विभाजनको अभिशाप

कम्युनिस्टहरू सबै खालका अन्याय/अत्याचारको विरोध गर्दै न्याय र समानतामा आधारति सुन्दर संसार निर्माणको कुरा गर्छन्। तर, अचम्म लाग्छ, यति राम्रो उद्देश्य राख्ने पार्टीहरू वर्षर्ैपिच्छे किन विभाजित हुन्छन्? विभाजित हुनेले जहिले पनि 'फरक मतलाई अन्याय/अत्याचार गरेको, भूमिका नदिएको, शत्रुतापूर्ण व्यवहार गरेको, विश्वासघात गरेको' आदि इत्यादि आरोप लगाउँछन्। यसको मतलब, जनतालाई न्याय र समानता प्रदान गर्ने कम्युनिस्ट पार्टीहरू आफ्नै कमरेडहरूलाई भने सबैभन्दा अन्याय र असमान व्यवहार गर्छन्? होइन भने सिद्घान्त र व्यवहारमा कुनै भिन्नता देखाउन नसकेका कम्युनिस्टका किन दर्जनौँ पसल छन्? नेपाली समाजको वर्ग विश्लेषणको आधारमा होइन, चर्काे स्वरमा गरिने अर्थ न बर्थको भाषणलाई क्रान्तिकारी ठान्ने वामपन्थी अज्ञानताको अहंलाई पार्टी निर्माणको आधार बनाएपछि कम्युनिस्ट पसल खोल्ने जाँगर धेरैलाई पलाउनु स्वाभाविकै हो।

नेपालमा कम्युनिस्ट विभाजनको लामो परम्परा छ। चरम अन्याय, अत्याचार र गरबिीका कारण समानता र सामाजिक न्यायको कुरा गर्ने कम्युनिस्टहरू जनतामा पि्रय पनि छन्। जनताको आधारभूत तहमा पुगेर उनीहरूलाई संगठित गर्न कम्युनिस्टहरू सिपालु छन्। त्यसैले चाँडै सडकको पार्टीलाई सत्तामा पुर्‍याउँछन्। समस्या यहीँबाट आरम्भ हुन्छ। सत्तामा पुगेपछि उनीहरूको विभाजन अनिवार्यजस्तै बन्छ। अपवाद स्वरूप विभाजन भएन भने बाँकी कम्युनिस्टहरू मिलेर सत्ताबाट खसाल्छन्। यस्तो कचिंगलपूर्ण शंृखलाले कम्युनिस्ट इतिहास भरिपूर्ण छ। साँच्चै भन्ने हो भने नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास विभाजनकै विशेषताले बढी रोचक र पठनीय छ।

के कम्युनिस्ट विभाजनको केन्द्रमा उनीहरूले भन्ने गरेजस्तै सैद्घान्तिक भिन्नता नै छ त? विभाजनपछि उनीहरूका सिद्धान्त र व्यवहारले त्यस्तो बताउँदैनन्। सिद्धान्तका नाममा सिद्धान्तहीन, विचारका नाममा विचारविहीन र समानताका नाममा सामन्ती व्यवहार नयाँमा पनि पुनरावृत्ति भइरहेको हुन्छ। वैचारकि भिन्नताका नाममा केही अव्यावहारकि उत्तेजक अभिव्यक्तिबाहेक फरक पाउन सकिँदैन। कम्युनिस्ट विभाजनको पेसा सतत् चलिरहनु र समाजमा उनीहरू सबैको केही न केही अस्तित्व टिकिरहनुको रहस्य के हो? वामपन्थी विभाजनको इतिहास होइन, केही प्रवृत्तिगत विशेषताहरूको चर्चा गर्नु सान्दर्भिक हुनेछ।

भूमिका : पार्टी सानो हुँदा कम्युनिस्टहरू ज्यादै सक्रिय हुन्छन्। एक अर्काप्रति समानतापूर्ण पे्रम सम्बन्ध हुन्छ। त्यसलाई उनीहरू वर्गीय पे्रम भन्छन्। वर्गीय प्रेमका आधारमा समाजका हेपिएका वर्गलाई संगठित गर्छन्। पार्टीमा ल्याउँछन्। अन्यायविरुद्ध बोल्न सिकाउँछन्। सामान्यतया राजनीतिमा आउन सक्ने कल्पना पनि नगरिएका उत्पीडित पात्रलाई जुझारु क्रान्तिकारी पात्रका रूपमा राजनीतिक रंगमञ्चमा उभ्याउँछन्। यो कर्म निकै उत्साहका साथ मुलुकभरि हरपल सक्रिय भइरहेको हुन्छ। यहाँसम्मको कम्युनिस्ट परम्परा ज्यादै स्वागतयोग्य छ।    

त्यस्तो सक्रियताले पार्टी ठूलो हुँदै गएपछि वर्गीय प्रेममा कमी आउन थाल्छ। किनभने, कि स्रोत र साधनविहीन कम्युनिस्ट पार्टी साधनस्रोतले भरिपूर्ण हुँदै जान्छ। साधनस्रोतको व्यापक प्रयोगले उत्पीडित जनतासँगको सम्बन्धलाई पातलो बनाउँदै लैजान्छ। पार्टीको मूल नेतृत्व पंक्ति थोरै व्यक्तिको पहुँचमा मात्र सीमित हुन थाल्छ। नेतृत्वको चेतना पनि सीमित व्यक्तिको रिपोर्टिङ्बाट निर्मित हुन थाल्छ। खानपान र उठबसले राष्ट्रिय राजनीतिका माथिल्ला व्यक्तिसँग मात्र उसको संगत निर्माण गरिदिन्छ। माथिल्ला राजनीतिक शृंखलाहरूसँग कार्यकर्ता र नेताहरूको ठूलो पंक्तिको सरोकार हुँदैन। त्यसले गर्दा माथिल्लो नेतृत्व टिम सधैँ व्यस्त रहने तर पार्टी पंक्ति सधैँ बेरोजगार रहने परिस्थितिको निर्माण हुन्छ। अनि, लडाइँ सुरु हुन्छ, भूमिकाको।

कम्युनिस्ट पार्टीहरूले पार्टी निर्माणको आरम्भ सत्ताको निरपेक्ष विरोधबाट सुरु गरेका हुन्छन्। आफ्नो सत्ताको प्रारूप भने अस्पष्ट, आदर्श र कोरा सैद्धान्तिक कल्पनाको पोको मात्र हुन्छ। सत्तामा नपुग्दासम्म त्यसले ज्यादै राम्रो काम गर्छ। तर, साँच्चिकैको सत्ता प्राप्त भएपछि उक्त कल्पनाको पोको कार्यकर्ता र जनतासामु नखोली सुखै हुन्न। सरकारको निर्माण र सञ्चालन आदर्शबाट चल्दैन। त्यसलाई व्यावहारकि रूप दिन पार्टीको नेतृत्व बाध्य हुन्छ। सरकार र त्यसका अंगहरूमा लाभका पदहरू सीमित हुन्छन्। नेता र कार्यकर्ताको जमात ठूलो हुन्छ। हिजो वर्गीय नाताको महत्त्वलाई बढाइचढाइ गर्ने नेताले सत्तामा जानासाथ लाभका पदहरूमा खोजी खोजी रगतको नातालाई प्राथमिकता दिन थाल्छ। नेता र कार्यकर्ताले आफ्नै आँखाअगाडि नेताको दोहोरो चरत्रि देखेपछि लडाइँ सुरु हुन्छ, भूमिकाको।

पार्टी सानो छँदा, आत्मनिर्भर हुँदा र इमानदार कार्यकर्ता रहँदा त्यहाँभित्र एउटा आदर्श पनि स्थापित भइरहेको हुन्छ। जतिजति पार्टी ठूलो हुँदै जान्छ, पूर्णकालीन कार्यकर्ताहरू बढ्दै जान्छन्। किनभने, कम्युनिस्ट पार्टीहरूले आफ्नो पार्टीलाई 'मास' पार्टी होइन, 'क्याडर' पार्टी मान्छन्। पूर्णकालीन कार्यकर्ता धेरै भएपछि आर्थिक व्यवस्थापनमा समस्या पर्दै जान्छ। तर, कम्युनिस्टहरूले कार्यकर्ताको आर्थिक व्यवस्थापनको योजना बनाउँदैनन्। कार्यकर्ताहरूले पार्टीको साइनबोर्ड देखाएर आफ्नो आर्थिक व्यवस्थापन आफँै गर्न थाल्छन्। पढेलेखेका, अलि टाठाबाठा व्यक्तिहरूले मात्र आफ्नो व्यवस्थापन गर्न सक्छन्। पुराना र इमानदार कार्यकर्ताहरूले त्यस्तो गर्न सक्तैनन्। अनि, असन्तुष्ट हुँदै विरोध गर्न थाल्छन्। नेतृत्वदेखि जनस्तरसम्म निर्माण भएको यो शृंखलाले नयाँ समूहको ढाँचा तयार पार्छ।

सिद्धान्त : जब पार्टीका सिद्घान्तहरू बिस्तारै व्यवहारका विपरीत हुन थाल्छन्, स्वाभाविक रूपले विरोधाभास उत्पन्न हुन थाल्छ। त्यस्तो विरोधाभासलाई सच्याउन या त व्यवहार सच्याउनुपर्छ या सिद्धान्त। सत्तामा पुगेपछि व्यवहार सच्चिँदैन। बरू व्यवहार अनुसारको सिद्धान्त बनाउन सजिलो हुन्छ। त्यसैले नयाँ परिवेशमा अव्यावहारकि सिद्धान्तको व्याख्या, विश्लेषण र पुनःमूल्यांकन हुन थाल्छन्। भूमिकाविहीन बनाइएको समूहले त्यसको विरोध गर्न थाल्छ। त्यसलाई साथ दिने नेता र कार्यकर्ताहरूको जमातले संगठित रूप लिन थाल्छ। त्यसलाई व्यवस्थापन गर्न संस्थापन पंक्ति सफल भयो भने पार्टी जोगिन्छ। अन्यथा, एउटा विशेष परिस्थितिको निर्माणसँगै पार्टी विभाजित हुन्छ।

कहिलेकाहीँ सिद्धान्त अनुसार संघर्षको स्वरूप निर्धारण गर्दा पनि कम्युनिस्टहरू विभाजित भएका छन्। संघर्ष सशस्त्र गर्ने वा शान्तिपूर्ण गर्ने भन्ने विवादले पनि पार्टी विभाजित भएका छन्। सिद्धान्त उही भए पनि लागू गर्ने सवालमा भएको मतभिन्नताले वा सिद्धान्तको एउटा निश्चित अंशमा प्रभावशाली नेताहरूको टकरावका कारण पनि अन्तरविरोध बढ्छन्। अन्तरविरोध हुनु समस्या होइन, त्यसको व्यवस्थापन गर्ने कम्युनिस्टहरूको विधि जनवादी छैन। पार्टीभित्र हुने छलफल, बहस तथा मतभिन्नतालाई व्यवस्थापन गर्ने विधिलाई कम्युनिस्टहरू जनवादी केन्द्रीयताको अभ्यास भन्छन्। तर, केन्द्रीयताको स्थापित र बलियो संयन्त्रको विरुद्धमा जनवादले त्यहाँभित्र कुनै स्थान पाएको देखिँदैन।

माक्र्सवादलाई कम्युनिस्टहरूले आफ्नो मुख्य सिद्धान्त मान्दै आएका छन्। माक्र्सवादमा अन्य कम्युनिस्ट नेताहरूको नाम जोड्दै नयाँनयाँ सिद्धान्त बनाउने परम्परा छ। माक्र्सवादमा लेनिन, स्टालिन, हो चि मिन्ह, चेग्वेभारा, माओ, किमइल सुङ्, फिडेल क्यास्ट्रो आदि नाम जोड्दै जान थालेपछि सिद्धान्तमा पनि विवाद हुन थाल्छ। कसलाई जोड्ने र कसलाई नजोड्ने भन्ने विवादले सिद्धान्तको रूप लिन्छ। हाम्रो देशको सामाजिक चरत्रि र वर्ग विश्लेषणको अध्ययनभन्दा अन्य मुलुकका कम्युनिस्ट पार्टीहरूको नक्कल गर्दै पार्टी बनाउने प्रवृत्तिले यस्तो भएको हो। नेपालको लोकतन्त्रजस्तै कम्युनिस्ट पार्टी पनि भारत हुँदै भित्रिएको हो। भारतमा पनि कम्युनिस्ट पार्टी चीनबाट आयात भएको हो। सिद्धान्तमा विभिन्न देशका कम्युनिस्ट खेमाका प्रभाव पनि विभाजनका कारण हुन्।

कम्युनिस्टहरूको आफ्नै सिद्धान्त पनि आफँैमा एउटा समस्याको विषय हो। किनभने, समाजको आधारभूत चरत्रिमा परविर्तन भइसक्दा पनि आफ्नो सिद्धान्तको पवित्रताका नाममा उनीहरू सिद्धान्तलाई परिमार्जन गर्न आवश्यक ठान्दैनन्। अर्काेतिर, कोही माक्र्सवादको नाममा त्यसको विपरीत प्रस्थापनाको अभ्यास गररिहेका हुन्छन्। सिद्धान्त र व्यवहारको बीचमा असंगति पैदा भएपछि त्यसले समाजमा कुनै योगदान गर्न सक्तैन। समयानुकूल गरिएका सामाजिक अध्ययन अनुसार सिद्धान्तलाई बुभ्fm्नु, परिमार्जन गर्नु र व्यवहारमा कार्यान्वयन गर्नु गलत होइन। तर, कम्युनिस्टहरूले व्यवहारमा अनुवाद गर्नै नसकिने असान्दर्भिक अन्तर्राष्ट्रिय घटनाहरूलाई बाइबल, वेद तथा कुरानजस्तै अपरविर्तनीय ठान्दा मतभेद बढ्छन्। सैद्धान्तिक अस्पष्टता, माक्र्सवादको गलत बुझाइ र व्याख्या, माक्र्सवादको नाममा सत्तासीन भएका जस्तोसुकै अन्तर्राष्ट्रिय शक्तिलाई आदर्श ठान्ने आग्रह आदि कारणले पनि कम्युनिस्ट पार्टीहरूलाई विभाजित तुल्याउन निकै मद्दत गरेका छन्।

संगठन : कम्युनिस्टहरूको संगठनात्मक ढाँचा पनि विभाजनको एउटा कारण हो। सबै कम्युनिस्टहरूले रुसमा लेनिनले अभ्यास गरेको फौजी संरचनाजस्तो केही कार्यकर्ताको कमिटी प्रणालीलाई आदर्श संगठनात्मक प्रणाली ठान्छन्। उक्त प्रणाली मातहतमा आधारति हुन्छ। अर्थात्, व्यक्ति कमिटीको मातहत हुन्छ। कमिटी बहुमतको मातहत हुन्छ। तल्लो कमिटी माथिल्लो कमिटीको मातहत हुन्छ। सबै कमिटी केन्द्रीय कमिटीमातहत हुन्छन्। केन्द्रीय कमिटी एक जना पार्टी अध्यक्ष वा महासचिवको मातहत हुन्छ। पार्टीभित्रका सबै कमिटीहरूका व्यक्तिहरू कमिटी सचिवप्रति उत्तरदायी हुन्छन्। अनि, व्यक्तिवादको भत्काउनै नसकिने एउटा अभेद्य किल्ला निर्माण हुन्छ। र, अध्यक्ष वा महासचिव नै क्रान्ति, माक्र्सवाद, नेतृत्व, नीति आदिका पर्याय बन्छन्। सांगठनिक रूपमा त्यसको विरोध सम्भव हुन्न। अझ राज्यसत्तामाथि पूर्ण नियन्त्रण रहेका कम्युनिस्टहरूको विरोध गर्नु भनेको आफ्नै काल निम्त्याउनुसरह हुन्छ। यस्तो नोकरशाही कम्युनिस्ट सत्ता निर्माणको इतिहास ठूलो छ। अनि, मुक्तिको एउटा उपाय त्यहाँबाट बाहिरिनु मात्र रहन्छ।

कम्युनिस्टहरूको संगठन सञ्चालन पद्धति जनवादी केन्द्रीयता हो। आफ्नो कमिटीमा मात्र आफूलाई लागेको कुरा भन्न पाइन्छ। तर, बहुमतको निर्णयलाई भने कार्यान्वयन गर्नैपर्ने हुन्छ। 'माथिको' बलियो निकाय हुँदै आएको नीतिको विरोध गर्दार् हुने हुर्मतको अगाडि टिक्न सक्ने वातावरण त्यहाँ हुँदैन। व्यक्तिवादी ढाँचामा तयार भएको बलियो नोकरशाही संयन्त्रले जनवादलाई पहिले नै सिध्याइसकेको हुन्छ। परिणाम स्वरूप जनवादका पक्षधरले पार्टी विभाजन नगरे राजनीतिक जीवन नै समाप्त हुने खतरा हुन्छ। यदि पार्टीभित्र दुई वा तीनवटा समानान्तर समूह छन् भने त्यहाँ पनि आ-आफ्नो गुटभित्र केन्द्रीयताको उही शैली लागू भइरहेको हुन्छ। तर, गुटगत समूहहरूको बीचमा भइरहेको कचिंगलले कथित जनवादको अभ्यास भइरहेको भ्रम दिन्छ। गुटगत समूहहरूको स्वार्थमा विमति हुनासाथ पार्टी विभाजन हुन पुग्छ। उही अभ्यास जहाँ पनि दोहोररिहने हुनाले विभाजन पनि दोहोररिहन्छ। यस्तो विभाजन धेरै दोहोररिहँदा कैयौँपटक त्यस्तो विभाजनले एकताको मार्ग पनि अपनाउने गर्छ। भूमिकाको सम्बोधन नमिलेर भएका विभाजन पुनः भूमिकाकै सम्बोधनले एकतामा बाँधिन पुग्छन्।

भविष्य : संगठनभित्र जनवादी पद्धतिको अभ्यासलाई प्रभावकारी बनाउने विषयमा प्रयाप्त छलफल हुन थालेका छन्। पार्टीको एउटा नेतालाई प्राधिकार मान्ने प्रचलनमा पनि बहुपदीय प्रणालीले एउटा सुधारको संकेत गरेको छ। महाधिवेशन तथा सम्मेलनहरूमा कतिपय कम्युनिस्ट पार्टीभित्र प्रतिस्पर्धात्मक निर्वाचनको समेत प्रारम्भ भएको छ। कम्युनिस्ट संगठनात्मक पद्धतिका हिसाबले यी सकारात्मक सुधार हुन्। तर, यस्तो जनवादी अभ्यासमा शक्ति र स्रोतको अपारदर्शी प्रयोग, तल्ला कमिटीहरूमा स्वच्छ प्रतिस्पर्धाको अभाव, नेतृत्वको अवाञ्छित हस्तक्षेप आदि कारणले प्रयाप्त प्रभाव पाररिहेका छन्। नेतृत्व र संगठनसम्बन्धी एकमनावादी सोच र प्रयोगका क्षेत्रमा कैयौँ सुधार पनि हुँदै छन्। यसले आगामी कम्युनिस्ट पार्टीहरूको अराजनीतिक र एकमनावादी संगठनात्मक पद्धतिको कारणबाट हुने विभाजनलाई एक हदसम्म रोक्न सक्ने देखिन्छ। संगठनभित्र देखापर्ने व्यक्तिगत टकराव र त्यसले सिर्जना गर्ने अराजनीतिक विभाजनलाई रोक्ने भनेकै पारदर्शी र स्वच्छ प्रतिस्पर्धात्मक आन्तरकि निर्वाचन प्रणाली हो। यसलाई दृढतापूर्वक पार्टीको तल्लोदेखि माथिल्लो निकायसम्म लागू गर्ने हो भने स्थितिमा निकै सुधार आउन सक्छ। यसो भएमा एउटा सेक्रेटरीप्रति उत्तरदायी हुने टीके प्रणालीको अन्त्य हुनेछ। र, नेतालाई जनता र कार्यकर्ताप्रति उत्तरदायी हुनुपर्ने अवस्थाको सिर्जना गर्नेछ।

नेपालमा कम्युनिस्टहरूको जनतामा राम्रो प्रभाव छ। विघटित संविधानसभामा ६२ प्रतिशत तथा कुल मतको ५६ प्रतिशत जनमत विभिन्न नामधारी कम्युनिस्ट पार्टीहरूसँग छ। तर, एकमनावादी सोच, सांगठनिक संकीर्णता, माक्र्सवादको गलत बुझाइ, व्यक्तिवादी सोच, व्यक्तिगत टकराव, समूहमा प्रतिस्पर्धा गर्न नसक्ने हीनताबोध आदि कारणले उनीहरू विभाजित भएर बसेका छन्। आधारभूत सिद्धान्तको प्रश्नमा बाहेक अन्य कारणबाट अलग-अलग पसल खोलेर बसेका कथित कम्युनिस्ट दलहरूको कुनै आवश्यकता र प्रयोजन छैन। त्यसकारण बृहत् वामपन्थी एकताको माध्यमबाट गम्भीरतापूर्वक नेपालको आर्थिक-सामाजिक रूपान्तरणमा सकारात्मक भूमिका खेल्ने हो भने कम्युनिस्टहरूको भविष्य उज्ज्वल छ ।

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

  • Nepal Weekly - Issue No. 592

    अंक: ५९२ | २०७१ वैशाख ७

  • Nepal Weekly - Issue No. 591

    अंक: ५९१ | २०७० चैत्र ३०

  • Nepal Weekly - Issue No. 590

    अंक: ५९० | २०७० चैत्र २३

  • Nepal Weekly - Issue No. 589

    अंक: ५८९ | २०७० चैत्र १६

  • Nepal Weekly - Issue No. 588

    अंक: ५८८ | २०७० चैत्र ९

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar