रेखा थापाको वर्ण हल्का कालो छ, यही कारणले उनलाई 'काली' भन्न मिल्छ। अमेरिका पुगेकी यी काली हिरोइनले आफ्नो वर्णकै नाम राखेर फिल्म बनाउने घोषणा गरनि्। काली शीर्षकमा बन्ने उनको फिल्मको निर्देशन हिमग्याप टासीले गर्ने भए भने स्त्रिmप्ट सञ्चारकर्मी अश्विनी कोइरालाले लेखिरहेका छन्। पतिसँग पर बसेकी रेखाले यो फिल्म आफ्नै लगानीमा बनाउने र त्यसमा पति छवि ओझाको कुनै भूमिका नहुने बताएकी छन्।
हाई लिभिङ्, सिम्पल थिंकिङ्
नामै सिम्पल, कुरा गर्ने शैली सिम्पल र व्यवहार पनि सिम्पल। यति भएर पनि सिम्पल खनालको हकमा एउटा अंग्रेजी भनाइ लागू नहोला, सिम्पल लिभिङ्, हाई थिंकिङ्। उनी अचेल फिल्ममा त देखिन्नन् नै, म्युजिक भिडियोहरूमा समेत उपस्थिति पातलिएको छ। कारण, उनले काठमाडौैँको नागपोखरीछेउमा रेडिमेड लुगा बेच्ने पसल खोलेकी छन्। निर्देशक प्रसन्न पौडेलसँगको वैवाहिक जीवन टुंगिएपछि केही समय विदेश हराएकी सिम्पलले सीतापाइलामा घर किनेकी छन्, सडकमा कार हाँकेर डुल्छिन् अनि मिडियामा भन्छिन्, "म ग्ल्यामर हिरोइन होइन। हाई लिभिङ्, सिम्पल थिंकिङ्।"
काखमा पि्रयंका
नयाँ पुस्ताका मोडल तथा सुन्दरीहरूका लागि माल्भिका सुब्बा दिदी नै हुन्। उनीपछिका नेपाल सुन्दरीहरू पनि उनलाई दिदी नै मान्छन्। ११ वर्षअघि मिस नेपालको पगरी गुथ्दा उनी २१ वर्षकी थिइन्। अहिले ३१ वर्षकी भइन्। ३० नकाटेका सुन्दरीहरूकी उनै दिदीले हालै एउटा कार्यक्रममा २००५ की मिस टिन नेपाल र अहिलेकी हिरोइन पि्रयंका कार्कीलाई काखमा राखिन्। दिदीको काखमा बस्न पाउँदा पि्रयंका त खुसी भइन् तर उनलाई उचाल्दा माल्भिकाको गानो पो गयो कि ?
दिलीप-तुलसी 'केमेस्ट्री’
दिलीप रायमाझी र तुलसी घिमिरेको जोडीले डेढ दशकअघि एउटा सुपरहिट फिल्म दिइसकेको छ, दर्पणछायाँ। त्यसपछि उनीहरूको सहकार्य देखियो, लहनामा। लहना चलेन, कम्बिनेसन फेल खायो। कलिउडमा सर्वाधिक सुपरहिट फिल्म दिएका तुलसी घिमिरे र रोमान्टिक हिरोको छवि बनाएका दिलीपको कम्बिनेसन एकपटक फेरि मौलाउँदै छ। यसपटक तुलसी घिमिरेकै निर्देशनमा बन्ने नयाँ फिल्ममा दिलीप रायमाझीले लगानी गर्दै छन्। फिल्मको नाम तय भइसकेको छैन। र, त्यसमा सुहाउने रोल भए मात्र आफूले अभिनय गर्ने दिलीपको भनाइ छ।
बराल निर्देशक
अनुप बराल निर्देशक नै हुन् तर नाटकका। अब फिल्म पनि निर्देशन गर्ने सुर कसिरहेका छन् उनले। फागुनबाट आरम्भ गरनिे फिल्मको नाम पनि उनले सुनाइसकेका छन्, फिटकिरी। भूषण दाहालको कागबेनीबाट फिल्मी चस्का लागेका पोखरेली बरालले त्यसपछि फाट्टफुट्ट फिल्म खेले। कुनैमा हिरो, कुनैमा भिलेन त कुनैमा अन्य चरत्रि। फिल्महरूले भन्दा बरालले नै बढी चर्चा कमाए। फिल्म खेलेर मात्र होइन, निर्देशन गरेर पनि उनी अझै चर्चित हुन खोज्दै छन्।
रुबीको आधी बाटो
मिस नेपाल भएपछि रुबी राणालाई फिल्ममा हिरोइन बनाउन चाहने निर्माता तथा निर्देशकहरूको अफर उनले मानिनन्। अलिकपछि अनमोल र भुतुक्कै भएँ निमा चारिित्रक भूमिका निर्वाह गरनि्। अहिले फेर िउनमा फिल्म खेल्ने भूत सवार भएको छ। तयार भइसकेको फिल्म अन्तरालमा उनले 'गेस्ट अपिरयिन्स' गरेकी छन्। सबिर श्रेष्ठले निर्देशन गररिहेको फिल्म आधी बाटोमा रुबीलाई मुख्य भूमिकामा देख्न पाइनेछ।
हिरोका प्यारा हिरो
फिल्म क्षेत्रमा दुई हिरो छन्, राजेश हमाल र सुशील क्षेत्री। यी दुई हिरोमा केही समानता छ, दुवैले आफूलाई कहिल्यै परविर्तन गरेनन्। न अभिनयमा, न व्यक्तित्वमा। दुवैले पर्दामा 'हे' गरेर गुन्डा थर्काए। फरक पनि छ, राजेश सुपरस्टार भए भने सुशील स्टार पनि हुन सकेनन्। सुशील राजेशलाई आफ्नो दाइसरह मान्छन्। उनी आफू राजेशको प्रशंसक भएको बताउँछन्। त्यसैले होला, एउटा फिल्मको सुटिङ्मा साथै रहेका राजेशलाई कुर्सीमा राखेर फ्यानले जसरी सुशीलले फोटो खिचाउँदै गरेको पनि देखियो।
हिरोइन रहर
रहरै त हो, अशिष्मा नकर्मीलाई पनि रहरै लागेछ फिल्मकी हिरोइन हुने। नाटक, म्युजिक भिडियो र नेपाल भाषाका फिल्महरू खेलेर पुगेनछ उनलाई। मूल प्रवाहकै फिल्म खेल्नुपर्ने रे! त्यसैले त अमेरिका पुगेर पाँच महिना अभिनयको विशेष कोर्स गरेर फर्केपछि उनले एकपछि अर्को फिल्म खेल्न थालेकी छन्। अन्तराल र सिक्स फिट लाइफपछि तोरी लाहुरेमा उनी भर्खरै हिरोइन भइन्। सधैँ हिरोइनहरूको अनिकाल भयो भन्ने फिल्मवालाहरू राम्री, अनुभवी र प्रशिक्षित हिरोइन पाएर खुसी भए त ?
तपाईंको प्रतिकृया