स्वतन्त्रभित्र षड्यन्त्र

हिजो विपक्षीहरूलाई प्रधानमन्त्रीको उम्मेदवार देऊ भन्ने एकीकृत नेकपा माओवादी अहिले पुरानै भाषा दोहोर्‍याउँदै स्वतन्त्र प्रधानमन्त्रीको कुरा धूमधामसँग उठाइरहेको छ। यो घुमाउरो रूपमा दलीय पद्धति समाप्त पार्ने षड्यन्त्र हो। किनभने, सुशील कोइरालालाई सर्वसम्मत रूपमा अगाडि सारेपछि स्वतन्त्रको षड्यन्त्र दोहोर्‍याइएको छ। स्वतन्त्र आवरणको सरकारभित्रको निहितार्थ पुष्पकमल दाहाल 'प्रचण्ड', बाबुराम भट्टराईदेखि कमल थापासम्मले उठाउनुपछाडिको उद्देश्य के हो ? र, यसको

नाभि कहाँ छ ?

खासमा यतिखेर २०३३ सालमा बीपी कोइरालालाई जसरी घेराबन्दी गरिएको थियो, सुशीललाई त्यसरी नै समाप्त पार्ने रणनीति कार्यान्वित हुँदै छ। यसका पछाडि देशी-विदेशी षड्यन्त्र र आन्तरकि रूपमा एक परम्परागत शक्तिको पनि साथ रहेको छ। यही कारण हो, प्रचण्ड र बाबुरामले १० वर्ष सत्ता नछाड्ने र सहमतिमा नआए कांग्रेस समाप्त हुने धम्की दिइरहेका छन्। ०३६ मा यसैगरी बीपीलाई फाँसीको धम्की दिइएको थियो। नत्थी लगाएर जेठमा चुनाव गराउने बाबुरामको धम्की तत्कालीन राजा ज्ञानेन्द्रले '१९ माघ'मा सेनालाई अघि सारेर चुनाव गराउँदै कब्जा गर्ने रणनीतिजस्तै हो। स्वतन्त्र चुनावी नेतृत्व भन्दै विपक्षीहरूलाई एउटै बास्केटमा हालेर तराईमा क्षेत्रीयतावादीको आडमा र पहाडमा प्रगतिशील शक्तिलाई किनारा लगाउने बृहत् रणनीति अन्तर्गत अहिलेको षड्यन्त्र आएको छ। स्वतन्त्रको आवरणमा प्रजातान्त्रिक पद्धतिलाई ध्वंस गर्दै मुलुकलाई अस्थिरतामा राखेर हमिद कारजाई बन्ने प्रचण्ड-बाबुराम रणनीतिको पर्दापछाडि डलरवादी नागरकि समाज र सबै शक्तिको नेतृत्वमा घूसपैठहरू छन्।

सुशील कुनै हालतमा हुँदैनन् भने गिरजिाप्रसाद कोइरालाचाहिँ महान् कसरी हुन्छन् ? सुशीललाई १२ बुँदे समझदारीविरोधी भन्नेले राष्ट्रपतिको निर्वाचनमा कसको आडभरोसामा गिरिजाप्रसादलाई रोकेका थिए ? के यसको जवाफ गिरिजाप्रसाद महान्, सुशील खराब भन्ने प्रचण्ड-बाबुरामले दिन सक्छन् ? त्यतिबेला गिरिजाप्रसादलाई राष्ट्रपतिमा रोक्ने शक्ति नै अहिले सुशीललाई रोक्न लागेको छ। र, सतहमा चाहिँ एमाओवादी अगाडि देखिएको छ। यो रणनीति कांग्रेसलाई फसाएर पश्चिमा रणनीतिसाथ सेनाको साथ लिएर सत्ता लम्ब्याउने चाल मात्र हो। स्वतन्त्र चुनावी सरकार त्यसैको अर्को पाटो हो र कांग्रेसले यो कुरा समयमै बुझ्न जरुरी छ। किनभने, हिजो कांग्रेसबाट राजनीतिक 'करअिर' बनाएर देशी/विदेशी प्रतिक्रियावादी डिजाइनमा तथाकथित मधेसी गुटहरू जन्माएकाहरूले कांग्रेसलाई प्रजा परिषद बनाउने र सुशीललाई रामहरि शर्मा बनाउने धम्कीका पछाडिको अर्थ नबुझे कांगे्रस मात्र होइन, मुलुक नै समाप्त हुनेछ।

पछिल्लो चरणमा विपक्षी मोर्चाका तर्फबाट सुशीललाई अगाडि सारिएपछि प्रचण्ड माधव नेपालकहाँ पुगे र सुशीलको विकल्पमा विपक्षी मोर्चाबाट वैकल्पिक पात्रको पासो फाले। एमाले पदाधिकारी बैठकमा नेपालले प्रचण्डले चाहेजस्तै सुशीलको पक्षमा सहमति नभए विकल्प खोज्नुपर्ने प्रस्ताव गरे। यसलाई षड्यन्त्र भन्दै केपी ओलीले अडान लिएपछि प्रचण्डको चालबाजी असफल हुन पुग्यो। त्यसपछि प्रचण्ड-बाबुरामले मधेसी मोर्चाबाट प्रधानमन्त्री स्वीकार्ने कार्ड फाले, विजय गच्छदार र महन्थ ठाकुरको नाम लिएर। त्यसमा पनि असफल बनेपछि अब न्यायमूर्तिका नाममा अर्को अस्त्र फ्याँकिएको बुझ्न कठिन छैन।

यो स्थितिमा कांग्रेस र विपक्षी मोर्चा प्रस्टसाथ आउन जरुरी छ। मोही माग्ने ढुंग्रो लुकाउने अस्पष्टताले अतिवादीहरूलाई खेल्न सजिलो बनेको छ। यसकारण अबको विकल्प वर्तमान उग्रवाम र अतिदक्षिणपन्थी सत्ताको विस्थापन हो। त्यसका लागि राष्ट्रपतिले अन्तरमि संविधानको विघटनको निर्णय लिँदै ०४६ सालमा जस्तै सर्वदलीय राष्ट्रिय अन्तरमि सरकार, प्रतिनिधिसभा निर्वाचन, संविधान निर्माण आयोग, संविधानको मस्यौदा निर्माण र प्रतिनिधिसभालाई संविधानसभामा परिणत गर्दै अनुमोदन नै अबको विकल्प हो। संविधानसभाको विघटनपछि वर्तमान अवस्थामा राजकीय सत्ताको शक्ति स्वतः राष्ट्राध्यक्ष हो। ०५८ मा निर्वाचन गराउन नसकेर थप समय माग्दा जसरी शेरबहादुर देउवा सरकारले आफ्नो औचित्य गुमाउन पुग्यो, ठीक त्यसरी नै दुईपटक चुनावको घोषणा गरेर पनि त्यसमा असफल भएपछि वर्तमान काम चलाउ सरकारले वैधानिक र नैतिक हैसियत गुमाइसकेको छ। तथापि, वर्तमान अवस्था ०५८ को जस्तो नभएर संक्रमणकालीन हो।

यस स्थितिमा स्वतन्त्र व्यक्ति नेतृत्वको चुनावी सरकारको आवरणमा संविधानसभाको विघटनपछि औचित्य गुमाएको अन्तरमि संविधानको धारा होइन, राजकीय शक्तिको स्रोत स्वयं राष्ट्रपति हो। यसकारण प्रचण्ड चालबाजीमा कांग्रेससहितको विपक्षी नेतृत्व जानाजान फस्नु आत्मघाती मात्र हुने छैन, मुलुक स्वयं नयाँ अफगानी संस्करणमा फस्नेछ। यस अवस्थामा सबै देशभक्त, राष्ट्रवादी, वामपन्थी, गणतन्त्रवादीहरू एकढिक्का हुँदै षड्यन्त्र चिर्न अनिवार्य छ।

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

  • Nepal Weekly - Issue No. 587

    अंक: ५८७ | २०७० चैत्र २

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar