राजनीति र भिक्षुको सन्दर्भ

कुनै बेला मेरा बुबा कम्पाउन्डर चन्द्रमान सैँजु आर्य समाजदेखि प्रजा परिषद हुँदै नेपाली कांग्रेसको राजनीतिमा सरकि हुनुहुन्थ्यो। तर, प्रजातन्त्र आगमनपछि राजनीतिमा देखिएको तानातान र अस्वस्थ क्रियाकलापका कारण उहाँ त्यहाँ टिक्न सक्नुभएन र राजनीतिबाटै बाहिरिनुभयो। मलाई पनि किन हो किन, राजनीतिले त्यति आकषिर्त गरेन।

त्यही सन्दर्भमा एउटा घटना सम्भिmन्छु, ४ फागुन २००७ को। त्यतिबेला राजा त्रिभुवन दिल्ली सम्झौतापछि स्वदेश फर्किंदै हुनुहुन्थ्यो। बुबाले राजाको स्वागत गर्न मलाई पनि गौचर विमानस्थल लैजाँदै हुनुहुन्थ्यो, बाटोमा मानिसको घुइँचो थामिनसक्नु थियो। जनताले स्वतःस्फूर्त रूपमा बनाएका स्वागतद्वारको बयान गरेरै साध्य थिएन। आकर्षक चित्र कोरिएका ध्वजापताकाका साथै पानीले भरिएका गाग्री, दही, फूल आदि सगुनले बाटोका दुवै भाग सजिसजाउ थिए। बाटो छेउछाउका घरका बार्दली, झ्याल, कौसी र छाना आदिमा फूलमाला, अबिर-लावा लिएका मानिसहरूको ताँती नै देखिन्थ्यो।

हामी ती सबै दृश्य नियाल्दै विमानस्थल पुग्यौँ। ठेलमठेलका बीच जसोतसो उभिएर राजाको विमान आगमनको प्रतीक्षा गररिहेका थियौँ। यत्तिकैमा राजाको विमान ओर्लियो। विमानको सिँढीबाट ओलिर्ंदै गर्दा राजा त्रिभुवनले बेरिएको कागजको मुठो बाहुलीमा लिएर जनताको अभिवादन फर्काएको दृश्य साँच्चै मन छुने खालको थियो।

जनताको भीडमा प्रधानमन्त्री मोहनशमशेरले दाम राखी राजा त्रिभुवनको दर्शन गरेको दृश्य अझ रोचक थियो। राणाहरू पनि त्यसरी झुक्दा रहेछन् भन्ने मैले पहिलोपटक त्यहीँ देखेको हुँ। मोहनशमशेरलाई जनताको भीडले झन्डै ढालेको बेला त्रिभुवनले आड दिएर बचाएको पनि त्यहाँ देखिएको थियो। त्यसबेलाको राजनीतिक माहोलमा त्यो दृश्य अनौठो थियो। किनभने, त्यसपूर्व राजा त्रिभुवनले आफ्ना दूतमार्फत प्रधानमन्त्री मोहनशमशेरलाई 'तपाईंसँग मेरो कुनै वैरभाव छैन, मिलेर काम गरौँला' भन्दै खबर पठाएको हल्ला काठमाडौँमा चलेको थियो।

ठेलमठेलका बीच हामी अगाडि बढ्यौँ र राजाका सम्मुख पुग्यौँ। बुबाको इच्छा थियो, त्रिभुवनका अगाडि गएर देखिने र एकपटक कुराकानी गर्ने। उहाँको त्यो मनसुवा पूरा गर्न मलाई ज्यादै गाह्रो भयो। त्रिभुवनले बुबालाई देख्नासाथ नचिन्ने कुरै भएन, बुबाले आफ्नो दुखेसो बिसाउनुभयो। उहाँले टाउको र हात हल्लाएर सान्त्वना दिनुभयो।

राजा त्रिभुवन र प्रजा परिषदविचको सम्पर्क सूत्रका रूपमा काम गरेकाले पनि हो कि उहाँसँग बुबाको सम्बन्ध अलिक बेग्लै किसिमको थियो। त्रिभुवनमा राजा त्रिभुवनको विशेष सम्झना गरिन्थ्यो। बुबा पनि त्यसमा सक्रिय हुनुहुन्थ्यो। ०१४ सालमा त्रिभुवन जयन्तीको अवसरमा रथयात्रा नै गरेर बुबालाई विशेष सम्मान प्रदान गरिएको थियो।

बुबाले राजा त्रिभुवनसँग विसं १९९७ मा सर्वस्वहरण गर्दा गुमाएको आफ्नो घरका बारेमा पनि जिकिर गर्नुभएको थियो। त्यो घर जुद्धशमशेर राणाले राजकाज त्यागी रिडी जाने क्रममा आफ्नी नजिककी सुसारे कमला भन्नेलाई दिएका थिए। 'मसँगै रिडी जान्छेस् कि यहीँ बस्छेस्' भन्दा कमलाले 'यहीँ बस्छु' भनेकाले हाम्रो घर उनैलाई दिएको चर्चा त्यसबेला चलेको थियो। पछि कमलाले त्यो घर २७ हजार रुपियाँमा असनका साहूलाई बिक्री गरेकी थिइन्। ००९ सालमा राजा त्रिभुवनले राज्यकोषबाट २७ हजार रुपियाँ साहूलाई दिएपछि हाम्रो घर हामीलाई नै फिर्ता मिलेको थियो।

राजा त्रिभुवनमार्फत दरबारबाट राजनीतिक पार्टीका नेता-कार्यकर्तालाई संगठन सञ्चालनार्थ आर्थिक सहयोग जुटाउने काममा पनि बुबा सरकि हुनुहुन्थ्यो। पुस्तकका पानाभित्र लुकाएर पनि दरबारभित्रबाट प्रशस्त रुपियाँ बाहिर ल्याउने काम उहाँले त्यसबेला गर्नुभएको थियो। तर, राजा त्रिभुवनको मृत्युपछि बुबा नेपाली कांग्रेसमा पनि निष्त्रिmय रहनुभयो। र, राजनीतिबाटै लगभग अलग हुनुभयो।

यसरी बुबा प्रत्यक्ष राजनीतिबाट विरक्त भएर टाढिएको दृश्य आफ्नै आँखाले देखेकाले होला, त्यसमा मेरो पनि झुकाव रहेन। प्रत्यक्ष राजनीतितर्फ कहिल्यै आकषिर्त हुन सकिनँ। जेहोस्, समाजसेवाका विभिन्न माध्यमद्वारा परोपकारी काममा लागेँ।

हाम्रो उत्तरी सीमाको भोट समुदायमा अहिले पनि हरेक घरबाट एउटा सन्तान गुम्बामा चढाउने प्रचलन छ। मेरी आमा यसबाट ज्यादै प्रभावित हुनुहुन्थ्यो। फेरि आमाको प्रभाव हाम्रो परिवारमा पनि जबरजस्त नै थियो। किनभने, त्यसबेला हाम्रो थर बुबाको थरमा नराखेर आमाको थरमा राखिएको थियो। लामो समयसम्म हामी मानन्धर गुठीमै संलग्न रह्यौँ। पछि आमाले बुबाको थर सैँजुको गुठी खोजेर हामीलाई त्यहाँ पनि लिएर जानुभयो। तर, हामी मानन्धर गुठीमै आबद्ध रह्यौँ। त्यही थर अद्यापि चलाइरहेका छौँ। मेरी आमाको ठूलो इच्छा थियो कि आफ्नो कान्छा छोरा -मेरो भाइ)लाई बुद्धमार्गी भिक्षु बनाउने। तर, ऊ बुद्धमार्गी नबनेपछि मलाई लाग्यो, मै किन नबनूँ ! नभन्दै म भिक्षु भएँ। नुवाकोट, चतुरालेको २५ रोपनी जमिनमा सिरुवारी विश्व शान्ति चैत्य बनाएर गुरु टुल्कु छोकी निमा रिम्पोछेलाई चढाएँ र आजपर्यन्त भिक्षु नै छु ।

प्रस्तुति : ईश्वरी ज्ञवाली

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

कृष्णमान मानन्धरद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar