मायाको चिनो !

"हे लो ...! हेलो ...!"

"हजुर !"

"अँ सानू, सुन त ! म काठमाडौँमा प्लेनबाट झरसिकेँ, अब चार-पाँच घन्टामा घर आइपुग्छु ल !"

'अनि, हिजै खबर गरेको भए म पनि आउँथेँ नि?"

'फोन नै लागेन क्या !"

"ल, ल राम्रोसँग आउनू मात्र के भनेकी थिई सानूले, उसका गोडा थरर्र कामे, आँखा रसाए, गोडाले भरै पाएनन् अनि बङ्लंग लडी खाटमा। धेरै बेरपछि आँसु पुछ्दै लामो श्वास तानेर एकफेर मुसुक्क हाँसी र भनी, "मेरो राजा बल्ल आइपुग्नु भो !"

खाटमा रहेको गोलो खालको तकियालाई च्यापेर कहिले मडारिने, कहिले आँसु पुछ्ने त कहिले त्यही तकियालाई चुम्बन गर्न थालेकी सानू आज खुसीले बेहोसजस्ती बनेकी छ। केही बेरपछि सानू बिस्तारै उठी र भित्तामा भएको फोटो निकाली, जुन फोटो आजभन्दा करबि पाँच वर्षपहिले आफ्ना पतिदेवसँगै बसी दुरानको दिनमा खिचिएको थियो। सानूले अचम्म मानी र सोच्न थाली, "आज पाँच वर्ष बितेछ मैले प|mक खोलेर साडी लगाई यो घरमा भित्रिएको।"

दुलही भित्र्याएको महिना दिन नबित्दै नीलम विदेशिएपछि एक्ली नन्द शिखालाई लिएर घरपरिवार चलाउनु, आफ्नो अस्मिता जोगाउनु र समाजसँग मुकाबिला गर्दै अगाडि बढ्नु सानूलाई सजिलो थिएन। त्यसमाथि पनि गत वर्ष शिखाले आफ्नो सुर गरी ओख्ले पानीको केटासँग बाटो तताएपछि सानू एक्ली बनेकी थिई, बिलकुल एक्ली।

२२ वर्षे उमेर, गोरो भर्लक्क परेको अनुहार, छिनेको कम्मर, पुष्ट र आकर्षक छाती, सेता मिलेका दाँत, लामो सलक्क परेको कालो कपाल साँच्चै लोभै लाग्दो थियो सानूको जवानी। एक्ली सानूलाई देखेर र्‍याल चुहाउनेहरूको संख्यामा कमी थिएन तर नीलमको वाचालाई तोडेर, सतित्व डगाउन भने कहिल्यै दिइन उसले। बरू गिद्दे दृष्टि राख्नेहरूलाई लोप्पा खुवाइदिन्थी।

उसको नाम सानुमाया भए पनि बिहेपश्चात् नीलमले सानू भन्ने गथ्र्याे। सायद मायाले होला। फोन काटेपछि नीलम एकछिन रनथनियो अनि ट्याक्सी लिएर न्युरोडको विशाल बजारतिर बढ्यो। उसले विदेशबाट सानूका लागि थुप्रै समान ल्याएको थियो तर कसोकसो फेरि मन तन्कियो। मन हतारएि पनि बाटोको जामले गर्दा गति सीमित थियो। नीलमले दिक्क मान्दै भन्यो, "यो काठमाडौँमा मान्छे त कीरैसरी भएछन्।" अनि, खल्तीबाट 'मायाको चिनो' लेखेको रुमाल झिकेर नाक छोप्यो। बिस्तारै विशाल बजारको गेटमा पुगेर ट्याक्सीबाट झर्‍यो र चारैतिर हेर्‍यो। मान्छेको भीडभाड भए पनि आफूले चिनेको कोही नभेटेर नीलमले भन्यो, "हिजो फोनमा कन्ट्याक्ट भएको भए आज सानू आउँथी कस्तो मजा हुन्थ्यो।" नीलमले खल्लो महसुस गर्दै नेपाल टेलिकमको नेटवर्क सेवाप्रति मनमनै दुखेसो प्रकट गर्‍यो।

 विशाल बजारको गेटनेर पुगेर नीलमले एकफेर सानूलाई सम्झ्यो किनभने ऊ विदेश जाने बेलामा यही विशाल बजारमा आएर सपिङ् गरी अगाडिको पसलमा पसेर खाजा खाएका थिए। त्यही खाजा पसल देखेपछि उसको दिमागमा पूर्वस्मृतिहरू नाच्न थाले।

 विशाल बजारभित्र एउटा करबि ३० वर्षे मानिसले नीलमलाई नियालिरहेको थियो। नीलमले कत्ति सम्झने प्रयास गर्‍यो तर पहिले कहिल्यै त्यसलाई देखे/चिनेजस्तो लागेन। हो, त्यही मानिस अहिले खाजा पसलमा पनि भेटियो। नीलमले एक प्लेट मःम खायो। हिँड्न लाग्दा नीलमलाई भनन रँिगटा लागेभै“m भयो तैपनि ट्याक्सी लिएर बसपार्कतर्फ लाग्यो अनि सिम्ले बजारको टिकट काटेर बसमा चढ्यो। त्यो अघिको मानिस फेरि त्यहीँ थियो तर नीलमलाई रँिगटा लागेकाले केही बोल्ने प्रयास नै गरेन।

"ओहो ! म त अनेक थोक सोचेर बसिरहेँ, उहाँ आइपुग्ने बेला भइसक्यो, सिम्ले बजारसम्म लिन जानुपर्छ।" भन्दै नीलमका लागि भनेर अलिकति आलु खोतलेर पोल्टामा राखी, दस/आठओटा केराउका कोसा टिपी, एउटा काउली भाँची अनि अल्ली पर गएर काँचा कचिला अलिकति गोलभेँडा टिपी र आनन्दित भावमा बिस्तारै एउटा गीत गाई :

    मेरो हजुर आउँदै छौ घर

    .......................।

सानूलाई आफँैले गाएको गीतले लाज लागेजस्तो भयो, मुसुक्क हाँसी, एकफेर चारैतिर हेरी अनि दह्रो मन गरेर फेरि भनी, "हो नि त एउटा बच्चा मात्र भइदिएको भए पनि म किन यसरी आत्तिने थिएँ?" नीलमको सत्कार यतिले पनि नपुग्लाजस्तो भयो अनि 'आज काटिदिन्छु भाले, भोलिदेखि त उनैले जे खान मन लाग्यो, त्यही खोज्छन्' भन्दै फेरि भाले समातेर काटिदिई।

धन्नै चार किलोको लोकल भालेको मासु काट्दा बाटाभरि जस्तै भयो। सानू उठेर बारीमा गएर अदुवा उखेली, छिप्पेछिप्पेका लसुनका पात र अलिकति खुर्सानी टिपेर घरतिर आई र मासु भुट्न थाली। मासु भुट्न मग्न रहेकी सानूका आँखा कहिले बाहिरतिर डुल्थे त कहिले मोबाइलतिर। राम्ररी भुटिएको आधाजति मासु एउटा भाँडामा झिकी र थालले छोपेर राखी अनि बाँकी रहेकामा नुन, पानी र मसला थपेर छड्काउन थाली।

प्लास्टिकको बट्टामा भएका टाइचिन चिउरा झिकेर निफनी र एकातिर थालमा राखी, धनियाँ र गोलभेँडाको अचार प्लेटमा छोपेर राखी अनि धनिया मात्रै काटेर छुट्टै प्लेटमा राखी र मोबाइल उठाएर फोन गरी, घन्टी गइरह्यो तर उठ्दै उठेन। अनि, सोची, 'सायद गाडीमा भएर थाहा नपाउनुभएको होला।' जेहोस् ऊ मग्न थिई। मन कुतकुताइरहेको थियो। ऐना झिकेर आफ्नो अनुहार नियाली, नाकको टुप्पामा लागेको कालो दाग देखेर एक्लै मरीमरी हाँस्न थाली।

एकाएक सानूको अनुहारमा हल्का लाली चढ्यो। केही रिसाएजस्तो भावमा सानूले भनी, 'पख् न त्यो श्यामकलीको पैसा भोलि नै लगेर बुझाइदिन्छु। जाबो १० हजारका लागि कतिपटक वचन लगाई। अब त हामीसँग पनि माग्नुपर्ला नि? एउटा टीभी पनि ल्याउनुपर्‍यो। छ्या सधैँ अर्काकोमा हेर्न जान कति झ्याउ?' फेरि सोची, 'रोएर भने पनि एउटा सिक्री र कानमा झुम्काचाहिँ बनाउन लगाउँछु, लगाउँछु।' अब सायद सानूको मन हल्का भएछ क्यारे मुसुक्क हाँसी अनि कुचो लिएर भित्रबाहिर बढार्न थाली। माथिमाथिको माकुराको जालो कुचोले लम्केर झार्दै फेरि आफैँसँग मस्की, 'भरे त बूढासँग भेट हुन्छ।' सानूको आङ जिरंिग भयो, मुटु भक्कानियो अनि फेरि आँगनको डिलमा गएर तल हेरी।

'आमा दंग पर्नुहुन्छ होला एक्कासि ज्वाइँसाहेब आएको थाहा पाउँदा।' सानूको सोचाइ अनन्त हुँदै थियो, 'फोन गर्नुपर्‍यो आमालाईर्।' पिँढीको डिलमा भएको मोबाइल उठाएर आमाको नम्बर डायल गरी र भनी, "आमा नमस्कार !"

"दिदी, आमा त मेला जानुभएको छ, बुबा बजार।" सोनिकाले उत्तर दिई।

"ए, नानी सुन् त ! आज भिनाजु आउँदै हुनुहुन्छ।

"आहा ! कतिबेला दिदी?"

"अब एकैछिनमा। म लिन जाने हो, सिम्लेबजारसम्म।"

"यता कहिले आउनुहुन्छ, दिदी?"

"खै ! पर्सि हुन्छ होला, फेरि फोन गरौँला नि ! अँ, नानी सुन् त- बुबाआमालाई भिनाजु आएको कुरा भन्दे है !"

मनको तुलबुलले होला सानूका आँखा पनि गम्भीर बन्न सकेका थिएनन्। डुल्दाडुल्दै सानूका आँखा अनायास पारि ओख्ले पानी डाँडामा पुगे। त्यहाँ मान्छेहरू चर्काेचर्काे स्वरले कराइरहेका थिए। सानूले नन्द शिखालाई सम्झी र भनी, 'नानीलाई पनि खबर गर्नुपर्ने ला, मैले त भुसुक्कै बिर्सेछु।' तत्काल आफैँ जवाफ फर्काई, 'आ, भोलि बोलाउनुपर्ला। मासु छँदै छ क्यारे ! आज त बूढाबूढी मात्रै बस्ने हो।' सानूको मन एक तमासको भयो।

हातमा बाँधेको घडी हेरेर एकपल्ट सिरंिग भएर सानूले भनी, 'अहो ! आउने बेला भइसक्यो। अब त र्झनुपर्‍यो। झोलासोला बोक्न कसैलाई भन्न पाए हुन्थ्यो।' तत्काल उत्तर आपै“m दिई, 'भो, भन्दिन कसैलाई नि, आज नसके भोलि खेप हालौँला।' अनि, भित्र पसेर कलेजी रंगको कुर्ता लगाई र सोची, पुरानो भए नि यही कुर्ता लगाउँछु। उनैले किनिदिएको भएर होला साहै्र मन पराउँछन्। मख्ख पार्न पर्‍यो नि बूढालाई त ! हुन त सानू त्यसै राम्री हो।

खोइ? मुखमा के के दली, आँखामा गाजल र ओठमा हल्का लिपिस्टिक लगाएर एकफेर ऐना हेरी अनि सिन्दूरको बट्टा झिकेर लगाई र मुसुक्क हाँसी।

पकाएका परिकारहरू सबै छोपछाप पारी अनि भुटेको मासुको एउटा चोक्टो झिकेर चाखी र भनी, 'वा क्या दामी भएछ। बिजुलीपानी आफैँ ल्याउँछन् होला क्यारे ! आज त म पनि चाख्ने हो अलिकति, खाएको बेलामा छुट्टै मजा हुन्छ रे !' ऊ फेरि लाजले मुसुक्क हाँसी र झरी सिम्ले बजारतिर।

आजको सानूको रूपरंग, मनको उमंग देख्दा कोही नारी यति राम्रा सायदै यस धर्तीमा होलान् जस्तो लाग्थ्यो। सानू मनभरि सुखद मिलनका सपना बोकेर सिम्ले बजारमा पुगी। सिम्ले बजार नै गाडीको अन्तिम गन्तव्य भएकाले आएका गाडीहरू त्यहीँ रोकिन्थे र बिहान र्फकन्थे। सानूले चारैतिर हेरी, कतै पनि नदेखेर चौतारामा बसी र फोन गर्ने प्रयास गरी।

फोनको घन्टी गइरह्यो तर उठेन। करबि १५ मिनेटपछि गाडी घरर्र गर्दै आइपुग्यो, सानूका गोडा थरर्र

कामे। पतिदेवको दर्शन पाउन सानूका आँखा चञ्चल बनिरहेका थिए भने अहिलेसम्म गुम्सिएका वेदनालाई पोख्न मन आतुर थियो। बिस्तारै गाडीबाट मानिसहरू र्झन थाले, सानू छटपटाएर हेर्न थाली, धेरै मानिसहरू झरेपछि अन्त्यमा नीलमलाई दुई जनाले समाएर तल ओह्राले।

सानू छाँगाबाट खसेजस्तै भई। उसलाई एक मन त रसि पनि उठ्यो, 'जति धोके नि घरमै गएर धोकेको भए हुन्थ्यो। यत्रो वर्षपछि आउनु छ, बाटोमा यो बेइज्जत।' सानू नजिकै गई तर रक्सीको गन्ध केही नभएकाले फेरि सोची गाडी लागेछ क्यारे ! नीलम बोल्न सक्ने अवस्थामा थिएन। दुई जनाले समातेर डिलमा राखे। बेलाबेलामा हुक्क हुक्क गथ्र्याे। सानू एकदमै आत्तिएर अँगालो हाल्न पुगी र काखमा लिई।

"उहाँको झोला झारी दे न !" ड्राइभरले भन्यो।

"गाडीमा त केही पनि छैन।" खलाँसीले उत्तर दियो।

नीलम छटपटायो। सबै तर्सिए अनि ह्वाल्ल एकफेर रगतै बान्ता गर्‍यो, सानूले पुछी। नीलम उत्तानो परेर सानूको काखमा मुख आँ... गररिहेको थियो। सानूका बगेका बलिन्द्र धारा आँसु नीलमको मुखमा खसिरहेका थिए। केही बेरपछि नीलमको मुख बाँधियो, आँखा बन्द भए, सानू भुइँमा ढली।

धेरैबेरपछि होसमा आएकी सानूले भुइँमा एउटा रुमाल देखी जसमा लेखिएको थियो, 'मायाको चिनो !'

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

दीप जलनद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar