कति छन् पाटेबाघ ?

  • नेपाल र भारतका सीमावर्ती संरक्षित क्षेत्रमा एकैपटक एउटै विधिबाट गणना

झन्डै १४ वर्षअघि शुक्लाफाँटा आरक्षमा पाटेबाघ (रोयल बंगाल टाइगर) गणना हुँदा वयस्क बाघको संख्या २७ थियो। बाघको पाइला (पगमार्क) र क्यामरा ट्रयापिङ् दुवै विधिबाट पहिलोपटक गणना हुँदा त्यति धेरै बाघ पाइएपछि शुक्लाफाँटा बाघको घना वासस्थान भएको नेपालकै संरक्षित क्षेत्रका रूपमा छ। ३ सय ५ वर्ग किलोमिटरमा फैलिएको शुक्लाफाँटा बाह्रसिंगाको पनि प्रमुख वासस्थान हो।

पछिल्ला वर्षहरूमा भने शुक्लाफाँटामा बाघको संख्या कम हुँदै गयो। सन् २००८ सम्म ६ देखि आठको संख्या स्थिर रहँदै आएकामा २०११ मा वयस्क बाघको संख्या १० पुग्यो। त्यतिबेला शुक्लाफाँटामा तीन भाले, ६ पोथी र एक लिंग पहिचान नभएको समेत १० वयस्क बाघ र दुई डमरु रहेको पत्ता लागेको आरक्ष प्रशासनको भनाइ छ।

यस वर्ष २२ माघमा शुक्लाफाँटा आरक्षमा पाटेबाघको क्यामरा ट्रयापिङ् प्रविधिबाट एकैपटक गणना सुरु भएको छ। वन तथा भूसंरक्षण मन्त्री यदुवंश झाले शुक्लाफाँटाको बर्कोला संरक्षित क्षेत्रनजिक गजरघाटमा एक कार्यक्रमका बीच बाघ गणना शुभारम्भ गरे।

यसपटक नेपाल र भारतका सीमावर्ती क्षेत्रका संरक्षित क्षेत्रमा एकैपटक एउटै विधिद्वारा बाघ गणना थालिएको छ। पाटेबाघको संख्याका अतिरत्तिm यसको विचरण घनत्व, आहार प्रजाति र समग्र पारििस्थकीय प्रणालीको सर्वे र अनुसन्धानसमेत हुनेछ।

"शुक्लाफाँटाको पाँच ब्लकमा चार वर्गकिलोमिटर क्षेत्रफललाई एक गि्रड कायम गरेर २ सय २३ गि्रडमा डेढ महिनासम्म बाघ गणना र आहारा प्रजातिको सर्वे हुनेछ," शुक्लाफाँटामै पहिले बाघ गणनामा संलग्न रहेका आरक्षका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मी भन्छन् । आरक्ष प्रशासन, राष्ट्रिय प्रकृति संरक्षण कोष र विश्व वन्यजन्तु कोषका समेत गरी २० जनाको प्राविधिक टोली गणना कार्यमा खटिएको छ।

बाघ ओहोरदोहोर गरेको पाइलाबाट पत्ता लगाइएको ठाउँमा कम्तीमा १५ दिनसम्म क्यामेरा राखिने रेग्मी बताउँछन्। "२००८ मा गरिएको गणनाको विधि र अहिलेको विधि एउटै हो," बाघ गणना तथा आहार प्रजाति अनुसन्धानमा संलग्न वल्र्ड वाइड फन्ड फर नेचर (डब्लूडब्लूएफ)की विज्ञ सविता मल्ल भन्छिन्, "पहिले संरक्षित क्षेत्रमै मात्र गणना र आहारमा अनुसन्धान सीमित थियो भने यसपटक यो फराकिलो भएको छ।"

शुक्लाफाँटा संरक्षित क्षेत्रसँगै चुरेदेखि कैलालीको वसन्ता र कञ्चनपुरको लालझाडी तथा चुरेफेदीको ब्रह्मदेवसम्म गणना र आहार प्रजातिको सर्वे गरिने मल्लको भनाइ छ। विश्वमै लोप हुने अवस्थामा पुगेको पाटेबाघ नेपालका विभिन्न संरक्षित क्षेत्रमा १ सय ७६ वटा रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको दाबी छ। विज्ञहरूका अनुसार एक शताब्दी पहिले विश्वमा एक लाखको संख्यामा रहेको अनुमान गरिएको पाटेबाघ हाल आएर ३ हजार २ सयको संख्यामा सीमित भइसकेको छ।

बाघका आठ उपप्रजातिमध्ये तीन उपप्रजाति (बाली, क्यास्पियन र जाभा) लोप भइसकेका छन् भने अमुर, सुमात्रा, साउथ चाइना, इन्डोचाइनिज र रोयल बंगालको अवस्था चिन्ताजनक छ।

चोरी सिकारी, वासस्थान विनाश र सिकार प्रजातिको अभावलाई बाघ विनाशको मुख्य कारण मानिएको छ। १३ मुलुकले बाघको संख्यालाई सन् २०२२ सम्म दोब्बर पार्ने लक्ष्यसहित संरक्षण कार्यक्रम सञ्चालन गररिहेका छन्। बंगलादेश, भुटान, बर्मा, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, लाओस, मलेसिया, नेपाल, रसिया, थाइल्यान्ड र भियतनाममा मात्र बाघका प्रजाति बाँकी छन्।

 

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

चित्रांग थापाद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar