वाम आन्दोलन कता ?

  • कलह र विभाजनमै अलमलिएका कारण सिंगो वाम आन्दोलन दिशाहीन

२५ पुसदेखि राजधानीमा जारी नेकपा-माओवादीको महाधिवेशनमा प्रस्तुत अध्यक्ष मोहन वैद्यको प्रतिवेदनका शब्दावली अमूर्त भएकामा अधिकांश कार्यकर्ताले असन्तुष्टि मात्र जनाएनन्, स्पष्ट कार्यदिशा दिन नसक्ने हो भने एकीकृत नेकपा माओवादीबाट विभाजित हुनुको औचित्य नरहेको टिप्पणी गरे। "अबको कार्यदिशा प्रचण्ड र बाबुराम (भट्टराई)को जस्तै धोकेबाज नै हुने हो भने छुट्टै पार्टी गठन गर्नुको अर्थ छैन," थारूवान राज्य समितिका इन्चार्ज देवीदत्त पाण्डेको भनाइ थियो।

वैद्य तिनै नेता हुन्, जो कुनै बेला देशव्यापी सशस्त्र संघर्ष चलाएको नेकपा -माओवादी)का प्रमुख सिद्धान्तकार मानिन्थे। उनी त्यतिखेर आफ्नो पार्टीको फौज, नेता र कार्यकर्ताको ठूलो पंक्तिलाई चित्त बुझाउने गरी दस्तावेज तयार गर्थे। र, त्यही दस्तावेज नै अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का लागि सजिलो साधन बन्थ्यो।

प्रचण्ड र बाबुरामले क्रान्तिलाई धोका दिएको र त्यो कार्यभार पू्रा गर्ने भन्दै वैद्यले गत असार पहिलो साता नेपाल प्रज्ञा प्रतिष्ठानको हलबाट नयाँ पार्टी घोषणा गरेका थिए। त्यही हलमा उनी अहिले कार्यकर्ताको प्रश्न खेपिरहेका छन्। 'क्रान्ति त गर्ने तर कुन बाटोबाट गर्ने हो कमरेड' भन्दै प्रचण्डबाट असन्तुष्ट कार्यकर्ताहरू वैद्यमाथि पेचिला प्रश्न तेस्र्याइरहेका छन्।

ठीक त्यही समयमा कोटेश्वरको पेरसिडाँडामा एकीकृत माओवादी अध्यक्ष प्रचण्डको अवस्था पनि वैद्यभन्दा फरक छैन। वैद्य पक्षसँग जान नचाहेका आफ्ना तत्कालीन केन्द्रीय सदस्यहरूलाई महाधिवेशन आयोजक कमिटीको संयोजकका हैसियतले प्रचण्ड जवाफ दिइरहेका छन्, "क्रान्तिलाई टुंगोमा पुर्‍याएर छाडिन्छ। संविधानसभा पुनःस्थापना नै अहिलेको समस्या समाधानको एक मात्र विकल्प हो। पुनःस्थापनाको पक्षमा दबाब सिर्जना गर्न पार्टी आन्दोलन गर्न पनि तयार रहनुपर्छ।"

एउटै परिवारले बालेका अलगअलग चुलोजस्ता लाग्ने पेरसिडाँडा र कमलादी भेलाबीच धेरै कुरामा समानता छ। सबैभन्दा उल्लेख्य पक्ष, यी दुवै पार्टीका नेताले व्यवहार एकथरी गर्नुपरेको छ र कार्यकर्तालाई क्रान्तिको गीत पनि सुनाइरहनुपरेको छ। यी समग्र घटनाक्रमलाई नजिकबाट नियालिरहेका वामपन्थी चिन्तक एवं समाजशास्त्रका प्राध्यापक चैतन्य मिश्रलाई नेताहरूले बाँडेका क्रान्तिका सपना सबै फजुल कुराजस्तो लाग्छ। "एक आन्दोलन, एक जनयुद्धले नेपाली युवाले बुझेको क्रान्तिको सपना पूरा गर्छु भन्नु पागलपन मात्रै हो," मिश्रको भनाइ छ, "आजको युगमा जबर्जस्ती राजनीति हत्याउँछु र एउटा पार्टीको प्राधिकार स्थापना गर्छु भन्ने झनै नसुहाउने कुरा हो।"

मिश्रकै भनाइमा, राजमार्ग नबनाउने, बतासे कुरा गर्ने र कार्यकर्ताहरूको चेतनालाई सधैँ अमूर्त शब्दावलीमा जकड्याइरहने नेपाली कम्युनिस्ट नेताहरूको पुरानै प्रवृत्ति हो। "मलाई त लाग्छ, सन् १९६० पछिका कुनै पनि पुस्तक र दस्तावेज यी नेताहरूले पढेकै छैनन्," निराश भावमा मिश्र भन्छन्, "यस्तो प्रवृत्तिले न पार्टीले गन्तव्य भेटाउँछ, न नेताको लोकपि्रयता बढ्छ, न कार्यकर्ताको अपेक्षा पूरा हुन्छ।"



क्रान्तिको धङधङी

मिश्रले भनेजस्तै आज सिंगो वामपन्थी आन्दोलन सिद्धान्तको विरोधाभासमा फसेका छन्। आजको विश्व सन्दर्भ, भूराजनीतिक अवस्था र नेपाली समाजको आवश्यकता अनुसार आफ्नो मार्गदर्शक सिद्धान्त र कार्यक्रमलाई अद्यावधिक गर्नै सकेका छैनन्। कुनै बेला रुसमा पानी पर्दा काठमाडौँमा छाता ओढ्ने भनेर आलोचित कम्युनिस्टहरूले आज पनि समाजवादको गन्तव्यसम्म पुग्ने भरपर्दो मार्गचित्र दिन सकिरहेका छैनन्। क्रान्ति, छलाङ, विद्रोह, सत्ताकब्जाजस्ता लोभलाग्दा नाराकै भरमा कार्यकर्तालाई आकषिर्त गर्ने पुरानै तरिका दोहोर्‍याइरहेका छन्। जुन कुरा आजका बुद्धिजीवीहरूलाई खोक्रा लाग्न थालिसकेका छन्। "श्रम शोषण भयो भनेर कराएर मात्रै हुँदैन। अर्काले खाइरहेको थुतेर पनि हुँदैन, आजको दुनियाँमा," मिश्र भन्छन्, "भोकै बस्नुभन्दा त थोरै भए पनि कमाएर खाएकै जाती हुन्छ। पुँजीवादी विकास गर्दै, श्रमिकलाई बचेखुचेको प्राक्पुँजीवादी श्रमसम्बन्धबाट मुक्त तुल्याउँदै, स्वतन्त्रता दिँदै, स्वास्थ्य, शिक्षा, सीप, रोजगारीसमेत प्रत्याभूत गर्दै क्रमशः समाजवादतिर लम्कने कि एकैचोटि छलाङ हान्ने ?"

समाजको तल्लो वर्गका लागि कल्याणकारी व्यवस्थासहितको खुला राजनीति र अर्थव्यवस्थाको विकल्प आज कम्युनिस्ट र गैरकम्युनिस्ट दुवै खेमाका राजनीतिक संगठनले दिन सकेका छैनन्। समाजको तल्लो वर्गलाई माथि उठाउन राज्यले हात दिन खोजे कसैले विरोध गर्न नसक्ला। हिँड्न सक्नेलाई दौडने तालिम, दौडन सक्नेलाई क्षमता अनुसार राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रतियोगितामा सामेल हुने वातावरण दिनु पनि राज्यको कर्तव्य होला। "समाजका विभेद, अन्याय, अत्याचार हटाउने उपाय यसरी खोजिनुपर्ने हो," मिश्रको बुझाइ छ, "तर, ती सबै एकैपटक, रातारात जादुको भरमा गर्छु भन्नु फजुल कुरा हुन्छ। त्यसैले पहिला गन्तव्यसम्म पुग्ने बाटो बनाउनुपर्छ।"

संसारमा कम्युनिस्ट पार्टीको पहिलो परकिल्पना यस्तो परिवेशमा भएको थियो, जहाँ उद्योगधन्दा एकदमै फस्टाएका थिए। तर, त्यहाँ काम गर्ने मजदुरहरूले गाँसवासकै समस्या झेल्नुपथ्र्यो। अनि, मजदुर र सर्वहारा वर्गको शासनको परकिल्पनासहितको राज्यव्यवस्थाको परकिल्पना गरयिो। एउटा मात्र कम्युनिस्ट पार्टी हुने र त्यसले राज्यसत्ता कब्जा गरेर स्रोत र सुविधाको समान वितरण गर्ने भनियो। त्यही पार्टीको झन्डामुनि सबै सर्वहारा एवं मजदुर वर्ग गोलबन्द हुनुपर्ने भयो। रुस, कम्बोडिया, भियतनाम, चीनलगायत केही मुलुकमा त्यो लागू पनि भयो। तर, चिनियाँ सांस्कृतिक क्रान्तिसम्म यही नै विश्व कम्युनिस्टको मूल चरत्रिका रूपमा रह्यो।

गोर्वाचोभको उदयपछाडि रुसले क्रान्तिपछि हिँड्न खोजेको बाटो परविर्तन गर्‍यो। चिनियाँ सांस्कृतिक क्रान्तिको बाटो पनि देङ् सियाओ पिङ्को आगमनपछि बदलियो। तर, दुवै माओवादी पार्टीबाट 'क्रान्ति'को धङधङी बाँकी नै छ। यो देखेर अर्को कम्युनिस्ट घटक नेकपा एमालेका नेताहरूलाई पनि अचम्मित तुल्याएको छ। "परम्परागत कम्युनिस्ट आन्दोलनको माध्यमबाट सत्ता स्थापना गर्ने काम विश्वव्यापी रूपमा अन्त्य भएको छ," एमाले केन्द्रीय सचिव शंकर पोखरेल भन्छन्, "आज प्रतिस्पर्धा, पहलकदमीका आधारमा वैधानिक ढंगले सत्ता प्राप्त गर्ने प्रक्रिया नै चलेका छन्। त्यसको सैद्धान्तिक आधार सबैभन्दा व्यवस्थित रूपमा मदन भण्डारीले उहिल्यै राखिसक्नुभएको हो। अहिले कतिपय मित्रहरू भण्डारीकै पथमा आइसके पनि खुला रूपमा भन्न लजाइरहनुभएको छ।"

राजनीतिक शक्ति आर्जन गर्न, क्षणिक लाभ हासिल गर्न वा जनमत र अन्य शक्तिलाई प्रभावित पार्न माओवादीलगायत कतिपय पार्टीले बेलाबखत सशस्त्र संघर्ष, जनयुद्ध भन्ने गरेका छन्। पोखरेल भन्छन्, "शक्ति आर्जनका लागि शान्तिपूर्ण प्रतिस्पर्धाभन्दा भिन्न बाटो हिँड्न पनि सक्छन्। तर, सत्तामा आफ्नो उपस्थिति वा सत्ता सञ्चालनको प्रक्रियामा उनीहरूको सहभागिता प्रतिस्पर्धाको बाटोबाहेक अन्य तरिकाले सहज छैन।"



कलहको कथा

एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य राम कार्की नेपाली वाम आन्दोलनलाई रकेटसँग तुलना गर्छन्। "रकेट अन्तरिक्षमा उड्दै जाँदा पछाडिको भाग खस्दै जान्छ," कार्की भन्छन्, "वाम संगठनको यात्रामा पनि हरेक चरणमा टुक्रिन्छ, एउटा-एउटा भाग र्झछ।" हुन पनि जब पार्टी गठन भयो, त्यसबेलादेखि अहिलेसम्म उनीहरूको अधिकांश समय कलहमै बित्दै आएको छ। पुष्पलाल, केशरजंग रायमाझी र मनमोहन अधिकारीबीच सुरुदेखि नै कचिंगल चल्यो। पुष्पलाललाई नेतृत्वबाट बिदा गरी नवागन्तुकहरूले पहिलो अधिवेशन आयोजना गरे। अधिकारी र पुष्पलालबीचको मतभेदका कारण रायमाझी लामो समय नेतृत्वमा रहने अवस्था आयो। दोस्रो महाधिवेशनले रायमाझीको विचार अस्वीकृत भए पनि नेतृत्वमा उनै पुगे। पुष्पलाल र अरू क्रान्तिकारी युवाको विचारलाई उनले सम्बोधन गर्ने आवश्यकता देखेनन्। गणतन्त्र र संवैधानिक राजतन्त्रकै विवादमा धेरै समय अलमलियो। रायमाझीले राजा महेन्द्रको ०१७ सालको कूको समर्थन गरे। त्यसपछि पार्टी झनै बेवारिसे भयो।

पुराना नेताहरूका अनुसार तेस्रो महाधिवेशनमा तुलसीलाल अमात्य नेतृत्वमा पुगे। तुलसीलाल र पुष्पलालबीच पनि राम्रो सम्बन्ध रहेन। पुष्पलाल चिनियाँ सांस्कृतिक क्रान्तिसँग निकटता देखाउँथे भने तुलसीलाल रुसप्रति। त्यस अन्तरद्वन्द्वमा पार्टी एक प्रकारले पक्षाघातग्रस्त जस्तै भयो। त्यसपछि पुष्पलालले पार्टी पुनःगठन गरे। त्यसमा पनि दुई खालका प्रवृत्ति देखापरे, पुष्पलाललाई साथ दिने र उनलाई गलहत्याउन खोज्ने। पुष्पलाललाई विस्थापित गर्ने अभियानको नेतृत्वकर्ता मोहनविक्रम सिंह देखा परे। उनले पुष्पलाललाई त्यतिखेर गद्दार घोषणा गरेका थिए। पछि मोहनविक्रमले नेकपा चौम (चौथो महाधिवेशन) गठन गरे। पुष्पलाल र मोहनविक्रमसँग असन्तुष्ट युवाहरूले ०२८ सालमा झापा विद्रोह सुरु गरे। चिनियाँ सांस्कृतिक क्रान्ति र भारतको नक्सलवादी आन्दोलनबाट प्रभावित भएका ती युवाहरूको अभियान नै आजको नेकपा एमालेको जग हो, जुन ०४७ सम्म नेकपा मालेका नामले परिचित थियो।

अहिले पनि कम्तीमा १६ वटा कम्युनिस्ट पार्टी अस्तित्वमा छन्। भूमिगतकाल होस् वा खुला राजनीति, कम्युनिस्टहरूको साझा रोग भनेको कलह र विभाजन बन्दै आएको छ। त्यसैले ठूलो जनमतको प्रतिनिधित्व गर्न सक्ने भए पनि प्रभावकारी नीति र कार्यक्रमका माध्यमबाट आफ्नो राजनीतिक दर्शन स्थापित गर्न सकेका छैनन्। संविधानसभामा ६७ प्रतिशत उपस्थिति भएका कम्युनिस्टहरूले सत्तामा छँदा एउटा कुरा र सडकमा पुग्दा अर्कै कुरा गर्नमै धेरै समय बिताए। अहिले पनि उनीहरू राजनीतिक दर्शन र व्यवहारबीच तालमेल देखाउन सकिरहेका छैनन्। फलस्वरूप विभाजनमाथि विभाजनको मार खेपिरहेका छन्।



वाम विचलन

रुसी समाजमा आधारति भएर गरएिका क्रान्तिको हुबहु सपना यहाँका कम्युनिस्टले देखे। त्यस्तै सपना कार्यकर्तालाई बाँडे। त्यस्तो सम्भावना दुरुह रहेको थाहा पाउँदा पनि सत्य कुरा बताएनन्। नेपाली कम्युनिस्ट आन्दोलन कहिले सुधारवादी धार हुँदै दक्षिणपन्थको सेवा गर्न पुग्यो, कहिले त्यसका विरुद्ध लाग्न खोज्दा उग्रवामपन्थतिर भड्कयो। रायमाझीको राजावादी रुझान र झापालीहरूको वर्गशत्रु खत्तम आन्दोलन यसैका उदाहरण थिए।

नेकपा मालेमा मदन भण्डारीले जनताको बहुदलीय जनवादको नयाँ कार्यक्रम ल्याएपछि भने नेपाली वामपन्थी आन्दोलनले नयाँ मोड लियो। झापा विद्रोहको पृष्ठभूमिबाट उठेको कम्युनिस्ट पार्टीलाई शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा सामेल हुनका लागि सैद्धान्तिक आधार दिए। तर, चौथो महाधिवेशनबाट छुट्टिएका मोहनविक्रम सिंहलगायतको समूहबाट माओवादी जन्मिए। "माओवादीले जनयुद्ध आरम्भ गर्न सुरुमा संसदीय व्यवस्थाविरुद्ध राजतन्त्रको असन्तुष्टिलाई प्रयोग गरे," एमाले सचिव पोखरेलको विश्लेषण छ, "त्यसपछि उनीहरूले नेपालको राष्ट्रवादी संविधानका विरुद्ध विदेशी शासकहरूको समर्थनमा फस्टाए। पछिल्लो समयमा त बाह्य भूमिका ज्यादा निणर्ायक रह्यो।"

जातीयताको मुद्दाले पनि नेपाली वाम आन्दोलनलाई विचलित पार्न खोजेको कतिपयको बुझाइ छ। खासगरी माओवादीले सशस्त्र संघर्षका क्रममा शक्ति आर्जनका लागि दिएका नारा नियन्त्रणहीन बन्दै गएपछि गएको संविधानसभालाई नै निर्णयहीन बनाइदियो। कतिपय माओवादी नेताहरूले समेत जातीयताको बहसले वर्गसंघर्षको एजेन्डालाई ओझेल पारेको ठानेका छन्। "हरेक जातीय संगठनका नामसँगै झुन्डिएको राष्ट्रिय शब्दलाई नै हेर्नूस्," एमाओवादीका कार्की भन्छन्, "के यी सबै जाति राष्ट्रिय हुन सक्छन् ?"

निर्विकल्प बाटो

०२८ सालमा झापा विद्रोहमा सामन्तका टाउका काट्न हिँडेका सीपी मैनाली, राधाकृष्ण मैनाली, केपी ओली र मोहनचन्द्र अधिकारी होऊन् वा ०५२ मा जनयुद्धका बलमा सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने उद्घोष गरेको माओवादी, अन्ततः शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा समाहित हुन बाध्य भएका छन्। प्रचण्ड र वैद्यले जतिसुकै क्रान्तिका कुरा गरे पनि यसभन्दा बाहिरको बाटोमा जान सक्ने अवस्था देखिँदैन। उनीहरू आफूलाई कागजमा भिन्न देखाउन सक्छन्। शक्ति आर्जनका लागि भिन्न कार्यदिशाहरू प्रयोग गर्न सक्छन्। तर, बहुदलीय प्रतिस्पर्धा र संवैधानिकताको बाटोलाई उपेक्षा गर्ने अवस्था अहिले छैन। विश्व परविेशलाई नै नियाल्ने हो भने पनि हिजोजस्तो एकदलीय शासनप्रणालीलाई स्थापित गर्ने आन्दोलन आज विश्वव्यापी बन्दै छैन। जहाँ त्यस्तो संघर्ष गररिहेका छन्, उनीहरू आफ्नो अस्तित्व रक्षाको लडाइँमा छन्। भारतका नक्सलवादीहरू यसका उदाहरण हुन्।

नेपाली वाम आन्दोलनको अर्को विशेषता के हो भने उनीहरू निरन्तर तानाशाहीविरुद्ध संघर्षरत रहे। ००७ सालमा राणाविरुद्ध, त्यसपछि पञ्चायत, पूर्वराजा ज्ञानेन्द्रको तानाशाहीविरुद्ध लोकतान्त्रिक शक्तिहरूसँग हातेमालो गरे। जीवनपर्यन्त अधिनायकवादविरुद्ध संघर्ष गर्ने तर आफँै अधिनायकवाद स्थापनाको पैरवी गर्ने कुरामा संगति भेटाउन मुस्किल पर्छ।

यस्ता कतिपय अव्यावहारकि र असान्दर्भिक मुद्दा, कार्यक्रम र व्यवहार वाम दलहरूले अझै बोकिरहेका छन्, जसले न शोभा दिन्छ, न जनताको समर्थन। कतिपय युवा कम्युनिस्ट नेताहरूसमेत यस्तो अवस्थाबाट आजित छन्। "राणा, शाह र पञ्चविरुद्धको आन्दोलनलाई सफल बनाउने कम्युनिस्ट नै हुन्। कम्युनिस्टकै दबाबमा कांग्रेसले गणतन्त्रको मुद्दा बोक्यो," काभ्रे एमालेका अध्यक्ष गोकुल बाँस्कोटा भन्छन्, "तर, अहिले वाम दलहरू वर्गीय मुद्दालाई नै ओझेल पार्ने गरी जातीयताको मुद्दाका वाहक बनेका छन्। राष्ट्रिय एकता, सामाजिक सद्भाव खलबल्याउने हतियारका रूपमा प्रयोग भइरहेका छन्। पुष्पलालले उठाएको राष्ट्रियता, लोकतन्त्र र समृद्धिको नाराबाट विचलित नहुने हो भने उदाउँदो पुँजीवादको नेतृत्व वामपन्थीले नै गर्न सक्छन्।"





समय- समयका शीर्ष अनुहार

पुष्पलाल

नेकपाका संस्थापक पुष्पलालले नै कम्युनिस्ट घोषणापत्र पहिलोपल्ट नेपालीमा अनुवाद गरेर साम्यवादी विचारको प्रसारलाई नयाँ मोड दिएका हुन् । नेपालको कम्युनिस्ट आन्दोलनमा सन्तुलित विचार राखे । उनका विरोधी पनि पछि त्यसलाई स्वीकार गर्न बाध्य भए । नेपाली जनआन्दोलनसँग जोडिएर नेपाली समाज र राजनीतिको विश्लेषण गरे । राणाविरोधी, पञ्चायतविरोधी आन्दोलनसँग कम्युनिस्ट आन्दोलनलाई निकट राखे । नेपालकै शक्ति सन्तुलनमा आधारित भएरै अगाडि बढ्न उनी प्रतिबद्ध रहे । उनको यही प्रवृत्तिलाई आलोचकहरूले कांग्रेसप्रति बढी निर्भरता वा अपेक्षा देखाएको भनेर कमजोरीका रूपमा व्याख्या गर्छन् । संयुक्त जनआन्दोलनको पहलकर्ता थिए उनी । तर, कांग्रेसलाई मनाउन सफल भएनन् । बरु यही काम मदन भण्डारीको पालामा सम्भव भयो ।



केशरजंग रायमाझी

नेपाली कम्युनिस्ट आन्दोलनभित्र राजापरस्त धारको प्रतिनिधित्व गरे उनले । जसलाई कम्युनिस्टहरू दक्षिणपन्थी अवसरवादको संज्ञा दिन्छन् । संगठनात्मक रूपमा उनले लामो समय नेपाली कम्युनिस्ट आन्दोलनको अगुवाइ गरे ।





मोहनविक्रम सिंह

अहिले केन्द्रीय तहमा रहेका धेरै नेताहरू उनकै स्कुलिङ्का उपज हुन् । संकीर्णता, जडसूत्रवाद र दाउपेचपूर्ण राजनीतिका गुरुको आरोप खेपेका सिंह अहिले नेकपा मसालमा आबद्ध छन् ।

 

 

मदन भण्डारी

कम्युनिस्ट आन्दोलनमा मौलिक सिद्धान्त र कार्यक्रमको विकास गरेर नौलो मोड दिए । अहिले पनि उनले अघि सारेको जनताको बहुदलीय जनवादको कार्यक्रमलाई नै एमालेले आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा अपनाइरहेको छ । तर, यसमा आर्थिक पक्षले पर्याप्त ठाउँ नपाएकामा आलोचित छ ।

 

 

मनमोहन अधिकारी

लोकतान्त्रिक प्रतिस्पर्धाबाट निर्वाचित पहिलो कम्युनिस्ट प्रधानमन्त्री बनेका अधिकारीको नौमहिने शासनकालमा मुलुकको सामाजिक र आर्थिक सुधारका पक्षमा केही सकारात्मक पहल भए । तर, उनकै पालामा मूलधारको कम्युनिस्ट पार्टी टुक्रियो ।

 

 

सीपी मैनाली

क्रान्तिकारी विचारबाट प्रेरित केही युवा कार्यकर्ताले थालेको हिंसात्मक आन्दोलनलाई झापा विद्रोहका नामले चिनिन्छ । सीपी मैनाली, राधाकृष्ण मैनाली र केपी शर्मा ओलीलगायत नेतृत्वमा थिए । पञ्चायतको चर्को दमन र नेतृत्वमा गुटबन्दीका कारण प्रभावहीन बन्दै गएको वाम आन्दोलनलाई यही समूहले ब्यूँझाएको थियो ।

 

 

प्रचण्ड

दशक लामो सशस्त्र संघर्षबाट शक्ति आर्जन गर्न सफल भयो र संविधानसभामा सबैभन्दा ठूलो दलका रूपमा स्थापित भयो । केही सामाजिक परिवर्तन पनि यही पार्टीको सशस्त्र संघर्षकालमा भए  । तर, उसले अवलम्बन गरेको सिद्धान्तबाट पछि हटेर शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोमा लाग्न बाध्य भयो ।

 

 

 

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

रामबहादुर रावलद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar