क्लिक आन्दोलन

  • सोसल मिडियाको बेग्लै शक्ति

पुस दोस्रो सातायता हरेक दिन बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासको गेट नम्बर ३ अगाडि 'अकुपाई बालुवाटार' अभियानमा  जुटेका आन्दोलनकारी देखिन्छन्। सोसल मिडियामार्फत जुटेका उनीहरूका प्लेकार्डमा हालै बलात्कारमा परेकी चेली मात्र होइन, लामो समयदेखि हराइरहेकी छोरीमैया महर्जन, रहस्यमय हत्याको सिकार बनेकी अनामनगरकी सरस्वती सुवेदी, दाइजो विवादले जलाइएकी बाँकेकी शिवा हसामीजस्ता थुप्रै महिलाका व्यथा भेटिन्छन्।

बलात्कृत प्रकरणबाट सुरु भएको उक्त अभियान एउटा घटनामा मात्र सीमित नभई सामाजिक आन्दोलनको रूपमा विकसित भएको छ। पछिल्लो पाँच महिनाको तथ्यांक हेर्दा नेपालमा हरेक २० घन्टामा एक युवतीको बलात्कार भएको छ। तर, भोजपुरकी २० वषर्ीया ती चेलीको घटना सार्वजनिक भएपछि मात्र सामाजिक सञ्जालहरूमार्फत चेलीहरूमाथि हुने अनेकन् पीडा र यातना विषयमा सामाजिक गर्मी बढ्यो। किन त ?

१ पुसमा दिल्लीमा २३ वषर्ीया युवतीको बलात्कारपछि भएको हत्या विरोधमा सिर्जित आन्दोलनले ठूलै रूप लियो। त्यसैको प्रभाव छिमेकी मुलुक नेपालमा पनि परेको हो । "परिवेश र अवसर मिल्यो भने सोसल मिडियामा हुने एउटा साधारण कामले समेत भाइरल इफेक्ट निम्त्याउँछ," सोसल मिडियाको प्रभाव नजिकबाट नियालिरहेका पत्रकार उज्ज्वल आचार्य भन्छन्, "भारतमा त्यत्रो आन्दोलन हुँदा हामीले पनि केही गर्नुपर्छ भन्ने भावना सोसल मिडियाले नै जगाएको देखियो।"

अक्सर मूलधारका सञ्चारमाध्यमले तय गर्ने भनिएका सामाजिक एजेन्डामा सोसल मिडिया हावी हुँदै छन्। आचार्य थप्छन्, "नत्र, पत्रकारले चाहे सामाजिक एजेन्डा हुने, नचाहे नहुने समस्या हुन्थ्यो।" नेपालमा इन्टरनेटसम्म पहुँच हुनेहरूको संख्या निकै कम छ। कम नै सही, उनीहरूकै सक्रियताले अनलाइन भोटिङ्मार्फत अनुराधा कोइराला र पुष्पा बस्नेत सीएनएन हिरो चुनिए, हेल्प नेपाल नेटवर्क चेस च्यालेन्जमा टपटेनमा पर्‍यो। मुलुकभित्र सोसल मिडियाको सञ्जाल र त्यसमा संलग्न पुस्ताको सामथ्र्य बुझाउन यी उदाहरण काफी छन्।

'अकुपाई बालुवाटार' अनलाइनबाट अफलाइन रूपान्तरण भएको पहिलो घटना भने होइन। संविधानसभाको म्याद घर्कंदै जाँदा 'नयाँ संविधानलाई स्वागत' भन्ने फेसबुक अभियानले थुप्रैलाई दबाबका लागि संविधानसभा भवनवरपर जम्मा पारेको थियो। त्यसभन्दा अघिसमेत फेसबुकमा  'नेपाल युनाइट्स' सक्रिय थियो, जसले हरेक बिहीबार सामाजिक अभियानका रूपमा विभिन्न स्थानमा नागरकिलाई जम्मा पार्दै आएको थियो। वैशाख २०६७ मा काठमाडौँमा तत्कालीन एकीकृत नेकपा माओवादीले उपत्यका बन्द गर्दा फेसबुककै इभेन्ट पेजको भरमा वसन्तपुरमा हजारौँ नागरकि शान्ति तथा सद्भाव जुलुसमा जुटेका थिए।

आन्दोलन मात्रै होइन, राम्रा अभियानको समेत थालनी गरेका छन्, सोसल मिडियाले। 'बुक फर भिलेज'ले सोसल मिडियाकै प्रयोगबाट थुप्रै पुराना पुस्तक तथा नयाँ किन्नका लागि रकम जुटाएर देशका ग्रामीण भेगका विद्यालयमा पुर्‍याएको छ। रगतको आपत्कालीन मागपूर्तिका लागि फेसबुकमा 'युथ फर ब्लड' तथा ट्वीटरमा 'आइब्लडनेपाल'जस्ता एकाउन्ट सक्रिय छन्। यी सञ्जालमार्फत जोकोहीले रगतको चाँजोपाँजो मिलाउन सक्छन्। त्यसैगरी ट्वीटरमा 'टीएफसी नेपाल'ले असक्त र असहाय बालबालिकाका लागि सहयोग जुटाउने काम गररिहेको छ।



कम्प्युटर स्त्रिmनअगाडि बसेर स्ट्याटस पोस्ट गर्न वा ट्वीट/रटि्वीट् गर्न जति सहज छ, त्यसलाई व्यावहारकि जीवनमा रूपान्तरण गर्न त्यति सजिलो छैन। त्यसैले संसारभर 'एक्टिभिस्ट' र 'क्लिकिभिस्ट'बीच ठूलो खाडल छ, जसलाई सोसल मिडियाभित्रै पनि बहसको विषय मानिन्छ। यद्यपि, 'क्लिकिभिजम'को भूमिकासमेत आफ्नो ठाउँमा कम आँक्न भने मिल्दैन। अभियानहरूमा शरीर उपस्थित नभए पनि यसले नैतिक समर्थनको अवस्था जनाउँछ।

'अकुपाई बालुवाटार'कै फेसबुक पेजमा त्यसको समर्थनमा सिमि्रक युवा परिवारले क्षेत्रपाटीमा गरेको हस्ताक्षर संकलनको तस्बिर छ, जसले बालुवाटारवरपर धर्ना बस्ने थोरैलाई पनि हाम्रो पक्षमा धेरै मानिस छन् है भन्ने पार्छ। त्यसैले धेरै नखटीकन क्लिककै भरमा गर्ने आन्दोलनलाई 'सेक्सी रिभोलुसन' समेत भन्न थालिएको छ। प्रधानमन्त्री हुनुअगाडि लोकपि्रय रहेका बाबुराम भट्टराई जब अलोकपि्रय हुँदै गए, तब सोसल मिडियामा उनको आलोचना बढ्न थाल्यो। उनले सोसल मिडियाबाट आफ्ना सबै उपस्थिति मेटे। गत २६ माघमा उनले 'सामाजिक सञ्जालको प्रयोगबाट सामाजिक शिष्टाचार, नैतिकता, सार्वजनिक हितको प्रतिकूल हुने, सामाजिक सद्भावलाई खलल पुर्‍याउने र समाजमा द्वेष र आतंक फैलाउने काम भइरहेको' प्रतिक्रियासमेत दिएका थिए।

सोसल मिडिया व्यवस्थापनमा सिक्नुपर्ने धेरै कुरा छन्। "सोसल मिडियामै सबैभन्दा बढी आलोचना हुन्छन्," युवा ब्लगर आकार अनिलको भनाइ छ, "जसलाई व्यवस्थापन गर्न नसक्दा समस्या देखिन्छन्।" जस्तो : फिल्म हाइवेले रिलिज हुनुअघि सोसल मिडियामा मजाले प्रशंसा बटुल्यो तर रिलिजपछिको आलोचनासँग राम्ररी जुध्न सकेन। यसले सोसल मिडियाबाट सकारात्मक नतिजा अपेक्षा गर्नेले त्यसको कसीमा खरो उत्रन नसक्दा आलोचना खेप्न पनि तयार हुनुपर्छ भन्ने सन्देश दिन्छ।

सोसल मिडियामार्फत हुने आन्दोलन/अभियान सफल हुने एउटा बलियो कडी त्यसका वास्तविक नेतृत्वकर्ता थाहा नहुनु वा देखानपर्नु हो। जसले गर्दा हरेकले आफूलाई त्यस आन्दोलनको हिस्सा सोच्न सक्छ। जस्तो : इजिप्ट, ट्युनिसियाजस्ता देशमा भएका सरकारविरोधी आन्दोलन सोसल मिडियाबाट सुरु भएका थिए, जसलाई कसले अगुवाइ गरेको छ भन्ने पत्तो पाउन सकिएको थिएन। त्यसबेला सञ्चारमाध्यमले आन्दोलनको भित्री जानकारीका लागि सोसल मिडियाका यूट्युब, ब्लगजस्ता माध्यमसमेत उत्तिकै प्रयोग गरेका थिए।

अरब आन्दोलनबारे युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिसले गरेको अध्ययन 'न्यु मिडिया एन्ड कन्पिm्लक्ट आफ्टर दी अरब स्पि्रङ्'ले न्यु मिडियाले अब पुराना मिडियालाई समाचारका लागि खुराक दिन थालेको निष्कर्ष निकालेको थियो। सायद सोसल मिडिया व्यवस्थापनको नयाँ अभ्यास स्वरूप ह्यासट्याग आन्दोलन 'अकुपाई बालुवाटार'मा कसैको राजीनामा नमाग्ने, राजनीतिक नारा नलगाउने, पीडितको परिवारले मात्रै भाषण गर्नेजस्ता आचारसंहिता  बनाइएको छ।

सोसल मिडियाले समाजमा प्रवाह भएका गलत सूचनालाई सच्याउन कतिसम्म भूमिका निर्वाह गर्न सक्छ भन्ने उदाहरण नासाको अनलाइनमा राखिएको सगरमाथाको तस्बिर प्रकरणलाई हेरे पुग्छ। अनलाइनमा राखिएको तस्बिर सगरमाथाको नभएको भन्दै नेपाली ट्वीटर प्रयोगकर्ताबाट सूचना प्रवाह भएपछि नासाले उक्त गल्ती सच्याएको थियो। एजेन्सी प|mान्स प्रेस (एएफपी)का पत्रकार दीपक अधिकारी भन्छन्, "हामीले ट्वीटरकै स्रोतलाई आधार बनाएर नासालाई जानकारी गराएपछि गल्ती सच्याइयो र त्यसलाई समाचार बनायौँ।"

संयुक्त राष्ट्र संघका नेपालस्थित आवासीय प्रतिनिधि रोबर्ट पाइपरले यूएन महासचिव वान कि मुनको भ्रमण स्थगन भएको कुरा ट्वीटरमार्फत सार्वजनिक गरेपछि धेरैले त्यसैलाई उद्धृत गर्दै समाचार बनाए। निर्वासित बंगलादेशी लेखक तसलिमा नसरनिले नेपाल जान पासपोर्ट नचाहिने सोचेको कुरा ट्वीटरमा लेखेपछि त्यसको व्यापक विरोध भयो र अन्त्यमा उनले माफी नै माग्नुपर्‍यो। सोसल मिडिया लेख्दै, मेट्दै र सच्याउँदै अन्तरक्रिया गर्ने उपयुक्त मञ्च हो तर फेसबुकका गतिविधि आफ्नै सर्कलभित्र सीमित रहन्छन् भने ट्वीटरमा आफ्नो ट्वीट कल्पनै नगरेका व्यक्तिसम्म पुग्छ। यसले बिस्तारै सोसल मिडियाका प्रयोगकर्तालाई हरेक पोस्ट, ट्वीट, रटि्वीट, सेयर, कमेन्ट वा लाइक्स गर्नुअगाडि एकपटक राम्रैसँग सोच्न सिकाउँदै छ।

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

प्रदीप बस्यालद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar