प्राध्यापक डीपी भण्डारीको संस्मरणात्मक निबन्ध संग्रह त्यो धर्ती, त्यो आकाश प्रकाशित भएको छ। रैका पब्लिकेसन्सले बजारमा ल्याएको यो पुस्तक राष्ट्रकवि माधव घिमिरेले २७ पुसमा विमोचन गरे। विश्लेषक सीके लालका नजरमा यो पुस्तक अंकको खोजीमा दगुररिहेको समयमा शून्यताको प्रतिफल हो। "पुस्तकमा प्रेम-यौन, स्वतन्त्रता, दायित्वबोधजस्ता थुप्रै विषयलाई निकै अनौपचारकि रूपमा प्रस्तुत गरिएको छ," साहित्यकार ज्ञानु पाण्डेयले भनिन्, "पुस्तक रोचक छ।" रसिक लेखकको परचिय पाएका भण्डारीको यो कृतिले पाठकको कति माया पाउला, त्यसका लागि भने केही महिना कुर्नैपर्छ।
पहिरन : ब्लेजर कोट
जाडो तथा गर्मी दुवै मौसमका लागि उपयुक्त छ, ब्लेजर कोट। कटन र उलन मिश्रति यो पहिरन हल्का खैरो र गाढा गुलाबी रंगमा उपलब्ध छ। सिंगल र डबल बटममा पाइने ब्लेजर पार्टीवेयर वा र्फमल वेयरका रूपमा लगाउन मिल्ने जिओर्डानो ब्रान्डको उत्पादन हो। जिओर्डानो सोरुम, दरबारमार्गमा यसको मूल्य ६ हजार ९ सय रुपियाँ पर्छ।
फिल्म : धमिलो धन्दा
एउटा सोझो गाउँले शिक्षक अर्पण (अर्पण थापा) आफ्नो काममा सन्तुष्ट छैन। उसलाई अमेरिका पुर्याउने धन्दामा लागेका व्यक्तिले फुस्ल्याउँछ। बुबाको आग्रहविपरीत उसले खाईपाई आएको शिक्षण पेसा छाड्छ, बैंकमा घर बन्धकी राखेर निकालेको नौ लाख रुपियाँ म्यानपावर कम्पनीलाई बिनाप्रमाण बुझाउँछ। अमेरिका जानु त परै जाओस्, बरू झन्डै मारिन पुग्छ।
अर्पणको अस्पतालमा उपचार भएसँगै सुरु हुने फिल्म धन्दाको कथा फ्ल्यासब्याकमा सुरु हुन्छ। अर्पणको चरित्र, उसलाई आइपर्ने समस्या र सपनाका कुरा गर्ने यो पात्रले मध्यमवर्गीय व्यक्तिको प्रतिनिधित्व गर्छ। यति हुँदाहुँदै पनि फिल्ममा आवेगपूर्ण चरित्रका रूपमा उसलाई स्थापित गर्न खोजिएको छ। उसले आफूलाई दयनीय हालतमा पुर्याउने पात्रलाई एकपछि अर्को गर्दै मार्दै जान्छ। र, अन्त्यमा ऊ मानसिक समस्याबाट ग्रस्त भई सुधारगृहमा पुग्छ।
कथावस्तुका हिसाबले फिल्म कुनै नौलो लाग्दैन। फिल्ममा हिंसालाई अलि बढी नै बेच्न खोजिएको छ। फिल्मको मूल पात्रले झेल्ने मर्का र अब उसले के गर्छ भन्ने थाहा पाउन धेरै कुर्नुपर्दैन। त्यसैले यो थि्रलर फिल्म होइन। फिल्ममा कलाकारको अभिनय, अर्पणको बिगि्रएको अनुहारको बनोट, केही दृश्य र संगीतजस्ता कुरा औसत नेपाली फिल्मभन्दा माथिका छन्। जब कथावस्तु र निर्देशन पक्ष फितलो हुन्छ, अरू सबै कुरा राम्रो भए पनि फिल्म राम्रो बन्दैन। लेखक अर्पण थापा र निर्देशक सुदर्शन थापाले सिक्नुपर्ने मुख्य कुरा त्यही नै हो।
प्रसंग : गुगल सुन्दरी २ २०१२
तपाईंले सन् २०१२ लाई फर्केर हेर्दा थुप्रै कुरा सम्झन सक्नुहुन्छ। तर, एउटा साधारण तथ्यमा भने ध्यान नपुगेको हुन सक्छ। जस्तो : बितेको वर्ष इन्टरनेटमा सबैभन्दा बढी कुन महिला खोजिइन् ? अमेरकिी गायिका लाना डेल रे, २६, सबैभन्दा बढी गुगल सर्च भएकी महिला हुन् । अघिल्लो वर्ष उनी टप टेनमा पनि थिइनन्। एक नम्बरका लागि अपेक्षा गरिएकी गायिका रिहानाले दोस्रो स्थान लिएकी छन्। सार्वजनिक चर्चा कम भए पनि गायिका चेर तेस्रो नम्बरमा परनि्। सञ्चारमाध्यममा बढी छाउने गायिका लेडी गागा र गायिका बि्रट्नी स्पेयर्स त्यसपछि मात्र छन्।
परिकार : जिरोइस चिकेन
जर्मन परिकार हो जिरोइस चिकेन। यो परिकार बनाउँदा चिकेनको छातीको भागलाई चाउमिनजसरी मसिनो गरी काटिन्छ। प्याजलाई पनि त्यसरी नै काटिन्छ। काटिएको चिकेन र प्याजका स-साना पिसलाई बटरमा प|mाई गरेपछि जिरोइस चिकेन तयार हुन्छ। साथमा कमलो कोर्न गि्रल्ड गरेर राखिन्छ। सलादलाई छेउमा सजाएपछि यो परिकार पूर्ण हुन्छ। यो हार्ड र सफ्ट दुवै डि्रंक्ससँग रुचाइने परिकार हो। अर्डर गरेको १५ मिनेटमा तयार हुने जिरोइस चिकेनको मूल्य तीन सय रुपियाँ छ।
अचानक : 'प्रथम हुनेलाई दोस्रोसँग डर हुन्छ’
'
जति लेखे पनि नम्बर नै राम्रो आउँदैन !' त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको साझा गुनासो रहँदै आएको छ। त्यसलाई धनुषाका नवीनकुमार महतो, २७, ले गलत साबित गरिदिएका छन्, स्नातकोत्तरको गणितमा ९४ प्रतिशत अंक ल्याएर। सबै स्नातकोत्तर संकायमध्ये सर्वप्रथम भएर हालै उनले विश्वविद्यालयको चान्सलर पदक र रामप्रसाद मानन्धर पदक पाएका छन्। एक वर्षयता त्रिविकै गणित केन्द्रीय विभागमा पढाइरहेका उनीसँग गरिएको कुराकानी :
एसएलसीयता तपाईंको प्रतिशत कस्तो रह्यो ?
एसएलसीमा ७५, आईएस्सीमा ५०, बीएस्सीमा ७२.४३, एमएस्सीमा ९४ ।
धेरै अंक ल्याउने सूत्र के के हुन् ?
निरन्तर एउटै लयमा पढ्नुपर्छ। परीक्षाका बेला धेरै तनाव लिनुहुँदैन। किताबसँगै इन्टरनेटजस्ता नयाँ स्रोतको पनि प्रयोग गर्नुपर्छ। धेरै कुराको अभ्यास लेखेरै गर्नुपर्छ।
घरमा दैनिक कति घन्टा
पढ्नुहुन्थ्यो ?
म कलेजका कक्षा नियमित लिन्थेँ। त्यसैले कलेज हुँदा दैनिक चार-पाँच घन्टा र कलेज नभएको अवस्थामा आठदेखि दस घन्टासम्म पढ्थेँ। एसएलसीयता पढ्ने र पढाउने सँगसँगै गरेकाले मेरो दैनिकी निकै व्यस्त हुन्थ्यो।
जीवनमा मार्कसिटको उच्च अंकले के फाइदा गर्छ ?
मनोबल उच्च पार्छ। मनोबल उच्च भएपछि हरेक कुरामा आँट आउँछ।
सहपाठीबीच प्रतिस्पर्धा कस्तो थियो ?
मेरो विभागमा त प्रथम वर्षमा एक नम्बरले मात्र अर्को साथी दोस्रो हुनुभएको थियो। त्यसैले दोस्रो वर्षमा पछि परिने हो कि भन्ने डर थियो। दोस्रो वर्षमा भने चार नम्बरले अगाडि भएँ।
विश्वविद्यालय पढ्दा छुट्टीका दिन कसरी बित्थे ?
म पत्रपत्रिका पढ्छु। खेलसम्बन्धी कार्यक्रम हेरेर रमाइलो गर्छु।
त्रिभुवन विश्वविद्यालयको नराम्रो पक्ष के हो ?
यहाँ विद्यार्थी, कर्मचारी र शिक्षक सबै सस्तो राजनीतिमा अल्भिmएका छन्। त्यसको अन्त्य हुनेबित्तिकै थुप्रै समस्याको समाधान हुन्छ।
संयोजन : प्रदीप बस्याल
तपाईंको प्रतिकृया