चल्तीका ग्याजेटहरू युवा पुस्तालाई लक्षित गर्दै बजारमा ल्याइन्छन्। तर, ग्याजेट्स नेपाल प्रालिले जेठो पुस्तालाई लक्षित गर्दै बर्ड मोबाइलको नयाँ मोडल बी १०१ बजारमा ल्याएको छ। बिनातार पनि एफएम सुन्न मिल्ने र किप्याड केही माथि उठेको हुने हुनाले उमेर छिप्पिसकेका र अत्याधुनिक प्रविधि चलाउन नजान्नेहरूलाई पनि यो मोबाइल चलाउन सजिलो हुने कम्पनीले जनाएको छ।
पूर्ण मल्टिमिडिया यो मोबाइलमा डिजिटल क्यामेरा, भिडियो प्लेयर, एमपीथ्री, एमपीफो, भिडियो रेकर्डिङ्, ब्लुटुथ, धूलो नछिर्ने किप्याड रहेको छ। अझ रमाइलो त के भने एकपटक चार्ज गरेपछि चार दिनसम्म यसको ब्याट्री टिक्ने दाबी कम्पनीको छ। १३ महिनाको वारेन्टी पाइने यस मोबाइलले चार जीबीसम्मको मेमोरी कार्ड सपोर्ट गर्छ। यो मोबाइल वृद्धवृद्धालाई मात्र होइन, युवा पुस्ताका लागि पनि उत्तिकै उपयुक्त भएको कम्पनीले जनाएको छ। बर्ड मोबाइलका अन्य ४५ मोडल बजारमा उपलब्ध छन्।
बजार-संक्षेप : आई लभ डियो
गत वर्ष फोटो अपलोड प्रतियोगिता सञ्चालन गरेको स्याकार ट्रेडिङ् कम्पनी प्रालिले आई लभ डियो प्रतियोगिताका नामबाट उक्त प्रतियोगितालाई दोस्रो चरणमा निरन्तरता दिएको छ।
प्रतियोगितामा भाग लिन सहभागीहरूले होन्डा डियोको साथमा एउटा फोटो खिचेर त्यसलाई होन्डा नेपालको फेसबुक पेज फेसबुकडटकम/होन्डानेपालमा अपलोड गर्नुपर्नेछ। सबैभन्दा बढी लाइक्स प्राप्त गर्ने फोटोधनी विजेताले २ लाख ३७ हजार रुपियाँ बराबरको हीराको औँठी प्राप्त गर्नेछन्।
कम्पनीका अनुसार प्रतियोगितामा महिला र पुरुष दुवैले समान रूपमा सहभागिता जनाउन सक्ने व्यवस्था मिलाइएको छ। आफ्नै होन्डा डियो नभएका र फेसबुक एकाउन्ट नै नभएकाले समेत प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्। प्रतियोगिताको अवधि ४५ दिन कायम गरएिको छ।
पोलोका डिजेल गाडी
लामो दूरीको यात्राका लागि उपयुक्त र राम्रो माइलेज दिने गाडीको खोजीमा हुनुहुन्छ? त्यसो हो भने हालसालै भक्सवागन गाडीको आधिकारकि विक्रेता पूजा इन्टरनेसनलले नेपाली बजारमा ल्याएको पोलो टीडीआई गाडी तपाईंका लागि उपयुक्त हुन सक्छ। यो पोलोको ब्रान्डको डिजेल भर्सन हो। सेप्टेम्बर २०११ मा यसकै पेट्रोल भर्सनमा बजारमा आएको थियो। यसका दुईथरी मोडल हाल बजारमा ल्याइएको हो, पोलो कम्र्फटलाइन र पोलो हाइलाइन। दुवै मोडलमा १२ सय सीसीको डिजेल इन्जिन रहेको छ। जर्मन प्रविधिबाट निर्मित यी आधुनिक मोडलका गाडीमा कम्पनीले दुई वर्षको अनलिमिटेड किलोमिटर्स वारेन्टीसमेत दिएको छ। कम्र्फटलाइन र हाइलाइनको मूल्य क्रमशः ३१ लाख ९० हजार र ३३ लाख ९० हजार रुपियाँ रहेको छ।
तपाईंको प्रतिकृया