगेर काम गरेको देख्दा उनका सहकर्मीहरू छक्क पर्छन्। स्त्रिmप्ट लेख्नेदेखि त्यसमा स्वर दिने कामसमेत उनकै जिम्मामा छ।

जन्मजात दृष्टिविहीन हुन्, प्रतीक्षा। काठमाडौँको ल्याबोरेटरी स्कुलबाट एसएलसी सकेपछि उनी उच्च शिक्षाका लागि भारत हान्निइन्। दिल्ली विश्वविद्यालयको लेडी श्रीराम कलेज हुँदै जवाहरलाल नेहरु विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर सकिन्। नेपाल फर्केपछि भने उनलाई यहाँ दिक्क लाग्न थाल्यो। योग्यता र क्षमता भए पनि कामका लागि प्रयास गरेकामध्ये थुप्रै ठाउँबाट उनी

अस्वीकृत भइन्।

कामका लागि उनी कहाँ गइनन् ? काठमाडौँका कलेजहरू चहारनि्, पत्रिकामा आउने जागिरका विज्ञापन पछ्याउँदै थुप्रै संघसंस्था धाइन्। उनलाई देखेर सबै छक्क पर्थे। प्रशंसा गर्नसमेत छुटाउँदैनथे। उनी दृष्टिविहीन भएकै कारण जागिर दिन भने कसैले चाहेनन्। भन्छिन्, "अपांगतासम्बन्धी काम गर्ने संस्थाहरूसमेत यो रोगबाट मुक्त छैनन्।" एक दिन गुनासो पोख्न कान्तिपुर टेलिभिजनका भूषण दाहालसम्म पुगिन् उनी। भन्छिन्, "उहाँले मेरो समस्या मात्र सुन्नुभएन, इन्टर्न गर्ने अवसरसमेत दिनुभयो।" यसरी उनी अहिले पत्रकारितामा आइपुगेकी छन्।

एकातर्फ साहित्यकी विद्यार्थी र अर्कोतर्फ आध्यात्मिक सोचाइ। यसले उनलाई भित्रभित्रै बलियो बनाएको छ। भारतमा रहँदा उनी श्री आशुतोष महाराजजीको समीपमा रहिन्। गुरुजीको भनाइ सम्भिmन्छिन्, "उज्यालोका लागि दृष्टि नै चाहिन्छ भन्ने छैन। लक्ष्य छ भने जीवन त्यसै उज्यालो भइदिन्छ।"

कान्तिपुर टेलिभिजनमा गररिहेका केही कामले समेत उनको उत्साह र सामथ्र्य राम्रोसँग झल्काउँछ। उनले सहर अपांगमैत्री नहुँदा दिनभरमा फरक-फरक अपांगता भएका व्यक्तिले कस्ताकस्ता समस्या झेलिरहेका हुन्छन् भन्ने विषयमा काम गरनि्। काठमाडौँको सडक विस्तारको गति सुस्त हुँदा यात्रु, सडक व्यापारी, गाडी चालकजस्ता थुप्रैले झेलेका सास्तीदेखि खाद्यगुणस्तरको सवालसमेत उठाएकी छन्। भन्छिन्, "टिम र सहकर्मी राम्रो भइदियो भने दृष्टि ठूलो समस्या होइन भन्ने लाग्न थालेको छ।"

उनको भनाइमा, अपांगता भनेको सबलांग व्यक्तिको तुलनामा हुने थोरै मात्र भिन्नता हो। अपांग जीवन पनि सुन्दर तरिकाले बाँच्न सकिन्छ। "त्यसका लागि अभिभावकले थुप्रै एक्सपेरमिेन्ट्स गर्नुपर्छ," उनी एलएलसीका बेला आफ्ना आमाबुबाले पुर्‍याएको सहयोग सम्भिmन्छिन्, "आमाले पूरै किताब डिक्टेट गरिदिनुहुन्थ्यो भने बुबाले आमालाई फुर्सद मिलाउन खाना पकाउनुहुन्थ्यो।" आमाबुबाको विश्वासले गर्दा नै दृष्टिविहीन भएर पनि विरानो सहरमा एक्लै होस्टेल बसेर सात वर्ष काटिन्। उनको दिनचर्या कम्प्युटरकै सहायताले बित्छ। साधारण कम्प्युटरमै स्त्रिmन रिडिङ् सफ्टवेर 'जज'को प्रयोगले उनको बाह्य दुनियाँसँग सम्पर्क छ। भारतको आस्था च्यानलमा उनले आध्यात्मिक शक्तिबारे चारपटक प्रवचन दिइसकेकी छन्। सहारा च्यानलले त उनको अन्तर्वार्ता नै लिएको थियो।

बेलाबखत धेरैले उनलाई पीएचडीका लागि विदेश जान सुझाउँछन्। उनलाई भने अब बिदेसिन मन छैन। मन छ त देशभित्रै केही योगदान दिने। उनलाई पत्रकारितामै सक्दो क्रियाशील हुन मन छ। शिक्षा, धर्म, दर्शनजस्ता आफ्ना रुचिका विषयमा रिपोर्टिङ् गर्ने धोको छ। भन्छिन्, "कहिलेकाहीँ लाग्छ, आफूभन्दा पनि राष्ट्रियताका कारण आफ्नो संसारमा रमाउन बाधा पुगेको छ।"

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

  • Nepal Weekly - Issue No. 587

    अंक: ५८७ | २०७० चैत्र २

प्रदीप बस्यालद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar