भोक र भावना

कुनै पनि कुरा, दृश्य वा घटना आफँैमा महत्त्वपूर्ण वा महत्त्वहीन हुँदैनन्। गम्भीर वा फितलो, नियमित वा विशेष अनि संवेदनशील वा औसत भन्ने कुरा मानिसको हेराइ र बुझाइमा भर पर्छ। कहिलेकाहीँ कुनै कुराले मान्छेलाई खासै असर गर्दैन भने कहिलेकाहीँ त्यही कुरा निकै गहिरो, मन छुने र विचारोत्तेजक पनि हुन जाँदो रहेछ। कहिलेकाहीँ कुनै बेला खासै महत्त्व नदिएर पन्छाएको कुनै कुराले वर्षौंपछि स्मृतिका झ्यालढोका ह्वाङ्ग पारेर खोलिदिँदा त्यो कुराको अर्कै कोण मान्छेले देख्न थाल्दो रहेछ। मान्छे कुन परिवेशमा, कुन अवस्थामा, कुन वैचारकि वा मानसिक स्थितिमा हुन्छ, त्यसले उसको हेराइ र बुझाइलाई परिभाषित गर्दो रहेछ।

सम्झनाका टुक्राटाक्री पनि कुनै बेला काम लाग्छन् भनेर घरको कुनै कुनामा थन्क्याएर राखेको सामानजस्तै हुँदा रहेछन्। केही वर्षअघि बाटोमा देखिएको एउटा त्यस्तै घटना थियो। स्मृतिको कुनै अन्तरकुन्तरमा उपेक्षित भएर बसेको रहेछ त्यो घटना। माइतीघरबाट बबरमहलतिर मोडिने सडकको अर्धचन्द्राकार भागमा देखिएको त्यो पुरानो घटना आज लामो समयपछि फेरि ताजा भएको छ। एकाबिहानैको कुरा थियो। त्यस ठाउँमा भएका प्रशस्त रेस्टुराँमध्ये कुनै एकले बासी भएका, जूठा र अरू खानामा मिसाउनसमेत नमिल्ने अवस्थाका केही खानेकुरा प्लास्टिकको झोलामा पोको पारेर राती बाटोको छेउमा ल्याएर मिल्क्याएको रहेछ। झुत्रोमुत्रो लुगा लगाएको एक जना मानिस ती पोका खोतल्दै थियो र खान नमिल्ने भनेर मिल्क्याइएका ती खानाका अवशेष गमागम खाँदै थियो। उसलाई घीन पनि लागेको थिएन, कसैले देखेर के भन्ला भन्ने लाज पनि थिएन। ऊ आफ्नै सुरमा खान हुने-नहुने ती कुरा मजाले चपाइरहेको थियो।

केही बटुवाहरू उसलाई हेरेर जिल्ल पर्दै गइरहेका थिए। म पनि त्यसै गरी गएको थिएँ त्यतिबेला। तर, आज अचानक त्यो कुरा सम्झँदा सोच्न बाध्य भएको छु, तीमध्ये कति जनाले त्यसको पछाडिका कारण सोचेका थिए होलान् ? कति दिनको भोको थियो होला त्यो मान्छे ? सहन सक्नेसम्म भोक सहेर अति नभईकन त उसले बाटोमा मिल्क्याइएका ती अखाद्य पदार्थ अवश्य पनि खाएन होला ! त्यतिबेला त्यो मान्छेका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्नो भोको पेटमा जे भए पनि हाल्नु मात्र थियो। अरू सबै कुरा गौण थिए उसका लागि।

फलानोको यस्तो छ, मेरो यस्तो किन छैन ? म ढिस्कानोभन्दा कम हुनु हुँदैन। आफ्नो इज्जत हामी त्यस्ता कुराले धान्छ भन्ने भ्रममा रहन्छौँ। जब हामीसँग शक्ति हुन्छ, सत्ता हुन्छ, धन हुन्छ, हामी झनै वास्तविकताभन्दा पर हुन थाल्छौँ। हामी आफूलाई चाहिने भन्दा बढी कुरा चाहिएको ठान्छौँ र अरूलाई चाहिने भन्दा कम भए पुग्छ भन्ने सोच्छौँ। कस्तो अचम्मका छौँ हामी मान्छे भन्ने जात, अरू थोरैमा खुसी हुनुपर्ने, आफूलाई जति भए पनि नपुग्ने।

त्यसैले गर्दा जब कुनै मानिसले पाउनुपर्ने आधारभूत कुरा पनि पाउँदैन, त्यो मान्छे अरू कुराहरूलाई बिर्सेर जे पनि गर्न तयार हुन्छ। यो असमानता नै एउटा यस्तो कारण हो, जसले संसारमा वैमनस्यता, समर र वैचारकि द्वन्द्वको बीजारोपण गरिदिन्छ। मान्छे-मान्छेबीचमा खाडल खनिदिन्छ। पेटको भोकजस्तै मान्छेका अरू थुप्रै भोक हुन्छन्। ती भोक पनि पूरा भएन भने मान्छे विचलित हुन्छ। कुनै पनि भोकलाई एउटा निश्चित समयसम्म खप्न सके पनि अन्ततः मान्छेको नियन्त्रण हराउँछ। अनि, उसले त्यसका लागि कुनै पनि कुरा ग्रहण गर्न सक्छ।

स्वतन्त्रताको भोक पनि एउटा त्यस्तै भोक हो। मान्छे शारीरकि मात्र होइन, मानसिक रूपमा पनि स्वतन्त्र हुन चाहन्छ। उसलाई अभिव्यक्तिको पनि स्वतन्त्रता चाहिन्छ। उसको त्यो आवश्यकतालाई नबुझेर वा बुझपचाएर जब शासकहरू उसलाई भोकै राख्न थाल्छन्, कालान्तरमा त्यसको नकारात्मक परिणाम आउन सक्छ। स्वतन्त्रताका नाममा उच्छृंखलता र अनुशासनहीनतालाई ग्रहण गर्न थाल्छ मान्छे। त्यसै गरी, जसरी माथि उल्लेख गरिएको घटनाको पात्रले पेटको भोक सहन नसक्दा बाटोमा मिल्क्याइएका सडेगलेका खाना पनि चपाउन थालेको थियो।

राजनीतिक कुरा मात्र नगर्ने हो भने पनि मानिसमा माया, स्नेह, भावना र शरीरको पनि भोक हुन्छ। कुनै पनि मान्छेका वरपिरिका उसलाई प्रत्यक्ष असर गर्ने अरू मान्छेहरूले यस कुरामा ध्यान दिएनन् भने त्यसले पनि अवाञ्छित परिणामहरू निम्त्याउँछन्। सम्बन्धमा पर्ने असर त आफ्नै ठाउँमा छँदै छ, मान्छेको आत्मविश्वासलाई पनि हल्लाउन सक्छन् त्यस्ता भोकहरूले। अनि, त्यस्ता भोक शान्त गर्नका लागि मानिस भौँतारनि थाल्छ। त्यसरी भौँतारिनेका लागि एउटै कुरा मात्र महत्त्वपूर्ण हुन्छ। कहाँ र कसरी त्यो भोक शान्त गनूर््ू ! भौँतारिने क्रममा उसले सही वा गलत कुनै पनि स्थान भेट्न सक्छ। गर्न हुने वा नहुने कुनै पनि काम गर्न सक्छ। मानिस-मानिसबीचका बिगि्रएका सम्बन्धहरू यस्तै भोकले जन्माउने हुन्।

कुनै पनि भोकबाट सताइएका मानिसहरू भावनात्मक रूपमा बढी असुरक्षित हुन्छन्। उनीहरूबाट फाइदा उठाउन, उनीहरूलाई अलमल्याउन र आफ्नो स्वार्थका लागि प्रयोग गर्न सजिलो हुन्छ। किनभने, भोकले रन्थनिएको मानिसमा विवेक हुँदैन, भए पनि उसका लागि त्यो महत्त्वपूर्ण हुँदैन। उसको मगजमा त एउटै मात्र ध्येय हुन्छ, भोक मार्ने।

 

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

  • Nepal Weekly - Issue No. 587

    अंक: ५८७ | २०७० चैत्र २

ब्रजेशद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar