बदलिँदो वादी गाउँ

  • देहव्यापार त्यागेर पसिना र पौरखमा बाँचेको विष्णुकान्तिपुर

१२ वर्षकी छँदा सिर्जना मगरको आँगनसँग जोडिएको बाटोमा निकै चहलपहल हुन्थ्यो। नचिनेका मान्छेहरू 'विष्णुकान्तिपुर कता हो ?' भन्दै उनकै चिया पसलनेर आइपुग्थे। किन र केका लागि भन्ने थाहा नभए पनि उनी त्यहाँ जाने बाटो बताइदिन्थिन्। धनसिंहपुर-२, कैलालीकी सिर्जनाले सुनाइन्, "धेरैपछि विष्णुकान्तिपुर कता हो भनेर सोध्नेमा तपाईंहरू पर्नुभयो।"

बुबाले जमानादेखि चलाएको चिया पसलमा फुर्सदका बेला सघाउन बसेकी सिर्जनाले विष्णुकान्तिपुरका बारेमा धेरै कुरा सुनाइन्। "उतिबेला मलाई थाहा थिएन, मानिसहरू किन आउँछन् भनेर," उनले भनिन्, "ठूलो हुँदै गएपछि थाहा हुँदै गयो।" धनसिंहपुरमा पर्ने यो सानो गाउँ देहव्यापारका लागि मुलुकमै चर्चित थियो। पछि वादीहरूको यही गाउँले आफ्नो हकहितका लागि सिंहदरबारअगाडि नांगो जुलुसको अगुवाइ गर्‍यो।

अहिले २५ वर्ष टेकिसकेकी सिर्जनालाई वादी समुदायले देहव्यापारको विकल्प खोजेर आन्दोलन थालेको राम्ररी थाहा छ। "त्यसयता विष्णुकान्तिपुरको अवस्था फेरएिको छ," त्यो 'बदनाम' गाउँलाई चार दशकदेखि नियालिरहेका सत्तीबजार व्यवस्थापन समितिका सचिव मनिराज ढुंगाना भन्छन्, "अहिले देहव्यापार गर्नेहरू खोजे पनि पाइँदैनन्।"

वादी समुदायमा आएको जागरुकताका कारण देहव्यापार सेलाएर गएको सचिव ढुंगानाको बुझाइ छ। "वादी समुदायमा देहव्यापार ठीक होइन भन्ने पर्‍यो," उनले भने, "त्यसमा सामुदायिक सहयोग समितिको पनि सकारात्मक भूमिका रह्यो।"

तीन वर्ष पुग्दानपुग्दै घरआँगन छाडेका रक्की नेपालीको नियति ६ वषर्ीया नेहा वादीले भोग्नुपरेन। "यहाँको वातावरणले हामीलाई नछोओस् भनेर हामीलाई सानैदेखि बाल चेतना केन्द्रको होस्टेलमा राखियो," कैलाली बहुमुखी क्याम्पसमा स्नातक पढिरहेका रक्की भन्छन्, "मलाई आफू जन्मेको घर र गाउँमा के हुन्छ भन्ने छनकसम्म मिलेन।" केन्द्रले नयाँ पिँढीमा त्यसको नराम्रो मानसिक प्रभाव नपरोस् भनेर होस्टेल सञ्चालन गरेको थियो। "नेहा नजन्मिँदै हाम्रो गाउँ सपि्रसकेको थियो," लामो समय देहव्यापारमा लागेकी गीता वादी भन्छिन्, "झन्डै नौ वर्षअघिसम्म पनि यहाँ त्यस्तो अवस्था थियो।"

नेहालाई आमाले नै खडक मेमोरयिल इङ्लिस स्कुलसम्म पुर्‍याइदिन्छिन्। २५ घरधुरी रहेको सानो गाउँ विष्णुकान्तिपुरबाट झन्डै ३०-३२ बालबालिका त्यहाँ पढ्छन्। यस वर्ष सरकारले कैलालीको विष्णुकान्तिपुर, सत्ती, ज्योतिनगर र मुडाका ५५ परिवारलाई दुईकोठे घर बनाउन १ लाख ५६ हजार दिए पनि आफूहरूकहाँ १ लाख ४९ हजार रुपियाँ मात्रै पुगेको अजय वादीले बताए।

सरकारले जसको जमिन छ, उसलाई मात्रै घर बनाइदिने नीति बनाएका कारण अहिले पनि छ/सात परिवार वादी घरवारविहीन छन्। २०६४ सालमा सिंहदरबार घेरेपछि सरकारले वादी समुदायको सम्पूर्ण व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुका साथै आयआर्जनका लागि भनेर प्रतिपरिवार १५ हजार दिएको थियो।

केही वर्षयता बिहावारी गरेर सम्मानजनक घरगृहस्थीमा लागेको उदाहरण हुन्, शर्मिला वादी। माइती नेपालगन्ज भएकी उनी आठ वर्षअघि निर्मल वादीसँग विवाह गरी यहाँ आएकी हुन्। "पहिलेजस्तो मेरो सन्तानको बुबा को हो भन्ने पीर अहिले छैन," दुई सन्तानकी आमा शर्मिलाले भनिन्, "बरू, छोराछोरीलाई कसरी राम्रो शिक्षादीक्षा दिने भन्ने पिरलो छ।" पसिना र पौरखमा जिन्दगी चलाउने इच्छा भए पनि गरिखाने जग्गाजमिन नहुनुको बेग्लै पीडा छ।

"उहिले त हामी छोरा जन्मिए छोरीको बाटो हेथ्यौर्ं," लक्ष्मी वादी, ५४, बताउँछिन्, "अब त छोरा जन्मिँदा पनि खुसी लाग्छ।" वादी समुदायमा छोरी जन्मे पेसा गरेर पाल्ली भनेर त्यसो गरिएको लक्ष्मीको भनाइ छ। कैलालीमा रहेका वादी समुदायको पुख्र्यौली थलो भने दाङ, सुर्खेत र सल्यान हो।

ढुंगानाका अनुसार कैलाली आएर वादीहरूले सुरुमा माछा मार्ने, खलो उठाउने काम गरे। नाचगानमा निपुण भएकाले जमिनदारहरूले नचाए पनि। "नाचगान रमाइलो गर्दागर्दै उनीहरू यौन पेसामा लागे," ढुंगाना भन्छन्, "पछि वादीहरूले मूल पेसा नै देहव्यापारलाई बनाए।"

अहिले वादी समुदाय बन्दव्यापार, कृषि र पशुपालनतर्फ मोडिएको छ। कुनै समय आफ्नो आँगनसम्म टेक्न नदिने अन्य समुदाय नै आफ्नो होटेलका ग्राहक रहेको अजय वादी बताउँछन्। "उनीहरूको घरछेउमा जाँदा अपहेलना गर्नेहरू अचेल सहयोगी भएका छन्," अजय भन्छन्, "हिजोआज त पर्म मात्र होइन, दूध, सागपातसमेत चल्न थालेको छ।" वादी समुदायलाई फेरि देहव्यापारमा नर्फकने स्थायी वातावरण बनाउन र गरिखाने 'माटो र बाटो'को व्यवस्था होस् भन्ने कामना स्थानीयको छ।

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

  • Nepal Weekly - Issue No. 587

    अंक: ५८७ | २०७० चैत्र २

शिवराज योगीद्वारा अन्य प्रकाशित लेखहरू

गेटाको भरोसा

अंक: ५२३
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar